कोपिला आश्रम उपन्यासको विधातात्विक अध्ययन {Theoretical Study of Kopila Ashram Novel}

dc.contributor.authorखनालना, नारायणी
dc.date.accessioned2022-06-07T09:56:44Z
dc.date.available2022-06-07T09:56:44Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्र्तगत नेपाली विषयमा स्नातकोत्तर तह दोस्रा वर्षको दसौँ पत्रको प्रयोजनका लागि “कोपिला आश्रम उपन्यासको विधाताŒिवक अध्ययन” शीर्षकमा तयार गरिएको हो । प्रस्तुत शोधमा उपन्यास सिद्धान्तको चर्चा गर्दै सोका आधारमा कोपिला आश्रम कोपिला आश्रम कोपिला आश्रम कोपिला आश्रम उपन्यासलाई केलाउने प्रयास गरिएको छ । प्रस्तुत शोधपत्रका प्रमुख उद्देश्य कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासको विधाताŒिवक अध्ययन गर्नु हो । साथै उपन्यासकार कोइरालाको जीवनी उल्लेख गर्दै नेपाली उपन्यास परम्परामा रामेश कोइरालाको योगदानको निरूपण गर्नु यस शोधपत्रको अर्काे महŒवपूर्ण उद्देश्य हो । त्यसै गरी कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासलाई विधाताŒिवक विश्लेषण गर्नु पनि यस शोधपत्रको उद्देश्य रहेको छ । प्रस्तुत शोधकार्यमा मूलतः मुख्य र सहायक शोधसामग्रीको उपयोग गरिएको छ । मुख्य सामग्रीअन्तर्गत कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास तथा सहायक सामग्रीका रूपमा औपन्यासिक सिद्धान्त भएका कृति तथा मुख्य कृतिको विश्लेषण भएका विभिन्न सामग्रीलाई लिइएको छ । प्राथमिक तथा द्वितीय दुवै सामग्रीको सङ्कलन मुख्यतः पुस्तकालयीय कार्यबाट गरिएको छ । यस शोधकार्यमा मूल रूपमा वर्णनात्मक पद्धतिको उपयोग गरिएको छ । उपन्यास सिद्धान्तलाई मुख्य सैद्धान्तिक आधार बनाइ वर्णनात्मक, विश्लेषणात्मक, तुलनात्मक एवं निगमनात्मक पद्धतिको उपयोग गरिएको छ । प्रस्तुत शोधपत्र साहित्यकार रामेश कोइरालाको कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यासको विधापरक विश्लेषणमा केन्द्रित रहको छ । उक्त उपन्यासमा अनाथ बालबालिकाको संरक्षण गर्न खोलिएका तथाकथित अनाथालयहरूले मानवीय भावना र कर्तव्यच्युत भई धर्मपुत्रका नाममा अनाथहरूलाई पसा कमाउने काममा अग्रसर भएको देखाएको छ । यस्ता कायको नियमन गर्न निकायले समेत नियमन गर्नुको साटो त्यस्ता कायलाइ उक्साइरहेको यथार्थतासमेत उपन्यासमा उल्लेख छ । उपन्यासका पात्रहरू हाम्रो समाजकै सामान्य जीवनबाट लिएका छन् । उनीहरूको प्रस्तुतिले हाम्रै समाजको कुनै स्थानमा भएको यथार्थ सामाजिक सम्बन्धको झल्को दिन्छ । कोपिला आश्रममा बहुपात्रहरूको पयोग भएको छ । कोपिला आश्रमको सञ्चालक हरिराम नेपाली यस उपन्यासको प्रमुख पात्र हो । हरिरामलाई सहयोग गर्न सोमनाथ ओली नामको अका पात्र पयोग गरिएका छ । उसले हरिरामको आर्थिक तथा अन्य व्यवस्थापनको काम गर्दछ । यीबाहक उपन्यासमा उपस्थित भएका अन्य सहायक पात्रहरूको पनि आआफ्नो भूमिका रहेको छ । कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम झट्ट हेर्दा विभिन्न कारणले बाबु आमा गुमाएका अनाथ बालबालिकाहरूको संरक्षण गरिएजस्ता देखिए पनि हरिरामले यसलाई पैसा कमाउने माध्यम बनाएको छ । उपन्यासको समय वि.सं २०५० पछिको १२–१५ वर्षको अवधि हा । यस समयमा नेपालमा माओवादी युद्धका कारण हजारा बालबालिकाहरू टुहुरा भएका थिए । तिनै सहाराविहीन बालबालिकाहरूलाई पालनपोषण गरी पठनपाठन गराउने जिम्मा लिएको हरिरामले तिनलाई बेचेर आफ्नो ढुकुटी भर्दै कसरी राज्य र राज्यसयन्त्रलाई बेकम्मा बनाएको छ भन्ने कुरा सरल रूपमा देखाइएको छ । प्रस्तुत उपन्यासमा सरल भाषाको प्रयोग गरिएको छ । कही आगन्तुक र तत्सम शब्द बाहेक सबै ठेट नेपाली भाषाको प्रयोग गरिएको छ । प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको यस उपन्यासको कथा वाचन सोमनाथ ओली नामका पात्रले गरेको छ । मूल कथाभित्र विभिन्न सहायक कथा आएको यस उपन्यासमा बाइप्रोडक्ट शीर्षकमा विभिन्न कथाहरू प्रस्तुत गरिएका छन् । तर ती कथाहरू पनि मल कथासँग राम्रोसँग अन्तर्सम्बन्धित गराइएको छ । समग्रमा कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास सामाजिक यथार्थवादी उपन्यास हो । यसले हाम्रो समाजमा विभिन्न कारणले आमाबाबुविहीन भएका केटाकेटीहरूलाइ कथित अनाथालयमा राखेर धर्मपुत्र पुत्रीका नाममा विदेशीलाई बेची धनको धन्दा गर्ने व्यक्तिहरूको यथार्थता प्रस्तुत गरेको छ । यसरी सरल किसिमले समाजको समस्या प्रस्तुत गरेको कोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रमकोपिला आश्रम उपन्यास नेपाली उपन्यास परम्पराकै सशक्त कृति हो । हाल सम्म यस उपन्यास कृतिका बारेमा शोधकार्य नभएकाले यो शोधकार्य गएिको हो । यस अध्ययनबाट नेपाली उपन्यासको अध्ययन परम्परामा नयाँ कार्य भएको छ । यहि नै यस अध्ययनको उपलब्धि हो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10932
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectकोपिला आश्रम Kopila Ashramen_US
dc.subjectउपन्यास upanyaasen_US
dc.titleकोपिला आश्रम उपन्यासको विधातात्विक अध्ययन {Theoretical Study of Kopila Ashram Novel}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePatan Samyukta Campus, PatanDhokaen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Final Thesis 2 (1).pdf
Size:
453.71 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: