Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8427
Title: बसाइँ उपन्यासको चलचित्रीकरण {Basain Upanyasko Chalchitrikaran}
Authors: डुम्रे Dumre, कृष्णप्रसाद Krishnaprasad
Keywords: नेपाली उपन्यास Nepali upanyas;चलचित्रीकरण Chalchitrikaran
Issue Date: 2007
Publisher: नेपाली केन्द्रीय विभाग
Institute Name: Central Department of Nepali
Level: Masters
Abstract: १. शोधशीर्षक ः बसाइँ उपन्यासको चलचित्रीकरण २. शोधनिर्देशक ः प्रा. डा. देवीप्रसाद गौतम ३. शोधार्थी ः कृष्णप्रसाद डुम्रे ४. सम्पर्क नम्बर ः ४३७६१९६÷९८०३२०३५१३ ५. शोधप्रयोजन ः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङकाय, नेपाली केन्द्रीय विभाग अन्तर्गत स्नातकोत्तर तह दोश्रो वर्षको दसाँै पत्रको प्रयोजनार्थ प्रस्तुत । ६. शैक्षिक सत्र ः वि. स. २०५९–०६१ ७. क्याम्पस रोल नं. ः १७१ ८. परीक्षा सि. नं. ः प्रथम वर्ष – २७५० द्वितीय वर्ष – ५७६ ‘बसाइँ उपन्यासको चलचित्रीकरण’ शीर्षकमा प्रस्तुत गरिएको यस शोधपत्रको बाह्य संरचनालाई व्यवस्थित एवम् सुगठित पार्नका लागि ६ वटा परिच्छेदहरुमा विभाजन गरिएको छ । ती परिच्छेदहरुलाई आवश्यकता अनुसार विभिन्न शीर्षक एवं उपशीर्षकहरुमा बाँडेर अध्ययन गरिएको छ । प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोधपरिचय दिइएको छ । शोधपरिचय अन्तर्गंत शोधपत्रको शीर्षक, शोधकार्यको प्रयोजन, विषयपरिचय, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य र महत्व, शोधकार्यको सीमाङ्कन, शोधविधि, शोधपत्रको रुपरेखा जस्ता शीर्षकहरु प्रस्तुत गरी शोधकार्यको लागि सरल, सहज, सुगठित र व्यवस्थित पार्ने काम गरिएको छ । दोस्रो परिच्छेदमा चलचित्रको परिचय दिइएको छ । चलचित्र निर्माणका आवश्यक तत्वकाबारे विस्तृत चर्चा गरी मुख्य र सहायक रुपमा छुट्याइएको छ । लम्बाइ, आकार, विषय र उद्देश्य, स्वभाव र प्रवृति, वाद, विषयवस्तु र स्वरूपका आधारमा चलचित्रको प्रकार निर्धारण गर्ने जमर्को गरिएको छ । चलचित्रमा निर्देशकको महत्व र भूमिकाको बारे पनि छोटो चर्चा गरिएको छ । तेस्रो परिच्छेदमा ‘बसाइँ’ चलचित्रको सर्वेक्षण गरिएको छ । कथानक विकासका आधारमा क्रमिक रुपले विभिन्न पाँच मोडमा कथावस्तु प्रस्तुत गर्ने कार्य गरिएको छ । चौथौ परिच्छेदमा कथानक, चरित्रचित्रण, संवाद, विचार, दृश्यविधान, गीतसंङ्गीत, भाषा—शैली, सम्पादन, ध्वनि, बिम्ब र प्रतीक जस्ता चलचित्रका तत्वहरुका आधारमा चलचित्र ‘बसाइँ’ को व्याख्या विश्लेषण गरिएको छ । कथानकका विभिन्न चरण, उपकथाको सिर्जना, दृश्यविधान र अभिनयका प्रकारको पनि चर्चा गरिएको छ । पाँचौ परिच्छेदमा ‘बसाइँ’ उपन्यास र चलचित्रका बीच तुलनात्मक अध्ययन गर्ने प्रयास गरिएको छ । कथानकमा हटाइएका, थपिएका र परिवर्तन गरिएका घटनाहरु समावेश गरिएका छन् भने अन्य चलचित्रका तत्वका रुपमा पनि यी दुईबीच तुलनाको प्रयास गरिएको छ । यसै परिच्छेदमा ‘बसाइँ’ चलचित्रलाई सामाजिक चलचित्रको रुपमा उभ्याइएको छ चलचित्रको विशेषता वा राम्रा पक्षलाई देखाउदै केही कमजोरी पक्षलाई पनि केलाउने कार्य गरिएको छ साथै चलचित्रसंग सम्बन्धित व्यक्ति र संस्थाको नाम ‘चलचित्र निर्माणमा संलग्नता’ शीर्षकमा समावेश गरिएको छ । अनि छैठौं परिच्छेदमा सम्पूर्ण अध्ययनबाट प्राप्त निष्कर्षलाई उपसंहारका रुपमा प्रस्तुत गर्ने कार्य गरिएको छ । यहाँ विधागत स्वरूप र तुलनात्मक अध्ययनबाट देखापरेका निष्कर्ष र केही अपवादबाहेक आफ्ना छुट्टै वैशिष्ट्यहरुका कारणले गर्दा ‘बसाइँ’ चलचित्रलाई नेपाली चलचित्रकै एउटा कलात्मक र राम्रो चलचित्रको रूपमा चिनाउने कार्य गरेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8427
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover.pdf68.16 kBAdobe PDFView/Open
Chapter.pdf504.24 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.