Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/21672
Title: संस्थागत विधालयमा दलित बालवालिकाकाे सिकाइ स्थिति {Sansthagat vidyalayma dalit balbalikako sikai sthiti}
Authors: राई Rai, चन्द्रप्रकाश Chandraprakash
Keywords: दलित बालबालिका Dalit balbalika;संस्थागत विद्यालय Santhagat vidyalay;दलित विद्यार्थी Dalit vidyarthi;सिकाइ स्थिति Sikai sthiti
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र ‘संस्थागत विद्यालयमा दलित बालबालिकाको सिकाइ स्थिति’ शीर्षक राखेर तयार पारिएको छ । यस अध्ययनको मुख्य उद्देश्य संस्थागत विद्यालयमा दलित विद्यार्थीहरुको सिकाइ स्थितिको विश्लेषण गर्नु रहेको छ । यस अध्ययनको अनुसन्धानात्मक ढाँचा गुणात्मक रहेको छ । यस अध्ययनको लागि उद्देश्यमूलक नमूना छनौट विधि र सामान्य संभावनायुक्त नमूना छनौटको मिश्रित विधि अपनाइएको छ । झापा जिल्लाको दमक नगरपालिकामा संचालित ३० वटा संस्थागत विद्यालयहरुमध्ये १४ वटा संस्थागत माध्यमिक विद्यालयहरु रहेकोमा चारवटा संस्थागत विद्यालयहरु चयन गरिएको छ । गुणात्मक तथ्यांक संकलन गर्न विद्यार्थी अभिलेख फाराम, प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलोकन जस्ता साधनहरु प्रयोग गरि सरोकारवाला ७६ जना उत्तरदाताहरुसँग प्रत्यक्ष साक्षात्कार गरिएको छ । यस अध्ययनको क्रममा प्राथमिक र द्वितिय दुवै स्रोतको प्रयोग गरिएको छ । संस्थागत विद्यालयहरुको माध्यमिक तहमा दलित विद्यार्थीहरुको भर्ना गैरदलित विद्यार्थीको तुलनामा अत्यन्त न्यून रहेको पाइएको छ । दमक नगरपालिकामा बसोवास गरिरहेका दलितहरुको जनसंख्याको आधारमा पनि दलित विद्यार्थीहरुको भर्ना न्यून रहेका छ । संस्थागत विद्यालयको माध्यमिक तहमा दलित विद्यार्थीहरुको विद्यालय छाड्ने र कक्षा दोहो¥याउने अवस्था न्यून पाइएको छ । सिकाइ क्षमता, गृहकार्य, नियमितता, साथीहरुसँगको सम्बन्ध, शिक्षकहरुसँगको सम्बन्ध, अतिरिक्त क्रियाकलाप, अनुशासन, व्यक्तिगत सरसफाइ जस्ता शैक्षिक क्रियाकलापमा दलित विद्यार्थीहरुको सिकाइ गैर दलित विद्यार्थीहरुको तुलनामा कमजोर पाइएको छ । दलित विद्यार्थीहरुको संस्थागत विद्यालयको माध्यमिक तहमा न्यून पहुँच हुनका मुख्य कारण र प्र्रभाव पार्ने तत्वहरुमा कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभाव, पारिवारिक पृष्ठभूमि, सरकारको दलित सम्बन्धी शिक्षा ऐन र नियम, सामाजिक विभेद र हिनभावना तथा परम्परागत पेशा÷व्यवसाय पाइएको छ । संस्थागत विद्यालयहरुले आ–आफ्नै तरिकाले धेरैजसो दलित विद्यार्थीहरुलाई मासिक र वार्षिक शुल्कमा आंशिक र पूर्ण सहुलियत दिएको पाइएको छ । संस्थागत विद्यालयको माध्यमिक तहमा दलित बालबालिकाको सिकाइ अभिवृद्धि गर्न दलित समुदायलाई राज्य र गैर सरकारी निकायले विभिन्न तालिमको व्यवस्था गरेर तथा आर्थिक सहयोग गरेर आफ्नो परम्परागत पेशा र व्यवसायलाई आधुनिकिकरण र व्यवसायीकरण गरी आफ्नै पेशा सञ्चालन गर्न सक्ने बनाउने वा रोजगारको व्यवस्था गर्ने, राज्यले संस्थागत विद्यालयमा के कति दलित विद्यार्थी कसरी भर्ना गर्ने भन्ने स्पष्ट ऐन र नियम बनाउनु पर्ने, संस्थागत विद्यालयबाट उठाइएको शिक्षा कर र आय करबाट दलित शिक्षा कोष खडा गरी दलित विद्यार्थीहरुको आधारभूत आवश्यकता पूरा गर्दै संस्थागत विद्यालयमा नै पढ्न पाउने सुविधा प्रदान गर्ने, सामाजिक विभेद विरुद्ध बनेको ऐन र कानुनलाई पूर्ण रुपले कार्यान्वयन गरी सामाजिक विभेद अन्त्य गरिनु पर्ने, शिक्षक र प्र.अ.हरु अग्रसर भई विद्यालयमा गरिने विभेद पूर्ण रुपले अन्त्य गरिनु पर्ने, दलितहरुको आत्म सम्मान र आत्म स्वाभिमान उच्च बनाउने वातावरण विद्यालय, समाज र राज्यका हरेक इकाइहरुले विशेष पहल गरेर सृजना गर्नुपर्ने, शैक्षिक क्रियाकलापमा सक्रिय सहभागि भई अव्वल नतिजा ल्याउन शिक्षक, प्र.अ. तथा सरोकारवालाहरुले प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्नुपर्ने र संस्थागत विद्यालयले सकेसम्म धेरै सुविधा प्रदान गर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/21672
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf101.76 kBAdobe PDFView/Open
Chapter Page.pdf327.12 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.