दौलतविक्रम विष्टका उपन्यासमा सामाजिक यथार्थ
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोधप्रबन्धको शीर्षक दौलतविक्रम विष्टका उपन्यासमा सामाजिक यथार्थ रहेको
छ । दौलतविक्रम विष्ट आधुनिक नेपाली साहित्यका विकासप्रक्रियामा देखा परेका महŒवपूर्ण
आख्यानकार हुन । उनका मञ्जरी (२०१६), एक पालुवा अनेकौँ याम (२०२६), चपाइएका
अनुहार (२०३०), बिग्रिएको बाटो (२०३३), थाकेको आकाश (२०३४), भोक र भित्ताहरू
(२०३८), ज्योति ज्योति महाज्योति (२०४५), हिमाल र मान्छे (२०४५) र फा ँ सीको फन्दा
(२०५३) गरी नौवटा उपन्यास प्रकाशित छन । उनका यिनै उपन्यासलाई शोधक्षेत्र बनाई
तिनमा सामाजिक यथार्थको अभिव्यक्ति केकसरी भएको छ भन्ने प्रश्नलाई यस शोधमा मूल
प्राज्ञिक समस्या बनाइएको छ । त्यसैले उनका २०१६ देखि २०५३ सालसम्म प्रकाशित भएका
नौवटा उपन्यासहरू यस शोधका विश्लेष्य सामग्री हुन र यी सामग्रीहरू सामाजिक
यथार्थवादका मान्य चिन्तन र पद्धतिका दृष्टिले अनुसन्धेय पनि छन ।
दौलतविक्रम विष्टका यी उपन्यासहरूका बारेमा विभिन्न आधारमा अध्ययन एवम
अनुसन्धान पनि भएका छन तर सामाजिक यथार्थवादी मान्यताका कोणबाट यिनका बारेमा
हालसम्म शोधमूलक अध्ययन भएको भने पाइँदैन । यसमा यही शोधरिक्तताको परिपूर्तिका
लागि उनका उपन्यासमा अभिव्यक्त सामाजिक यथार्थलाई मूल प्राज्ञिक समस्याका रूपमा लिई
त्यसैको प्रामाणिक समाधान पहिल्याउने काम गरिएको छ । यसका लागि प्राथमिक स्रोतका
रूपमा रहेका उनका नौवटा उपन्यासहरूमध्ये सामाजिक यथार्थको सशक्त प्रस्तुति भएका र
औपन्यासिक कलात्मकताका दृष्टिले स्तरीयता प्राप्त गरेका मञ्जरी, एक पालुवा अनेकौ ँ याम,
भोक र भित्ताहरू, ज्योति ज्योति महाज्योति र हिमाल र मान्छे उपन्यासहरूको मात्र यस
शोधको उद्देश्यअनुरूप सामग्री सङकलनका सोद्देश्य छनोट विधिका आधारमा सूक्ष्म पठन गरी
आवश्यक सामग्रीको सङकलन गरिएको छ । यसका साथै दौलतविक्रम विष्टका उपन्यासका
सन्दर्भमा विमर्श गरिएका पुस्तक, अनुसन्धान, लेख, टिप्पणी, पत्रपत्रिका, कृति समीक्षाहरू र
शोधप्रबन्धका साथै सामाजिक यथार्थवादसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, शोधप्रबन्ध आदिमा
गरिएको अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्रस्तुत शोधप्रबन्धसँग
सम्बन्धित सामग्रीहरूको विश्लेषणका लागि सामाजिक यथार्थवादलाई मूल आधार बनाइएको
छ । त्यसका लागि सामाजिक यथार्थवादका सैद्धान्तिक स्थापना, मूल्यमान्यता तथा अवधारणामा
आधारित भएर उपन्यास विश्लेषणका निम्ति स्थापित प्रतिमानका आधारमा उपन्यास
विश्लेषणको मूलढाँचा बनाइएको छ र यसका आधारमा विष्टका उपन्यासमा अभिव्यक्त
सामाजिक यथार्थको अध्ययन यस शोधप्रबन्धमा गरिएको छ ।
दौलतविक्रम विष्टका उपन्यासमा नेपालको राणाशासनकालीन (२००७ साल निकट
पूर्वको) सामन्ती सामाजिक परिपाटीका साथै २००७–२०१५ सालको प्रजातन्त्रकालीन
सङक्रमणशील सामाजिक यथार्थ र २०१७–२०४५ सालका बिचको पञ्चायतकालीन सामन्ती
सामाजिक यथार्थका विशिष्ट पक्षहरू प्रतिविम्बित छन । त्यस क्रममा दौलतविक्रम विष्टका
उपन्यासमा परम्परागत सामाजिक संरचनामा आधारित सामाजिकता र सामाजिक सम्बन्धका
यथार्थका साथै नेपाली समाजमा विद्यमान हिन्दु धार्मिक संस्कति तथा हिमाली शेर्पाजनजातीय
संस्कृतिका यथार्थ र वस्तुवादी चेतनालाई देखाइएको छ । त्यस्तै उनका उपन्यासमा एकातिर
वर्गीय समाज तथा परम्परागत धार्मिक, सांस्कृतिक, प्रशासनिक र न्यायिक व्यवस्थाका कारण
निम्नवर्गको जीवन शोषित, पीडित र सङकटग्रस्त भएको पाइएको छ अर्कातिर हिमाल, पहाड
र तराईका भूगोलमा पाइने पात्रीय अभिव्यक्ति, सामाजिक रहनसहन, खानपान, पेसा, व्यवसाय,
धर्म, संस्कति जस्ता क्षेत्रीय विषयलाई भौगोलिक यथार्थका रूपमा र तत्कालीन सन्दर्भका
विषयलाई सामाजिक यथार्थका रूपमा अभिव्यक्ति गरिएको छ । यस प्रकार उनका उपन्यासका
सहरिया तथा ग्रामीण परिवेशको चित्रणमा प्रयुक्त मानक भाषा, स्थानीय बोली, सामाजिक
भाषिका, उखान र टुक्काको समुचित विन्यासबाट सामाजिक यथार्थको दुरुस्त प्रस्तुति हुन
गएको छ ।
नेपाली उपन्यासको सामाजिक यथार्थवादी अध्ययन परम्परामा दौलतविक्रम विष्टका
उपन्यासमा पाइने सामाजिक यथार्थसम्बन्धी यो मौलिक किसिमको शोध पनि थपिन पुगको
छ । यस शोधले उनका उपन्यासमा पाइने राणाकालीन तथा २०१६ सालदेखि २०४५
सालसम्मको नेपाली सामाजिक जनजीवन, राजनीतिक परिस्थिति, भौगोलिक विविधता,
सांस्कृतिक अनेकता, जातीय बहुलता र वर्गीय समाजका यथार्थ जस्ता सामाजिक
यथार्थसम्बन्धी ज्ञान थप हन गई विशेष योगदान पुयाएको छ । यस शोधकार्यमा सामाजिक
यथार्थवादका सैद्धान्तिक मान्यताबाट निर्दिष्ट रही सामाजिक यथार्थवादी उपन्यासको विश्लेषण
गर्ने ढाँचा बनाइएको छ र त्यसैका आधारमा अन्य कृतिको पनि अध्ययन गरी सामाजिक
यथार्थका विविध पक्षको उदघाटन गर्न सकिने हुनाले प्रस्तुत शोधको उपादेयता पनि सिद्ध
हुन्छ ।
