Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8499
Title: कक्षा चारको मेरो नेपाली किताबमा प्रयुक्त शब्दहरूको आवृत्तिको गणना {Kakshya Charko Mero Nepali Kitabma Prayukta Shabdaharuko Abrittiko Ganana}
Authors: पौडेल Poudel, राधा Radha
Keywords: नेपाली भाषा Nepali bhasha;आवृत्ति अध्ययन Abritti adhyayan
Issue Date: 2007
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: शोधशीर्षक ः कक्षा ४ को “मेरो नेपाली किताब” मा प्रयुक्त शब्दहरुको आवृत्ति गणना शोधार्थी ः राधा पौडेल शोधनिर्देशक ः डा. पारसमणि भण्डारी विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुर शैक्षिक वर्ष ः २०५९–६१ ः पृष्ठसंख्या ः १११+९; अध्याय आठ प्रस्तुत शोधकार्य नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि प्रस्तुत गरिएको हो । यो शोधकार्य कक्षा ४ को “मेरो नेपाली किताब” मा प्रयुक्त शब्दहरू के–कस्ता छन् ? पाठ्यपुस्तकमा प्रयुक्त शब्दहरूको आवृत्ति कसरी भएको छ ? उक्त पाठ्यपुस्तकमा प्रयुक्त शब्दहरूको स्रोत र पदवर्ग के–कस्तो छ ? पाठ्यपुस्तकमा प्रयुक्त शब्दहरू सरल र जटिल के–कस्ता छन् ? भन्ने समस्यामा आधारित छ । उक्त समस्याको समाधानका लागि निम्न लिखित उद्देश्य निर्धारित गरिएका छन्– “कक्षा चारको मेरो नेपाली किताब” मा प्रयुक्त शब्दहरूको स्रोत र पदवर्ग पहिल्याउनु, प्रयुक्त शब्दहरूको पाठगत विवरणको स्थिति देखाउनु र उक्त पुस्तकमा रहेका शब्दहरूको आवृत्ति गणना गर्नु । यो शोधकार्य शब्दभण्डारको आवृत्ति गणनामा विधिमा आधारित रहेको छ । उक्त पाठ्यपुस्तकमा प्रयोग भएका शब्दहरूलाई विधागत रुपमा वर्गीकरण गरी तिनको आवृत्ति संख्या निकाल्ने काम गरिएको छ । उक्त कक्षा चारको मेरो नेपाली किताबमा जम्मा १५७१ शब्दहरू रहेको पाइन्छ । आवृत्ति भएका शब्दहरू जम्मा ६६३ र आवृत्ति नभएका शब्दहरू जम्मा ९०८ रहेका छन् । पदवर्गका दृष्टिले हेर्दा नाम वर्गका शब्दहरू जम्मा ८४० (जम्मा शब्द सङ्ख्याको ५३.४६%), त्यसैगरी सर्वनाम जम्मा ४० (जम्मा शब्द संख्याको २.५४%), विशेषण जम्मा २८२ (जम्मा शब्द संख्याको १७.८५%), क्रिया विशेषण जम्मा ९८ (जम्मा शब्दसंख्याको ६.२३%), क्रिया जम्मा २२२ (जम्मा शब्दसंख्याको १४.१३%), नामयो.गी जम्मा ४१ (जम्मा शब्द संख्याको ६०%), संयोजक जम्म १९ (जम्मा शब्द संख्याको १.२०% र निपात जम्म २९ (जम्मा शब्द संख्याको १.८४%) रहेका छन् । त्यसैगरी स्रोतका दृष्टिले सवभन्दा धेरै तद्भव शब्द जम्मा ९२९ (जम्मा शब्द संख्याको ५९.१३%), त्यसैगरी तत्सम शब्द जम्मा ४९६ (जम्मा शब्द संख्याको ३१.५७%), त्यसैगरी आगन्तुक शब्द जम्मा १३७ (जम्मा शब्द संख्याको ८.७२%) र अनुकरणमूल शब्द जम्मा ९ (जम्मा शब्द संख्याको ०.५७%) रहेका छन् र शून्य आवृत्ति देखि अधिकतम २५० (हुनु) पटक सम्म आवृत्ति भएका शब्दहरू उक्त पाठ्यपुस्तकमा रहेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8499
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf81.57 kBAdobe PDFView/Open
Chapter.pdf910.9 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.