थारू भाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा गर्ने त्रुटिहरूको अध्ययन (Tharu Bhashi Bidhyarthiharule Nepali Wakya Gathanma Garne Trutiharu Ko Adhyayan)
dc.contributor.author | आचार्य Acharya, बबिता Babita | |
dc.date.accessioned | 2022-05-18T06:36:09Z | |
dc.date.available | 2022-05-18T06:36:09Z | |
dc.date.issued | 2017 | |
dc.description.abstract | मोरङजिल्ला बेलबारी नगरपालिका, सुन्दरहरैँचानगरपालिका र झोराहाट गा.बि.स.मा रहेका सरकारी तथानिजीविद्यालयहरुको थारूभाषी विद्यार्थीहरुले नेपालीभाषाको वाक्य गठनमा गर्ने त्रुटिहरुको अध्ययन शीर्षकमा यो शोधपत्रतयार पारिएको हो । एम.एड. दोस्रो वर्षको नेपा.शि.५९८ को प्रयोजनार्थ तयार पारिएको यो शोधपत्रमोरङ जिल्ला बेलबारी नगरपालिका, सुन्दर हरैचानगरपालिका र झोराहाट गा.बि.स.मा रहेका ६ वटा सरकारी तथानिजीविद्यालयमा सीमित रहेको छ । यस शोधको उद्देश्यकक्षा ५ माअध्ययनरत थारूभाषीविद्यार्थीहरूले नेपालीभाषाको वाक्य गठनमा के कस्ता त्रुटि गरेका छन् ? त्रुटि हुनकाकारण के हो ? त्रुटिलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यमाआधारित रहेरगरिएको छ । उक्त त्रुटिलाई समाधानगर्न सुझाव सल्लाह प्रस्तुतगर्नु रहेको छ । बेलबारी नगरपालिकामा १ वटा सरकारी, सुन्दरहरैँचानगरपालिकामा ३ वटा सरकारी र झोराहाट गा.बि.स.मा एक वटा सरकारी र एक वटा निजीविद्यालयहरूमा स्थलगत भ्रमण गरी परीक्षालिइप्राप्तनतिजालाई यो शोधपत्रमा प्रस्तुतगरिएको छ । यो शोधपत्रमूलत ः स्थलगतअध्ययनविधिमाआधारित रहेरतयार पारिएको छ । सम्बन्धितअध्ययनअवलोकनशोधकर्ता स्वयम्बाट भएको छ भने उक्तअवलोकन २०७४÷३÷२२ गते बाट सुरु भई २०७४÷७÷१२ गते सकिएको छ । यस शोधपत्रमा प्रस्तुतभएका समस्यालाई समानाधार्थ सल्लाह सुझावपनिदिइएको छ । समस्या समाधानलाई सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, पाठ्यपुस्तकनिर्माण कर्ता, पाठ्यक्रमनिर्मातालगायत सम्पूर्णलाई सचेतता गराउनुका साथै आफू पनिक्रियाशिलभई समस्या समाधानतर्फ लागि पर्न आग्रहगरिएको छ । कुनै पनिकामगर्नु पूर्व योजनाबनाइ सोहि अनुरुप अगाडि बढ्नसमेत सचेत गराइएको छ । प्रस्तुतशोधपत्रपाँच परिच्छेदमाविभाजन गरी तयार गरिएको छ । उक्त परिच्छेदमागरिएकाविभिन्नविश्लेषणका सार तल प्रस्तुतगरिएको छ । पहिलो परिच्छेदमाशोध परिचय रहेको छ । यस अन्तर्गत अध्ययनको पृष्ठभूमि, समस्याकथन, उद्देश्य, अनुसन्धानात्मकप्रश्न, अध्ययनको महŒव र अध्ययनको परिसीमा रहेका छन् । दोस्रो परिच्छेदमासैद्धान्तिक साहित्यको पुनरावालोकन र उपदेयता रहेको छ जस अन्तर्गत सैद्धान्तिक साहित्यको पुनरवलोकन, सम्बन्धित साहित्यको पुनरवलोकन, पुनरवलोकनको उपदेयता र सैद्धान्तिक अवधारणात्मक ढाँचा रहेका छन् । तेस्रो परिच्छेदमाअध्ययनको ढाँचा र विधि रहेको छ । जसमाअध्ययनको विधि, जनसंख्या,नमुना छनोट र रणनीति, अध्ययनको क्षेत्र, तथ्याङक सङ्कलनका साधन र तरिका, तथ्याङ्क सङ्कलनप्रक्रिया रहेको छ । परिच्छेदचारमानतिजाको व्याख्यातथाविश्लेषण रहेको छ । जस अन्तर्गत लिङ्गगत त्रुटि, वचनगत त्रुटि, पुरुषगत त्रुटि, आदरगत त्रुटि, त्रुटि विश्लेषणका सिद्धान्त, त्रुटिका क्षेत्र, त्रुटिको वर्गीकरण रहेका छन् । परिच्छेदपाँचमानिष्कर्ष तथा सुझाव रहेको छ । जस अन्तर्गत नीतिगततहकालागि सुझाव, अभ्यास तहकालागि सुझाव र अनुसन्धानतहकालागि सुझाव रहेका छन् । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10419 | |
dc.language.iso | ne | en_US |
dc.publisher | Faculty of Education | en_US |
dc.subject | वाक्यहरू | en_US |
dc.subject | थारू भाषी | en_US |
dc.title | थारू भाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा गर्ने त्रुटिहरूको अध्ययन (Tharu Bhashi Bidhyarthiharule Nepali Wakya Gathanma Garne Trutiharu Ko Adhyayan) | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | Sukuna Multiple Campus Sundarharaincha, Morang, | en_US |