महारानी उपन्यासको समाजभाषिक अध्ययन{ Maharani Upanyasko Samajbhashik Adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा संकाय
Abstract
प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय सप्तगण्डकी बहुमुखी
क्याम्पस नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको नेपाली शिक्षा
५९८ पाठयाशको प्रयोजनका लागि तयार गरिएको छ । यस शोधपत्रको शीर्षक महारानी
उपन्यासको समाजभाषिक अध्ययन रहेको छ । प्रस्तुत शोधकार्यका उद्देश्यहरू भाषाशैलीका
दृष्टिले महारानी उपन्यासको समाजभाषिक अध्ययन गर्नु र यस उपन्यासका पात्रहरूले
प्रयोग गर्ने भाषाका वर्गगत र लिङगगत आधारमा भाषिक प्रयोगको स्थिति पत्ता लगाउनु
रहेको छ ।
प्रस्तुत शोधकार्य महारानी उपन्यासको समाजभाषिक अध्ययनसँग सम्बन्धित
भएकाले प्राथमिक सामग्रीको रूपमा चन्द्रप्रकाश बानियाँद्वारा लिखित महारानी उपन्यासलाइ
नै मुख्य आधार बनाई त्यसभित्र प्रयोग गरिएका विभिन्न पात्रहरूले प्रयोग गर्ने भाषाको
स्वरूप र संरचनाका विभिन्न पक्षलाइ अध्ययन विश्लेषणको आधार बनाइएको छ । प्रस्तुत
अध्ययनलाइ निश्चित उद्देश्य प्राप्ति र निष्कर्षमा पु¥याउन प्राथमिक स्रोत सामग्रीका रूपमा
महारानी उपन्यासलाइ अध्ययन विश्लेषणको प्रमुख आधार र सूचना सङकलनका द्वितीयक
सामग्रीका रूपमा समाज भाषाविज्ञानसँग सम्बन्धित शोधपत्र, पाठयपुस्तक, सम्बन्धित
साहित्यका समालोचनात्मक कृतिहरू, विभिन्न लेख, रचना, इमेल, इन्टरनेटको सहयोगबाट
सामग्री सङकलन गरिएको छ । त्यसैगरी मूल रूपमा पुस्तकालयीय अध्ययन विधि र आंशिक
रूपमा वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी तथ्यहरूको अध्ययन विश्लेषण
गरिएको छ । यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा समाज भाषाविज्ञानको
परिचय र सैद्धान्तिक पृष्ठभूमि, भाषिक भेदहरूको क्रमशः विश्लषण गरिएको छ । यसका
साथै वर्गगत र लिङगगत अवस्थाका आधारमा महारानी उपन्यासका पात्रहरूले प्रयोग गरेका
भाषाको भाषिक विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ यस उपन्यासको समाजभाषिक
अध्ययनका क्रममा शोधपत्रलाइ विभिन्न शीर्षक र उपशीर्षकहरूमा वर्गीकरण गरी छ
अध्यायमा विभाजन गरी निष्कर्ष निकालिएको छ र अन्त्यमा सन्दर्भ सामग्रीसूची र व्यक्तिवृत्त
प्रस्तुत गरी शोधकार्यलाइ समापन गरिएको छ ।
