Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9820
Title: शहीद परिवारको सामाजिकतथामनोवैज्ञानिक अवस्था (कास्कीजिल्लामादशवर्षे जनयुद्धको एक अध्ययन) {Sahida parivarako samajikatathamanovaijnanika avastha (kaskijillamadasavarṣe janayuddhako eka adhyayana}
Authors: त्रिपाठी Tripathi, सृजना shreejana
Keywords: सामाजिक मनोवैज्ञानिक samajik manobaigyanik;शहीद परिवार Shahid pariwar;मार्क्सवाद Marxbaad
Issue Date: 2021
Publisher: Faculty of Sociology
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: दशबर्ष जनयुद्ध सन् १९९५ मामाओवादीले रोल्पा र रुकुमजिल्लाकागाउँ–गाउँमा(सिज सांस्कृतिकअभियान)मार्फत जनतालाई अन्याय र असमानता विरुद्धआवाज उठाउन अभियानचलाइयो, त्यही ठाउँबाट सशस्त्र जनयुद्धको पनिथालनीभयो । सशस्त्र जनयुद्धको रोल्पा र रुकुमजिल्लामामात्रसिमीतनभई देशभरी नै प्रभावप¥यो । कास्कीजिल्लामापनि सशस्त्र जनयुद्धको असर प्रत्यक्ष रुपमा परेकोदेखिन्छ ।कास्कीजिल्लामादशवर्ष जनयुद्धमा माओवादीको तर्फबाट जम्मा ४६ जनाशहीदभएको तथ्यांक भेटिन्छ । शहीद परिवारको वर्तमान समयमा दैनिकव्यवहार कसरी चलीरहेको छ ?वर्तमानअवस्थामाविकसीत राजनैतिक घटनाहरुप्रति के कस्ता बिचार छन् ?शहीद परिवारमामनोवैज्ञानिक रुपमा के कस्ता समस्याहरु देखा परेका छन् ?आदीप्रश्नहरुको सेरोफेरोमा रहीशोधपत्रतयार गरिएको छ । यस अध्ययनको मुख्यउदेश्य जनयुद्धमा कास्कीजिल्लामा रहेको शहीद परिवारको आर्थीक, सामाजिक र मनोवैज्ञानिक अवस्थाविषयको विश्लेषण गरिएको छ । प्रस्तुतअध्ययनमागरिएको तथ्याङकविश्लेषण र नतिजाले कास्कीजिल्लामाशहीद परिवारको आर्थिक, सामाजिक र मनोवैज्ञानीक अवस्थामाकुलशहीद परिवारको वर्तमानअवस्थाको वारेमाअध्ययनगरिएको छ । यस क्षेत्रमा रहेका शहीद परिवार जम्मा ४६ रहेका छ भने ति परिवारसँग प्रत्यक्षअन्तर्वार्ता र उनिहरुले दिएकालिखितजवाफअनुसार शोधपत्रको विश्लेषण गरिएको छ । प्रस्तुतशोधपत्रमाप्राथमिक र द्वितियदुवै खाले तथ्याङ्क समावेश गरिएको छ । प्राथमिकतथ्याङ्कको लागिअन्तर्वार्ता,अवलोकन र बैयक्तिकअध्ययनबिधि समावेस गरिएको छ । द्वितीयतथ्याङ्क अन्तरगतसरकारी तथा गैरसरकारी संस्थाबाट प्रकाशितअप्रकाशितप्रतिवेदनहरु, लेख रचना, पत्रपत्रिकामा छापिएका समाचार, पुस्तकआदी स्रोतबाट तथ्याङ्क संकलनगरिएको छ । यिनै प्राप्ततथ्याङ्कलाई आधारमानीविश्लेषण गरिएको छ । नेपालमा राजनैतिक स्थिरता, विकास र समृद्धि, मौलीकहकको राज्य र नागरिकबाट पूर्ण परिचालनजस्ता सपनाबोकेर माओवादी जनयुद्धमा होमिएकाव्यक्ति र तिनका परिवारहरुले द्वन्द्वकालमा र वर्तमान समयमाभोग्नुपरेका पीडाको कुनै मूल्याङ्कन गरी साध्य छैन । शहीदहरुले ज्यानकोआहुतिदिएर नेपालमानयाँव्यवस्थाआएको छ जसलाई लोकतान्त्रीकगणतन्त्र भनिन्छ । यस व्यवस्थामानागरिकलाई अधिकार सम्पन्नबनाउने संविधानमाव्यवस्थाभएपनीनागरिकले त्यस व्यवस्थाको अनुभुतिगर्न पाएका छैनन् । आमनागरिक र शहीद परिवारका सदस्यहरुको मागभनेकै संविधानको अक्षर–अक्षर पालनागर्ने र संविधानमा रहेका मौलिकहकहरुको न्यायिककार्यान्वयनको अपेक्षा देश सञ्चालन गरेको सरकार र तिनका राजनैतिक पार्टीसँग राखेको पाइन्छ । प्रस्तुतअध्ययन क्षेत्रभित्र रहेका शहीद परिवार भन्नाले सशस्त्रद्वन्दको समयमातत्कालीनमाओवादीे तर्फबाट मात्रशहीदभएकाव्यक्तिहरुलाई मात्र समावेस गरिएको छ । भने राज्यको तर्फबाट शहीदहुनेलाई यस अध्ययनभित्र समावेश गरिएको छैन । शहीद परिवारलेआर्थिक, सामाजिक, राजनैतिक र मनोवैज्ञानिक समस्याभोगेकोगुनासो गरेका छन् भने राज्य र पार्टीले शहीद परिवारलाई त्यतीमहत्वका साथनहेरीएको भन्ने जस्ता गुनासा गरेको पाइयो । शहीद परिवारलाई गरिवी, अशिक्षा, स्वास्थ समस्या, जस्ता समस्याहरु कमगर्नको लागि राज्यले विशेष योजनाल्याउनु आवश्यकदेखीन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9820
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
cover(1).pdf139.44 kBAdobe PDFView/Open
chapter(1).pdf647.77 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.