Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/14452
Title: दलित महिलाहरूको विद्यमान अबस्थाका समाजशास्त्रीय अध्ययन सतीदोभान, स्याङजा {A Sociological Study of the Present Condition of Dalit women Satidovan, Syangja}
Authors: विश्वकर्मा Vishwakarma, आशा Asha
Keywords: दलित महिला Dalit women;समाजशास्त्रीय अध्ययन Sociological study
Issue Date: 2014
Publisher: समाजशास्त्र संकाय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: शोधपत्र दलित महिलाहरूको सामाजिक अवस्थाको समाजशास्त्रीय अध्ययन हो ।यो स्याङजा जिल्लाको सतिदोभान गा.वि.स.वडा नं. ६र ७ का २२ जना दलित महिलामा केन्द्रित रहेर गरिएको छ । दलित महिलालाइ अगाडि बढाउनको लागि सरकारले नीति तय गरेको छ । विभिन्न गैरसरकारी संघ सस्थाहरूले पनि उनीहरूको हितको लागि धेरै पैसाखर्च गरिरहेका छन। अझै पनि दलित महिलाहरू अन्य महिलाको तुलनामा धेरै पिछडिएका छन् । यो अवस्थामा यहाँका दलित महिलाहरूको सामाजिक अवस्थाको विश्लेषण गरी,उनीहरूमा आएको परिवर्तन र परिवतन आउनुका कारणहरू पत्ता लगाउने उद्देश्यले यो अनुसन्धान गरिएको छ । प्रस्तुत अनुसन्धानका मुख्य उद्देश्य निम्नानसार रहेका छन । दलित महिलाहरूमा आएका परिवर्तन र परिवर्तन आउनका कारण साथै समाजमा के परिवर्तन आएको छ भन्ने यस अध्यायनको विषयवस्तु वनेको छ । मूलत ः यस अध्ययनका मुख्य उद्देश्य दलित महिलाहरूको शिक्षा, सामाजिक, आर्थिक, धार्मिक साँस्कृतिक र राजनीतिक स्थितिमा आएको परिवर्तन र परिवतन आउनुका कारणहरूको हेर्ने । प्रस्तुत अध्ययनमा वर्णनात्मक तथा विश्लेषणत्मक अनुसन्धान ढाँचाको प्रयाग गरिएको छ । स्याङ्गजा जिल्लाका सतीदोभान गा.वि.स.को वडा नं. ६र ७ को २२ वर्षदेखि ७५वर्षसम्मका धनी, गरिव, शिक्षित आशिक्षित गरी जम्मा २२ जना दलित महिलाहरूको व्यक्तिगत अध्ययन विधि मार्फत तथ्याङकहरूको सङकलन गरिएको छ । उद्देश्य अनुसारगुणात्मक र संख्यात्मक तथ्याङकहरू संकलन गरिएको छ । अर्कोतर्फ सैद्धान्तिक व्यवस्थाका विश्लेषणको लागि प्राकृतिक लिङ्ग र सामाजिक लिङ्गका अवधारणा, सामाजिकीकरण रविश्वव्यापीकरण सिद्धान्तका साथै विभिन्न संस्थागत प्रयासहरूलाई विषय वस्तुकाविश्लषणको क्षेत्रमा राखिएको छ । प्रस्तुत अध्ययन क्षेत्रमा कम र बढी उमेर समूहको भन्दा बीचका उमेर समुहको वाव्यवहारिक जीवन जिइरहका जिज्ञासु महिलाहरूबढी रहेको पाइयो । यहाका सबै दलितहरू हिन्दु धर्मावलम्वी मात्र रहेको पाइयो । व्यक्तिगत अध्ययनका महिलाहरू २ जना स्नातक तह अध्ययन गर्दै गरेका, १ जना ११ पढेका,६ जना ५ देखि १० कक्षासम्म पढेका, १२ जना ख प्रौढ साक्षरता कक्षा पढेका भए पनि नाम लेख्न र सामान्य वोर्ड र नम्बरहरू छुटयाउन सक्ने भएका पाइयो भने १ जना साक्षरता कक्षा पनि नपढेको पाइयो । पहिला यो दलित बस्ती अन्य ठाउँ भन्दा धेरै पछाडि परेका र अहिले धेरै छिटो परिवर्तन आएको पाइयो । यसरी दलित महिलाहरूमा शिक्षा, जनचेतना, यातायात, सञ्चार साथै विभिन्न तालिमको कारणले उनीहरूको शैक्षिक, सामाजिक, आर्थिक स्थितिमा सुधार आउनुका साथै नेतृत्व र क्षमता विकासमा समेत सहयोग प¥याएको पाइन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/14452
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf90.51 kBAdobe PDFView/Open
Chapter page(6).pdf701.72 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.