थारू भाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा गर्ने त्रुटिहरूको अध्ययन (Tharu Bhashi Bidhyarthiharule Nepali Wakya Gathanma Garne Trutiharu Ko Adhyayan)
Date
2017
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Faculty of Education
Abstract
मोरङजिल्ला बेलबारी नगरपालिका, सुन्दरहरैँचानगरपालिका र झोराहाट गा.बि.स.मा रहेका सरकारी तथानिजीविद्यालयहरुको थारूभाषी विद्यार्थीहरुले नेपालीभाषाको वाक्य गठनमा गर्ने त्रुटिहरुको अध्ययन शीर्षकमा यो शोधपत्रतयार पारिएको हो । एम.एड. दोस्रो वर्षको नेपा.शि.५९८ को प्रयोजनार्थ तयार पारिएको यो शोधपत्रमोरङ जिल्ला बेलबारी नगरपालिका, सुन्दर हरैचानगरपालिका र झोराहाट गा.बि.स.मा रहेका ६ वटा सरकारी तथानिजीविद्यालयमा सीमित रहेको छ । यस शोधको उद्देश्यकक्षा ५ माअध्ययनरत थारूभाषीविद्यार्थीहरूले नेपालीभाषाको वाक्य गठनमा के कस्ता त्रुटि गरेका छन् ? त्रुटि हुनकाकारण के हो ? त्रुटिलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यमाआधारित रहेरगरिएको छ । उक्त त्रुटिलाई समाधानगर्न सुझाव सल्लाह प्रस्तुतगर्नु रहेको छ ।
बेलबारी नगरपालिकामा १ वटा सरकारी, सुन्दरहरैँचानगरपालिकामा ३ वटा सरकारी र झोराहाट गा.बि.स.मा एक वटा सरकारी र एक वटा निजीविद्यालयहरूमा स्थलगत भ्रमण गरी परीक्षालिइप्राप्तनतिजालाई यो शोधपत्रमा प्रस्तुतगरिएको छ । यो शोधपत्रमूलत ः स्थलगतअध्ययनविधिमाआधारित रहेरतयार पारिएको छ । सम्बन्धितअध्ययनअवलोकनशोधकर्ता स्वयम्बाट भएको छ भने उक्तअवलोकन २०७४÷३÷२२ गते बाट सुरु भई २०७४÷७÷१२ गते सकिएको छ ।
यस शोधपत्रमा प्रस्तुतभएका समस्यालाई समानाधार्थ सल्लाह सुझावपनिदिइएको छ । समस्या समाधानलाई सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, पाठ्यपुस्तकनिर्माण कर्ता, पाठ्यक्रमनिर्मातालगायत सम्पूर्णलाई सचेतता गराउनुका साथै आफू पनिक्रियाशिलभई समस्या समाधानतर्फ लागि पर्न आग्रहगरिएको छ । कुनै पनिकामगर्नु पूर्व योजनाबनाइ सोहि अनुरुप अगाडि बढ्नसमेत सचेत गराइएको छ ।
प्रस्तुतशोधपत्रपाँच परिच्छेदमाविभाजन गरी तयार गरिएको छ । उक्त परिच्छेदमागरिएकाविभिन्नविश्लेषणका सार तल प्रस्तुतगरिएको छ ।
पहिलो परिच्छेदमाशोध परिचय रहेको छ । यस अन्तर्गत अध्ययनको पृष्ठभूमि, समस्याकथन, उद्देश्य, अनुसन्धानात्मकप्रश्न, अध्ययनको महŒव र अध्ययनको परिसीमा रहेका छन् । दोस्रो परिच्छेदमासैद्धान्तिक साहित्यको पुनरावालोकन र उपदेयता रहेको छ जस अन्तर्गत सैद्धान्तिक साहित्यको पुनरवलोकन, सम्बन्धित साहित्यको पुनरवलोकन, पुनरवलोकनको उपदेयता र सैद्धान्तिक अवधारणात्मक ढाँचा रहेका छन् ।
तेस्रो परिच्छेदमाअध्ययनको ढाँचा र विधि रहेको छ । जसमाअध्ययनको विधि, जनसंख्या,नमुना छनोट र रणनीति, अध्ययनको क्षेत्र, तथ्याङक सङ्कलनका साधन र तरिका, तथ्याङ्क सङ्कलनप्रक्रिया रहेको छ । परिच्छेदचारमानतिजाको व्याख्यातथाविश्लेषण रहेको छ । जस अन्तर्गत लिङ्गगत त्रुटि, वचनगत त्रुटि, पुरुषगत त्रुटि, आदरगत त्रुटि, त्रुटि विश्लेषणका सिद्धान्त, त्रुटिका क्षेत्र, त्रुटिको वर्गीकरण रहेका छन् ।
परिच्छेदपाँचमानिष्कर्ष तथा सुझाव रहेको छ । जस अन्तर्गत नीतिगततहकालागि सुझाव, अभ्यास तहकालागि सुझाव र अनुसन्धानतहकालागि सुझाव रहेका छन् ।
Description
Keywords
वाक्यहरू, थारू भाषी