महारानी उपन्यासको समाजभाषिक अध्ययन{ Maharani Upanyasko Samajbhashik Adhyayan}

dc.contributor.authorपौडेल Poudel, प्रतिमा Pratima
dc.date.accessioned2022-06-05T07:05:39Z
dc.date.available2022-06-05T07:05:39Z
dc.date.issued2022
dc.description.abstractप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय सप्तगण्डकी बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको नेपाली शिक्षा ५९८ पाठयाशको प्रयोजनका लागि तयार गरिएको छ । यस शोधपत्रको शीर्षक महारानी उपन्यासको समाजभाषिक अध्ययन रहेको छ । प्रस्तुत शोधकार्यका उद्देश्यहरू भाषाशैलीका दृष्टिले महारानी उपन्यासको समाजभाषिक अध्ययन गर्नु र यस उपन्यासका पात्रहरूले प्रयोग गर्ने भाषाका वर्गगत र लिङगगत आधारमा भाषिक प्रयोगको स्थिति पत्ता लगाउनु रहेको छ । प्रस्तुत शोधकार्य महारानी उपन्यासको समाजभाषिक अध्ययनसँग सम्बन्धित भएकाले प्राथमिक सामग्रीको रूपमा चन्द्रप्रकाश बानियाँद्वारा लिखित महारानी उपन्यासलाइ नै मुख्य आधार बनाई त्यसभित्र प्रयोग गरिएका विभिन्न पात्रहरूले प्रयोग गर्ने भाषाको स्वरूप र संरचनाका विभिन्न पक्षलाइ अध्ययन विश्लेषणको आधार बनाइएको छ । प्रस्तुत अध्ययनलाइ निश्चित उद्देश्य प्राप्ति र निष्कर्षमा पु¥याउन प्राथमिक स्रोत सामग्रीका रूपमा महारानी उपन्यासलाइ अध्ययन विश्लेषणको प्रमुख आधार र सूचना सङकलनका द्वितीयक सामग्रीका रूपमा समाज भाषाविज्ञानसँग सम्बन्धित शोधपत्र, पाठयपुस्तक, सम्बन्धित साहित्यका समालोचनात्मक कृतिहरू, विभिन्न लेख, रचना, इमेल, इन्टरनेटको सहयोगबाट सामग्री सङकलन गरिएको छ । त्यसैगरी मूल रूपमा पुस्तकालयीय अध्ययन विधि र आंशिक रूपमा वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी तथ्यहरूको अध्ययन विश्लेषण गरिएको छ । यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा समाज भाषाविज्ञानको परिचय र सैद्धान्तिक पृष्ठभूमि, भाषिक भेदहरूको क्रमशः विश्लषण गरिएको छ । यसका साथै वर्गगत र लिङगगत अवस्थाका आधारमा महारानी उपन्यासका पात्रहरूले प्रयोग गरेका भाषाको भाषिक विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा शोधपत्रलाइ विभिन्न शीर्षक र उपशीर्षकहरूमा वर्गीकरण गरी छ अध्यायमा विभाजन गरी निष्कर्ष निकालिएको छ र अन्त्यमा सन्दर्भ सामग्रीसूची र व्यक्तिवृत्त प्रस्तुत गरी शोधकार्यलाइ समापन गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10805
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा संकायen_US
dc.subjectमहारानी उपन्यास Maharani Upanyasen_US
dc.subjectसमाजभाषिक अध्ययन Samajbhashik Adhyayanen_US
dc.titleमहारानी उपन्यासको समाजभाषिक अध्ययन{ Maharani Upanyasko Samajbhashik Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All thesis.pdf
Size:
491.99 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: