Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8094
Title: बालविकास केन्द्रको व्यवस्थापन {Management of Child Development Center}
Authors: पौडेल Pauḍel, आत्म विकास Aatm vikas
Keywords: बालविकास केन्द्र Child Development Center;शैक्षिक उपादेयता Educational efficiency
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन
Level: Masters
Abstract: बालविकास केन्द्रको व्यवस्थापन शीर्षकमा गरिएको यस शोधपत्रको मुख्य उद्देश्य बालविकास केन्द्रको व्यवस्थापनको स्थिति पहिचान गर्नु र त्यसका सरोकारवालाको भूमिकाको लेखाजोखा गर्नु रहेको छ । उक्त उद्देश्यहरु पूरा गर्नका लागि सम्भावनारहित नमुना छनोटअन्र्तगतको उद्देश्य मूलक नमुना छनोट विधिका आधारमा जि.शि.का. कविपलवस्तु, स्रोतकेन्द्र तौलिहवाअन्तर्गत क.ब.न.पा. भित्र सञ्चालित विद्यालयमा आधारित दुई वटा र समुदायमा आधारित दुई वटा बालविकास केन्द्रका स.का. प्र.अ., वि.व्य.स.का अध्यक्ष, अभिभावक, नगरप्रमुख, स्थानीय विकास अधिकारी, जि.वि.स. तथा फोकल पर्सन र सेतोगुँरास बालविकास सेवा तौलिहवाका कार्यक्रम संयोजक गरी जम्मा २२ जनासँग प्रत्यक्ष भेटघाट गरी अन्तरवार्ता प्रश्नावली र अवलोकन फारमको माध्यमबाट प्राथमिक तथ्यांक संकलन गरिएको थियो भने द्वितीय तथ्याङ्क सङ्कलनका लागि अनुसन्धानसँग सम्बन्धित विद्यालयका अभिलेखहरु, पत्र–पत्रिका, लेखरचना, बुलेटिन, अप्रकाशित शोधपत्रहरुलाई आधार लिइएको छ । अध्ययनको क्रममा प्राप्त सूचना तथा तथ्याङ्कलाई बर्णनात्मक तरिकाले व्याख्या एवम् विश्लेषण गरिएको छ । अनुसन्धानको क्रममा प्राप्त भएका प्राप्तिहरुलाई सामान्यीकरण गर्दा नेपाल सरकार शिक्षा मन्त्रालयदेखि विद्यालय स्तर सम्मका विभिन्न व्यक्ति, समिति , कार्यालय, संघसंस्था, एवम् निकायहरुको महत्वपूर्ण भूमिका रहेको भएतापनि बालविकास केन्द्रको हालको शैक्षिक एवम् भौतिक व्यवस्थापनमा ज्यादै कमीकमजोरी रहेको पाइयो । केन्द्रलाई अति आवश्यक पर्ने भवन, कक्षाकोठा, खानेपानी, शौचालय, खेलमैदान, स्वच्छ वातवरण, खेलकुद र मनोरञ्जनाका सामग्रीहरु, पाठ्यपुस्तक तथा अन्य सामग्रीहरुको व्यवस्थापनमा सरोकारवालाको पर्याप्त ध्यान नपुगेको पाइयो । न्यूनतम योग्यता, अप्रयाप्त तालिम, ज्यादै कम परिश्रमिकका कारण स.का. मा निष्कृयता रहेको, पर्याप्त साधन र स्रोतको अभावका कारण प्र.अ. र व्यवस्थापन समितिले व्यवस्थापन राम्रो गर्न नसकेको, अभिभावक, स्थानीय समुदाय र राजनीतिक दलको केन्द्रप्रतिको चासो नरहेको, नगरपालिका, जि.वि.स. र जि.शि.का. को बीचमा को कति जिम्मेवारी हुने स्पष्ट नीति नियम नहुँदा व्यवस्थापन प्रभावकारी हुन नसकेको पाइयो । बालविकास केन्द्रको दिगो विकास, प्रभावकारी व्यवस्थापन र सञ्चालनका लागि हाल व्यवस्था गरिएको सरोकारवालाको काम कर्तव्य र अधिकारमा नीतिगत परिवर्तन गरि स.का., प्र.अ., वि.व्य.स., अभिभावक, स्थानीय निकायहरु, वि.नि., संघसंस्थाहरु, स्थानीय समुदाय, नागरिक समाज, राजनैतिक दल लगायत आम सरोकारवालाको भूमिकालाई थप प्रभावकारी र उत्तरदायी बनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।साथै बालविकास केन्द्रको स्वीकृति, स.का.को नियुक्ति, पारिश्रमिक, निरीक्षण र अनुगमनलाई पारदर्शी बनाई भौतिक व्यवस्थापनको जिम्मा स्थानीय निकाय (न.पा. र जि.वि.स.) र शैक्षिक व्यवस्थापनको जिम्मा जि.शि.कालाई दिने नीति एवम् कानुनी व्यवस्था गरी केन्द्रदेखि स्थानीय निकायसम्म छुट्टै बालविकास शाखाको गठन गरी बालविकास केन्द्रहरुलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने सुझाव समेत पेश गरिएको छ । यस अध्ययनले बालविकास केन्द्रका सरोकारवालाको भूमिकामा समेत थप प्रभावकारिता ल्याउन मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8094
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page(6).pdf65.87 kBAdobe PDFView/Open
chapter Page(1).pdf260.99 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.