दौलतविक्रम विष्टका उपन्यासमा सामाजिक यथार्थ

dc.contributor.advisorमहादेव अवस्थी
dc.contributor.authorजोशी, महानन्द
dc.date.accessioned2026-06-03T09:45:10Z
dc.date.available2026-06-03T09:45:10Z
dc.date.issued2081
dc.description.abstractप्रस्तुत शोधप्रबन्धको शीर्षक दौलतविक्रम विष्टका उपन्यासमा सामाजिक यथार्थ रहेको छ । दौलतविक्रम विष्ट आधुनिक नेपाली साहित्यका विकासप्रक्रियामा देखा परेका महŒवपूर्ण आख्यानकार हुन । उनका मञ्जरी (२०१६), एक पालुवा अनेकौँ याम (२०२६), चपाइएका अनुहार (२०३०), बिग्रिएको बाटो (२०३३), थाकेको आकाश (२०३४), भोक र भित्ताहरू (२०३८), ज्योति ज्योति महाज्योति (२०४५), हिमाल र मान्छे (२०४५) र फा ँ सीको फन्दा (२०५३) गरी नौवटा उपन्यास प्रकाशित छन । उनका यिनै उपन्यासलाई शोधक्षेत्र बनाई तिनमा सामाजिक यथार्थको अभिव्यक्ति केकसरी भएको छ भन्ने प्रश्नलाई यस शोधमा मूल प्राज्ञिक समस्या बनाइएको छ । त्यसैले उनका २०१६ देखि २०५३ सालसम्म प्रकाशित भएका नौवटा उपन्यासहरू यस शोधका विश्लेष्य सामग्री हुन र यी सामग्रीहरू सामाजिक यथार्थवादका मान्य चिन्तन र पद्धतिका दृष्टिले अनुसन्धेय पनि छन । दौलतविक्रम विष्टका यी उपन्यासहरूका बारेमा विभिन्न आधारमा अध्ययन एवम अनुसन्धान पनि भएका छन तर सामाजिक यथार्थवादी मान्यताका कोणबाट यिनका बारेमा हालसम्म शोधमूलक अध्ययन भएको भने पाइँदैन । यसमा यही शोधरिक्तताको परिपूर्तिका लागि उनका उपन्यासमा अभिव्यक्त सामाजिक यथार्थलाई मूल प्राज्ञिक समस्याका रूपमा लिई त्यसैको प्रामाणिक समाधान पहिल्याउने काम गरिएको छ । यसका लागि प्राथमिक स्रोतका रूपमा रहेका उनका नौवटा उपन्यासहरूमध्ये सामाजिक यथार्थको सशक्त प्रस्तुति भएका र औपन्यासिक कलात्मकताका दृष्टिले स्तरीयता प्राप्त गरेका मञ्जरी, एक पालुवा अनेकौ ँ याम, भोक र भित्ताहरू, ज्योति ज्योति महाज्योति र हिमाल र मान्छे उपन्यासहरूको मात्र यस शोधको उद्देश्यअनुरूप सामग्री सङकलनका सोद्देश्य छनोट विधिका आधारमा सूक्ष्म पठन गरी आवश्यक सामग्रीको सङकलन गरिएको छ । यसका साथै दौलतविक्रम विष्टका उपन्यासका सन्दर्भमा विमर्श गरिएका पुस्तक, अनुसन्धान, लेख, टिप्पणी, पत्रपत्रिका, कृति समीक्षाहरू र शोधप्रबन्धका साथै सामाजिक यथार्थवादसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, शोधप्रबन्ध आदिमा गरिएको अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्रस्तुत शोधप्रबन्धसँग सम्बन्धित सामग्रीहरूको विश्लेषणका लागि सामाजिक यथार्थवादलाई मूल आधार बनाइएको छ । त्यसका लागि सामाजिक यथार्थवादका सैद्धान्तिक स्थापना, मूल्यमान्यता तथा अवधारणामा आधारित भएर उपन्यास विश्लेषणका निम्ति स्थापित प्रतिमानका आधारमा उपन्यास विश्लेषणको मूलढाँचा बनाइएको छ र यसका आधारमा विष्टका उपन्यासमा अभिव्यक्त सामाजिक यथार्थको अध्ययन यस शोधप्रबन्धमा गरिएको छ । दौलतविक्रम विष्टका उपन्यासमा नेपालको राणाशासनकालीन (२००७ साल निकट पूर्वको) सामन्ती सामाजिक परिपाटीका साथै २००७–२०१५ सालको प्रजातन्त्रकालीन सङक्रमणशील सामाजिक यथार्थ र २०१७–२०४५ सालका बिचको पञ्चायतकालीन सामन्ती सामाजिक यथार्थका विशिष्ट पक्षहरू प्रतिविम्बित छन । त्यस क्रममा दौलतविक्रम विष्टका उपन्यासमा परम्परागत सामाजिक संरचनामा आधारित सामाजिकता र सामाजिक सम्बन्धका यथार्थका साथै नेपाली समाजमा विद्यमान हिन्दु धार्मिक संस्कति तथा हिमाली शेर्पाजनजातीय संस्कृतिका यथार्थ र वस्तुवादी चेतनालाई देखाइएको छ । त्यस्तै उनका उपन्यासमा एकातिर वर्गीय समाज तथा परम्परागत धार्मिक, सांस्कृतिक, प्रशासनिक र न्यायिक व्यवस्थाका कारण निम्नवर्गको जीवन शोषित, पीडित र सङकटग्रस्त भएको पाइएको छ अर्कातिर हिमाल, पहाड र तराईका भूगोलमा पाइने पात्रीय अभिव्यक्ति, सामाजिक रहनसहन, खानपान, पेसा, व्यवसाय, धर्म, संस्कति जस्ता क्षेत्रीय विषयलाई भौगोलिक यथार्थका रूपमा र तत्कालीन सन्दर्भका विषयलाई सामाजिक यथार्थका रूपमा अभिव्यक्ति गरिएको छ । यस प्रकार उनका उपन्यासका सहरिया तथा ग्रामीण परिवेशको चित्रणमा प्रयुक्त मानक भाषा, स्थानीय बोली, सामाजिक भाषिका, उखान र टुक्काको समुचित विन्यासबाट सामाजिक यथार्थको दुरुस्त प्रस्तुति हुन गएको छ । नेपाली उपन्यासको सामाजिक यथार्थवादी अध्ययन परम्परामा दौलतविक्रम विष्टका उपन्यासमा पाइने सामाजिक यथार्थसम्बन्धी यो मौलिक किसिमको शोध पनि थपिन पुगको छ । यस शोधले उनका उपन्यासमा पाइने राणाकालीन तथा २०१६ सालदेखि २०४५ सालसम्मको नेपाली सामाजिक जनजीवन, राजनीतिक परिस्थिति, भौगोलिक विविधता, सांस्कृतिक अनेकता, जातीय बहुलता र वर्गीय समाजका यथार्थ जस्ता सामाजिक यथार्थसम्बन्धी ज्ञान थप हन गई विशेष योगदान पुयाएको छ । यस शोधकार्यमा सामाजिक यथार्थवादका सैद्धान्तिक मान्यताबाट निर्दिष्ट रही सामाजिक यथार्थवादी उपन्यासको विश्लेषण गर्ने ढाँचा बनाइएको छ र त्यसैका आधारमा अन्य कृतिको पनि अध्ययन गरी सामाजिक यथार्थका विविध पक्षको उदघाटन गर्न सकिने हुनाले प्रस्तुत शोधको उपादेयता पनि सिद्ध हुन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26897
dc.language.isone
dc.subjectनेपाली उपन्यास
dc.subjectभौगोलिक विविधता
dc.titleदौलतविक्रम विष्टका उपन्यासमा सामाजिक यथार्थ
dc.typeThesis
local.academic.levelPh.D.
local.institute.titleCentral Department of Nepali

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
1.32 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections