कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यन्वयनमा प्रभाव पार्ने कारक तत्वहरु
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
यस अध्ययनको मुख्य शीर्षक “कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा प्रभाव पार्ने तत्वहरू” रहेको छ । यस अध्ययनले कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनले स्थानीय क्षेत्रमा पारेको प्रभावको मूल्याङकन र विश्लेषणका साथै प्रभावकारी कार्यन्वयनका उपायहरूको बारेमा भौतिक, प्रशासनिक, शैक्षिक पूर्वाधार, पाठ्यवस्तु, शिक्षणसिकाइ क्रियाकलाप, शैक्षिक सामग्री, मूल्याङ्कन प्रक्रिया र सरोकारवालाहरूको भूमिका पत्ता लगाउने मुख्य उद्देश्य लिएको छ ।
यो अध्ययन विश्लेषणात्मक सर्वे ढाँचामा आधारित रहेको छ । अनुसन्धानका लागि संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका ११ वटा सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकहरू, प्र.अ., अभिभावक, सम्वन्धित विद्यालयका वि.व्या.स. अध्यक्ष र शैक्षिक वर्ष २०७१ मा ऐच्छिक विषय कुलुङ भाषा अध्ययनरत कक्षा १–३ सम्मका विद्यार्थीहरूको जनसंख्याको रुपमा लिइएको छ । नमूना अध्ययनका लागि ११ वटा सामुदायिक विद्यालय मध्ये छनौटमा परेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी, ४ जना शिक्षक, ४ जना विद्यालय प्र.अ., ४ जना विद्यालयका विद्यालय व्यवस्थापन सतितिका अध्यक्ष, ८ जना अभिभावक र कुलुङ भाषा विज्ञ ५ जना गरी जम्मा ४१ जनाको जनसंङ्ख्या नमूनाको आकार निर्धारण गरिएको छ । सुचना सङ्कलनका लागि प्रश्नावली, अन्तर्वार्ता र अवलोकन विधिको प्रयोग गरिएको छ भने प्राथमिक र द्वितीय स्रोतको उपयोग गरी सम्वन्धित क्षेत्रमा आफैँ उपस्थित भई तथ्याङ्क सङ्कलन गरिएको छ ।
कुलुङ मातृभाषा पाठ्यक्रम लागू गर्नका लागि विद्यालयहरूमा भौतिक पूर्वाधार सङ्कलन र निर्माणमा अभिभावकको सहयोग भएको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रको वेवास्ताले शिक्षक दरबन्दीको अभाव, निजि स्रोतमा कम योग्यता भएका तालिम अप्राप्त शिक्षक नियुक्ति गरिएकोले विषयवस्तुको पर्याप्त ज्ञानको अभाव रहेको पाइएको छ । पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरू समयमानै विद्यालयमा नपुग्ने, शिक्षण सामग्री तथा विधिहरू अस्पष्ट भई शिक्षण भएकाले अन्य विषयको तुलनामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
यसका लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै जिम्मेवार ढंगले लाग्नुपर्ने देखिएको छ । घर बालबालिकाको पहिलो पाठशाला हो । घरमा सिकेको भाषा उसको आधारस्तम्भ हो । विद्यालयमा मातृभाषामा शिक्षण गर्दा बालबालिकालाई आफ्नो परिवार र समुदायमै रहेर अध्ययन गरेको महसुस हुनेछ, फलस्वरुप स्थानीय कुलुङ समुदायका बालबालिकाले विद्यालय बिच मै छोड्ने, विद्यालय आउन डराउने, शिक्षकसंग डराउने र स्वातन्त्ररुपले बोल्न नसक्ने कार्यहरूमा सुधार हुनेछ । यसरी विद्यालयमा विद्यार्थीले स्वातन्त्र भएर विद्यालयमा अध्ययन गर्न सकेमा मात्र उ भित्र रहेको आन्तरिक ज्ञानको प्रश्फूटन हुन सक्दछ र भयमुक्त वातावरणमा सिकाइ हुनसक्दछ फलस्वरुप सिकाइ उपलव्धिमा सुधार हुनेछ । यसैलाई आधार मानेर संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका विद्यालयहरूमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रमलाई ऐक्षिक विषय समावेस गरिएको छ । विद्यालयमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रम कार्यान्वयन गर्दा प्रभाव पार्ने तत्वहरूको अध्ययन गरिएको छ । अध्ययनबाट प्राप्त नतिजा अनुसार स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि विद्यालयको पहलबाट पाठ्यक्रम विकास केन्द्रबाट समयमै पाठ्यपुस्तक उपलव्ध गराएर तालिम प्राप्त गरेका दक्ष र योग्य शिक्षकले शिक्षण गर्न सकिएमा सिकाइ उपलव्धिमा सुधार हुनेछ ।
