Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9876
Title: विवाहित तामाङ्ग महिलाहरुको घरायसी निर्णय प्रक्रियामा सहभागिता (नागार्जुन नगरपालिकाका तामाङ्ग महिलाहरुमा गरिएको एक अध्ययन) {Participation of Married Tamang Women in Domestic Decision Making Process (A study of Tamang Women in Nagarjuna Municipality)}
Authors: लामा Lama, रोजी Rosie
Keywords: मार्क्सवाद Marxism;तामाङ्ग महिला Tamang women
Issue Date: 2019
Publisher: समाजशास्त्र तथा ग्रामीण विकास सङ्काय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: प्रस्तुत शोध पत्र विवाहित तामाङ्ग महिलाहरुको घरायसी निर्णय प्रकृयामा सहभागिताको बारेमा अध्ययन केन्द्रित रहेको छ । यो अध्ययन इचंगुनारायण गा.वि.स (हाल नागार्जुन नगरपालिका वडा नं. १) बम्जन टोलमा गरिएको छ । यो शोध अध्ययन स्नातकोत्तर तह द्धितीय वर्ष समाजशास्त्र विषयको आंशिक आवश्यकता परिपूर्तिका लागि तथा घरायसी तहमा सम्पन्न गरिने विभिन्न निर्णय प्रकृयामा विवाहित तामाङ्ग महिलाहरुको कुराहरुलाई उजागर गर्नमा केन्द्रित रहेको छ । तामाङ विवाहित महिलाहरूको घरायसी निर्णय प्रक्रियामा सहभागिता बारे खोजमुलक अध्ययन गर्ने यस अध्यनको सामान्य उदेश्य रहेको छ । विशिष्ट उद्देश्यहरु अन्तर्गत अध्ययन क्षेत्रमा बसोबास गर्दै आइरहेका विवाहित तामाङ महिलाहरूले सामाजिक, साँस्कृतिक र आर्थिक पृष्ठभूमिको पहिचान गर्नु र विवाहित तामाङ महिलाको घरायसी निर्णय प्रक्रिया सम्बन्धि सहभागिता तथा पहुँच बारे अध्ययन गर्ने रहेको छ । यस अध्ययनमा अवधारणात्मक ढाँचाभित्र निर्णय निर्माणको क्षेत्रलाई मुख्यतः सामाजिक साँस्कृतिक तत्व, आर्थिक तत्व, जनसाँख्यिक तत्व गरी तीन वटा पक्षमा विभाजन गरिएको छ । यी पक्षलाई अन्य आश्रित परिवत्र्यलाई प्रभावित गर्ने स्वतन्त्र परिवत्र्यका रुपमा अध्ययनमा समावेश गरिएको छ । प्राथमिक तथ्याङ्कहरु अन्तवार्ता अनुसुची, मुख्य जानकार व्यक्तिहरुसंगको अन्तवार्ता, समुह छलफल आदिबाट निकालिएको छ भने द्धितिय तथ्याङक विभिन्न स्रोतहरु जस्तैः प्रकाशित तथा अप्रकाशित पुस्तकहरु, अभिलेख, प्रतिवेदन, पत्र पत्रिकामा प्रकासक भएका लेखहरु आदिबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गरिएको छ । अध्ययन क्षेत्रमा विवाहित तामाङ्ग महिलाहरुको संख्या जम्मा ४० मात्रै रहेकोले नमुना छनोट गर्न आवश्यक नदेखिएकोले १५ वर्ष भन्दा माथिका सबै विवाहित तामाङ्ग महिलाहरुलाई जनगणना विधि अनुसार उत्तरदाताको रुपमा लिइएको छ । शिक्षाको विस्तार, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुद्धारा सञ्चालित चेतनामुलक कार्यक्रम, बाह्य परिवेशसंगको सम्पर्कले गर्दा तामाङ्ग समुदायमा पहिलाको भन्दा अलि परिवर्तन आएको कुरा स्वयम उत्तरदाताहरुले नै राख्दछन् । विभिन्न कार्यक्रमहरुमा सहभागि हुने, स्वजगारमुलक सिप सिकाइ तथा आयआर्जनका कार्यक्रममा बढि सहभागिता जनाउने पाइयो । यस किसिमको संलग्नताले महिलाहरु घरायसी निर्णय प्रकृयामा पुरुषहरुसंगै सहकार्य गर्न सक्ने क्षमतामा पनि वृद्धि हुदै गएको पाइयो । समयको परिवर्तन संगै पुरुषको हरेक कुरालाई आदेशका रुपमा स्विकार गर्ने महिलाहरु अहिले आफनो लागि आफै आवाज उठाउनुपर्छ र गलत कुरामा चुप लाग्नु हुदैन भन्दै आफ ् नो व्यक्तित्व विकासका लागि अग्रसर हुन थालेको पाइयो । घरायसी रुपमा हुने सामाग्री खरिद तथा विक्रि, ऋण, कृषि उब्जनी, पशु चौपायाको बेचबिखन लगायतका निर्णयमा महिला तथा पुरुष दुवैको पनि सहभागिता बराबर रुपमा आवश्यक ठानिन्छ । विभिन्न सामाजीक, आर्थिक तथा आधुनिकीकरणको प्रभावले गर्दा पारिवारिक संरचना बढ्दो रुपमा एकल परिवारको रहन थालेको पाइयो, फलस्वरुप विभिन्न पारिवारिक योजनामा महिलाहरुको सहभागितालाई बढा उनमा प्रोत्साहन मिलेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9876
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf226.58 kBAdobe PDFView/Open
Chapter page.pdf1.24 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.