तामाङ भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन

dc.contributor.advisorमदनराज बराल
dc.contributor.authorतामाङ, रश्मिता
dc.date.accessioned2026-05-12T09:42:13Z
dc.date.available2026-05-12T09:42:13Z
dc.date.issued2015
dc.description.abstractप्रस्तुत अध्ययनको शीर्षक तामाङ भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन रहेको छ । यस अध्ययनको उद्देश्य तामाङ र नेपाली भाषाको परिचय र वर्गीकरण गर्नु, व्याकरणिक कोटिका आधारमा तामाङ र नेपाली भाषाका बीचमा रहेका समानता र असमानता पत्ता लगाउनु र तामाङ मातृभाषी वक्ताले नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्दा गर्ने सम्भाव्य त्रुटिहरू पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा क्षेत्रअध्ययन विधि, शोधपुछ विधि, छलफल विधि र पुस्तकालयीय अध्ययन विधिमार्फत सूचना सङकलन गरिएको छ । यसका लागि तामाङ भाषा सम्बन्धी प्रश्नावली फारमहरू तयार पारी सुनसरी जिल्ला अन्तर्गत इटहरी उप–महानगरपालिका वार्ड न. २, ३, ४ र २४ का तीस जना तामाङ मातृभाषी वक्ताहरूलाई नमना छनोट गरी प्राप्त जानकारी तथा प्रतिक्रियाको आधारमा व्याख्या विश्लेषण गरिएको छ । यसरी विष्लेषण गर्दा लिङगको आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा क्रियापद परिवर्तन नहुने तर नेपाली भाषामा क्रियापद परिवर्तन हुन्छ । त्यसैगरी वचनका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कर्ता र क्रियापद, विश्लेषण र विशेष्य, भेदक र भेद्यलाई वचनले प्रभाव नपारेको तर नेपाली भाषामा भने पूर्ण रूपमा प्रभाव पारेको पाइन्छ । पुरूषका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कर्ता र क्रियापदलाई प्रभाव नपारेका तर नेपाली भाषामा चाहिँ पुरूषले प्रभाव पारेको देखिन्छ । त्यसैगरी कालका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ भाषामा कालगत सङगति रहेको देखिदैन भने नेपाली भाषामा कालगत सङगति रहेको देखिन्छ । पक्षका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली दुवै भाषामा कालको पक्षगत भिन्नता रहेको पाइन्छ । भावका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली दुवै भाषामा भावको भिन्नता रहेको पाइन्छ । आदरका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली भाषामा सम्मान तथा आदरमा पूर्णरूपमा भिन्नता पाइन्छ । त्यस्तैगरी अन्त्यमा ध्रुवीयताका आधारमा व्यतिरेकी अध्ययन गर्दा तामाङ र नेपाली भाषामा ध्रुवीयताको भिन्नता रहेको यस अध्ययनमा देखिएको छ
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26680
dc.language.isone
dc.subjectतामाङ भाषा
dc.subjectनेपाली भाषा
dc.titleतामाङ भाषा र नेपाली भाषाको व्यतिरेकी अध्ययन
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleJanta Multiple Campus Itahari, Sunsari
local.otherinstitute.titleजनता बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
757.43 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: