कोपिला आश्रम उपन्यासको विधातात्विक अध्ययन {Theoretical Study of Kopila Ashram Novel}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Faculty of Education

Abstract

प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्र्तगत नेपाली विषयमा स्नातकोत्तर तह दोस्रा वर्षको दसौँ पत्रको प्रयोजनका लागि “कोपिला आश्रम उपन्यासको विधाताŒिवक अध्ययन” शीर्षकमा तयार गरिएको हो । प्रस्तुत शोधमा उपन्यास सिद्धान्तको चर्चा गर्दै सोका आधारमा कोपिला आश्रम कोपिला आश्रम कोपिला आश्रम कोपिला आश्रम उपन्यासलाई केलाउने प्रयास गरिएको छ । प्रस्तुत शोधपत्रका प्रमुख उद्देश्य कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासको विधाताŒिवक अध्ययन गर्नु हो । साथै उपन्यासकार कोइरालाको जीवनी उल्लेख गर्दै नेपाली उपन्यास परम्परामा रामेश कोइरालाको योगदानको निरूपण गर्नु यस शोधपत्रको अर्काे महŒवपूर्ण उद्देश्य हो । त्यसै गरी कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासलाई विधाताŒिवक विश्लेषण गर्नु पनि यस शोधपत्रको उद्देश्य रहेको छ । प्रस्तुत शोधकार्यमा मूलतः मुख्य र सहायक शोधसामग्रीको उपयोग गरिएको छ । मुख्य सामग्रीअन्तर्गत कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास तथा सहायक सामग्रीका रूपमा औपन्यासिक सिद्धान्त भएका कृति तथा मुख्य कृतिको विश्लेषण भएका विभिन्न सामग्रीलाई लिइएको छ । प्राथमिक तथा द्वितीय दुवै सामग्रीको सङ्कलन मुख्यतः पुस्तकालयीय कार्यबाट गरिएको छ । यस शोधकार्यमा मूल रूपमा वर्णनात्मक पद्धतिको उपयोग गरिएको छ । उपन्यास सिद्धान्तलाई मुख्य सैद्धान्तिक आधार बनाइ वर्णनात्मक, विश्लेषणात्मक, तुलनात्मक एवं निगमनात्मक पद्धतिको उपयोग गरिएको छ । प्रस्तुत शोधपत्र साहित्यकार रामेश कोइरालाको कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासको विधापरक विश्लेषणमा केन्द्रित रहको छ । उक्त उपन्यासमा अनाथ बालबालिकाको संरक्षण गर्न खोलिएका तथाकथित अनाथालयहरूले मानवीय भावना र कर्तव्यच्युत भई धर्मपुत्रका नाममा अनाथहरूलाई पसा कमाउने काममा अग्रसर भएको देखाएको छ । यस्ता कायको नियमन गर्न निकायले समेत नियमन गर्नुको साटो त्यस्ता कायलाइ उक्साइरहेको यथार्थतासमेत उपन्यासमा उल्लेख छ । उपन्यासका पात्रहरू हाम्रो समाजकै सामान्य जीवनबाट लिएका छन् । उनीहरूको प्रस्तुतिले हाम्रै समाजको कुनै स्थानमा भएको यथार्थ सामाजिक सम्बन्धको झल्को दिन्छ । कोपिला आश्रममा बहुपात्रहरूको पयोग भएको छ । कोपिला आश्रमको सञ्चालक हरिराम नेपाली यस उपन्यासको प्रमुख पात्र हो । हरिरामलाई सहयोग गर्न सोमनाथ ओली नामको अका पात्र पयोग गरिएका छ । उसले हरिरामको आर्थिक तथा अन्य व्यवस्थापनको काम गर्दछ । यीबाहक उपन्यासमा उपस्थित भएका अन्य सहायक पात्रहरूको पनि आआफ्नो भूमिका रहेको छ । कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम झट्ट हेर्दा विभिन्न कारणले बाबु आमा गुमाएका अनाथ बालबालिकाहरूको संरक्षण गरिएजस्ता देखिए पनि हरिरामले यसलाई पैसा कमाउने माध्यम बनाएको छ । उपन्यासको समय वि.सं २०५० पछिको १२–१५ वर्षको अवधि हा । यस समयमा नेपालमा माओवादी युद्धका कारण हजारा बालबालिकाहरू टुहुरा भएका थिए । तिनै सहाराविहीन बालबालिकाहरूलाई पालनपोषण गरी पठनपाठन गराउने जिम्मा लिएको हरिरामले तिनलाई बेचेर आफ्नो ढुकुटी भर्दै कसरी राज्य र राज्यसयन्त्रलाई बेकम्मा बनाएको छ भन्ने कुरा सरल रूपमा देखाइएको छ । प्रस्तुत उपन्यासमा सरल भाषाको प्रयोग गरिएको छ । कही आगन्तुक र तत्सम शब्द बाहेक सबै ठेट नेपाली भाषाको प्रयोग गरिएको छ । प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको यस उपन्यासको कथा वाचन सोमनाथ ओली नामका पात्रले गरेको छ । मूल कथाभित्र विभिन्न सहायक कथा आएको यस उपन्यासमा बाइप्रोडक्ट शीर्षकमा विभिन्न कथाहरू प्रस्तुत गरिएका छन् । तर ती कथाहरू पनि मल कथासँग राम्रोसँग अन्तर्सम्बन्धित गराइएको छ । समग्रमा कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास सामाजिक यथार्थवादी उपन्यास हो । यसले हाम्रो समाजमा विभिन्न कारणले आमाबाबुविहीन भएका केटाकेटीहरूलाइ कथित अनाथालयमा राखेर धर्मपुत्र पुत्रीका नाममा विदेशीलाई बेची धनको धन्दा गर्ने व्यक्तिहरूको यथार्थता प्रस्तुत गरेको छ । यसरी सरल किसिमले समाजको समस्या प्रस्तुत गरेको कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास नेपाली उपन्यास परम्पराकै सशक्त कृति हो । हाल सम्म यस उपन्यास कृतिका बारेमा शोधकार्य नभएकाले यो शोधकार्य गएिको हो । यस अध्ययनबाट नेपाली उपन्यासको अध्ययन परम्परामा नयाँ कार्य भएको छ । यहि नै यस अध्ययनको उपलब्धि हो ।

Description

Citation