Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7991
Title: छात्रावृत्तिले छात्राहरूको शिक्षामा पारेको प्रभाव (Impact of Scholarships on Girls' Education)
Authors: गुरुङ Gurung, सुमन Suman
Keywords: छात्रावृत्ति Scholarship;शैक्षिक अवस्था Educational status;महिला सशक्तिकरण Women empowerment
Issue Date: 2017
Publisher: मानविकी तथा सामाजिकशास्त्र सङकाय, समाजशास्त्र तथा ग्रामीण विकास विभाग
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: यो शोधपत्र “छात्रावृत्तिले छात्राहरूको शिक्षामा पारेको प्रभाव” शीर्षक अन्तर्गत एक समाजशास्त्रीय अध्ययन हो । यो तनहुँ जिल्लाको शुक्लागण्डकी–४, दुलेगौडामा अवस्थित श्री पञ्चमुनिदेव मा.वि. मा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका माध्यमबाट America Himalayan Foundation को सहयोगमा छात्रवृत्ति प्राप्त छात्राहरूलाइ उत्तरदाताका रूपमा छनौट गरिएको छ । यस विद्यालयमा कक्षा (१–१०) सम्मका छात्राहरू ९९५ जना छन जसमध्ये रेष्टबाट छात्रावृत्ति पाएका जम्मा ७८ जना छात्राहरूलाई मात्र अध्ययनमा समेटिएको छ । आर्थिक अवस्था कमजोर भएको कारण छात्राहरू रेष्टको छात्रावृत्ति छनौटमा परेको पाइयो । यो अध्ययन वणनात्मक र विश्लेषणात्मक दुवै प्रकारको अनुसन्धान ढाँचामा आधारित छ । प्राथमिक र द्वितीय दुवै स्रोत प्रयोग गरिए तापनि प्राथमिक स्रोतलाई मुख्य जोड दिइएको छ । प्राथमिक स्रोतहरूमा छात्रावृत्ति प्राप्त छात्राहरू मुख्य हुन भने अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्गहरूसँग प्रत्यक्ष भेट गरी सामूहिक छलफल, अवलोकन, अन्र्तवार्ता अनुसूचीको माध्यमबाट तथ्याङक संकलन गरिएको छ । द्वितीय स्रोतहरूमा शीर्षकसँग सम्बनिधत लेख, रचना, पुस्तकहरू, रेष्टबाट प्रकाशित पुस्तकहरू, विभिन्न वेबसाइटहरू, पत्रपत्रिका, सोसँग सम्बन्धित शोधपत्रहरूबाट पनि तथ्याङक संकलन गरिएको छ । प्राप्त तथ्याङकहरूलाई तालिकीकरण गरी आवश्यकताअनुसार व्याख्या गरिएको छ । समग्रमा छात्रावृत्तिको प्रभाव सकारात्मक देखिन्छ । छात्रावृत्ति पाउने छात्राहरू धेरै जनजाति रहेका छन । उनीहरूको पारिवारिक अवस्था कमजोर देखिएको कारण उनीहरू रेष्टको छात्रावृत्ति छनोटमा परेका हुन । छात्रावृत्तिले छात्राहरूलाई विद्यालय पढन अवसर प्रदान गर्नुका साथै उनीहरूलाई शिक्षाप्रति सचेत गरी उज्वल भविष्यतर्फ डोहो¥याउन सहयोग गरेको पाइयो । छात्राहरू आफनो पढाइमा मात्र सचेत नभई दैनिक बानीव्यवहार, क्रियाकलाप, स्वास्थ्य, सरसफाई, पोषण लगायत बालविवाह, हिंसा, नियम कानून, बेचविखन सम्बन्धी कुराहरूमा समेत सचेत भएको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7991
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Content.pdf233.3 kBAdobe PDFView/Open
Suman Gurung Sociology final thesis.pdf504.3 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.