Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/21366
Title: शिक्षण विधिले सिकाइ उपलब्धिमा पारेकाे प्रभाव (The effect of teaching methods on learning achievement)
Authors: हाेमराज Homraj, थपलिया Thapaliya
Keywords: शिक्षण विधि Shikshan Vidhi;प्राथमिक तह Primary level
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: शिक्षण विधिले सिकाइ उपलब्धिमा पारेको प्रभाव शीर्षकमा गरिएको अनुसन्धानात्मक कार्यमा प्राथमिक तहमा प्रयोग गरिने शिक्षण विधिको अवस्था पहिचान गर्ने, विद्यार्थीको सिकाइ उपलब्धिमा पार्ने प्रभाव पत्ता लगनउनु, शिक्षण विधिमा रहेका समस्या र समाधानका उपाय पत्ता लगाउनु यो अध्ययनको उद्देश्य हो । यो अनुसन्धान हिल्डा टावा ( १९५६ ) को “शिक्षण क्रियाकलाप गर्दा विद्यार्थीलाई सक्रिय बनाई उनीहरुलाईनै प्रयोग गर्न लगाएर शिक्षण गरेमा विद्यार्थीले सिक्दछन् । विद्यार्थीले ती कुराहरु जुन समस्याको समाधान आफै सहभागी भएर गर्दछन त्यही कुरा राम्ररी सिक्दछन ”( काफ्ले २०६३ / ३१२ ) भन्ने र वि एफ स्कीनर ( १९३१ ) को “ ब्यवहारको मात्रात्मक तथा गुणात्मक परिवर्तनमा प्रभाव पार्ने अवस्थालाई पुनर्वलको रुपमा परिभाषित गरेका छन् । सकरात्मक पुनर्वलले सिकाईमा प्रभाव पार्दछ । त्यसकारण शिक्षण गर्दा उक्त कुरालाई समेत ध्यान दिएर शिक्षण क्रियाकलाप गराएमा सिकाइ उपलब्धि राम्रो हुन्छ ( रेग्मी, २०६३ / १०१ ) भन्ने दुवै सिद्धान्तमा आधारित भएर यो अध्ययन पुरा गरिएको छ । यो अध्ययनमा श्री गोलखाडी स्रोतकेन्द्र अन्तर्गतका २३ वटा विद्यालयहरु मध्ये उद्देश्यात्मक छनौट विधिको आधारमा ६ वटा विद्यालयको छनौट गरिएको छ । साथै संम्भावनायूक्त छनोट विधिको पनि प्रयोग गरिएको छ । शिक्षण विधि सम्बन्धमा प्रश्नावली, अन्तर्वार्ता सूची, प्रत्यक्ष अवलोकन, सर्वेक्षण फाराम जस्ता प्राथमिक स्रोत र द्वितीय स्रोत अन्तर्गत विद्यालयमा भएका विभिन्न अभिलेखको तथ्याङ्कहरुलाई प्रयोग गरिएको छ । उक्त तथ्याङ्क संकेतका लागि सम्बन्धित विद्यार्थीहरु, अभिभावक, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्रंोतव्यक्तिले दिएको सुझावका आधारमा अध्ययनलाई अगाडि बढाइएको छ । अध्ययनमा समावेश भएका सबै विद्यालयहरुमा विभिन्न जात–जाति, लिङ्ग वर्गका आधारमा तथ्याङ्क प्राप्त गरि प्राथमिक तहमा प्रयोग भएको शिक्षण विधि सम्बन्धको अध्ययनमा शिक्षक केन्द्रित विधि, विद्यार्थी केन्द्रित विधि र अन्तरर्वि्रmयात्मक विधि प्रयोग भएको पाइयो । विद्यार्थी केन्द्रित शिक्षण विधि र अन्तरक्रियात्मक शिक्षण विधि प्रयोग भएको विद्यालयहरुमा शैक्षिक उपलब्धि पनि उच्च स्तरको रहेको प्राप्तिको रुपमा आएका छन् । विद्यार्थीको सक्रियतामा शिक्षण गर्नलाई समय अभाव भएको पाइन्छ , प्रभावकारी शिक्षण विधि गर्न शैक्षिक सामाग्री खरिद गर्नलाई आर्थिक अभाव छ, प्रभावकारी शिक्षण गर्न शैक्षिक योजना, नियमित गर्न, प्रक्रियाबद्ध गर्नमा समस्या छ ,दरवन्दी कम भएका विद्यालयमा बहुकक्षा शिक्षण गर्नु पर्ने भएकोले शिक्षण समस्या रहेको छ, अझै पनि विद्यालयमा शिक्षक केन्द्रित शिक्षण विधिनै अपनाएकोले सिकाइ उपलब्धिमा समस्या छ, शतप्रतिसत बालबालिका राई समूदायबाट आएका र मातृभाषामा शिक्षण नभएकाले बुझाईमा कठिनाई भएर पनि सिकाइ उपलब्धिमा समस्या रहेको पाईन्छ । विद्यालयले सवै बालबालिकालाई विद्यालयमा आउने वातावरण मिलाउनु पर्दछ, समुदाय र विद्यालय दुवै मिलेर विद्यालयको भौतिक पूर्वाधारहरुको सुधार गर्दै लैजानु पर्दछ, बिद्यालयले बिद्यार्थीलाई बिद्यालयमा नियमित उपस्थित हुने वातावरण तयार पार्नु पर्दछ, शिक्षकले कक्षाकोठामा शिक्षण गर्न जाँदा योजना सहित शैक्षिक सामग्रीका लिएर जानु पर्दछ, बिद्यालय र समुदायको अन्योन्याश्रित सम्बन्ध रहने भएकोले बेलाबेलामा अभिभाबक भेला बैठक एवं छलफलको वातावरण तयार पार्नुपर्दछ, बिद्यालय आउन नसक्ने अशक्त, असहाय, दलित, पिछाडिएका समुदायका बालबालिकालाई छात्रवृत्ति लगायतका सुबिधा प्रदान गरी बिद्यालय आउनकालागि उत्प्रेरित गर्नुपर्दछ, शैक्षिक उपलब्धि बढाउन बिद्यालय समुदाय दुवै मिलेर हरदम प्रयसरत रहनुपर्दछ, भन्ने निष्कष छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/21366
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf73.85 kBAdobe PDFView/Open
Chapter Page.pdf292.77 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.