कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यन्वयनमा प्रभाव पार्ने कारक तत्वहरु
| dc.contributor.advisor | गणेशप्रसाद दाहाल | |
| dc.contributor.author | राई, रत्नबहादुर | |
| dc.date.accessioned | 2026-03-31T05:34:20Z | |
| dc.date.available | 2026-03-31T05:34:20Z | |
| dc.date.issued | 2072 | |
| dc.description.abstract | यस अध्ययनको मुख्य शीर्षक “कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा प्रभाव पार्ने तत्वहरू” रहेको छ । यस अध्ययनले कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यान्वयनले स्थानीय क्षेत्रमा पारेको प्रभावको मूल्याङकन र विश्लेषणका साथै प्रभावकारी कार्यन्वयनका उपायहरूको बारेमा भौतिक, प्रशासनिक, शैक्षिक पूर्वाधार, पाठ्यवस्तु, शिक्षणसिकाइ क्रियाकलाप, शैक्षिक सामग्री, मूल्याङ्कन प्रक्रिया र सरोकारवालाहरूको भूमिका पत्ता लगाउने मुख्य उद्देश्य लिएको छ । यो अध्ययन विश्लेषणात्मक सर्वे ढाँचामा आधारित रहेको छ । अनुसन्धानका लागि संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका ११ वटा सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकहरू, प्र.अ., अभिभावक, सम्वन्धित विद्यालयका वि.व्या.स. अध्यक्ष र शैक्षिक वर्ष २०७१ मा ऐच्छिक विषय कुलुङ भाषा अध्ययनरत कक्षा १–३ सम्मका विद्यार्थीहरूको जनसंख्याको रुपमा लिइएको छ । नमूना अध्ययनका लागि ११ वटा सामुदायिक विद्यालय मध्ये छनौटमा परेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी, ४ जना शिक्षक, ४ जना विद्यालय प्र.अ., ४ जना विद्यालयका विद्यालय व्यवस्थापन सतितिका अध्यक्ष, ८ जना अभिभावक र कुलुङ भाषा विज्ञ ५ जना गरी जम्मा ४१ जनाको जनसंङ्ख्या नमूनाको आकार निर्धारण गरिएको छ । सुचना सङ्कलनका लागि प्रश्नावली, अन्तर्वार्ता र अवलोकन विधिको प्रयोग गरिएको छ भने प्राथमिक र द्वितीय स्रोतको उपयोग गरी सम्वन्धित क्षेत्रमा आफैँ उपस्थित भई तथ्याङ्क सङ्कलन गरिएको छ । कुलुङ मातृभाषा पाठ्यक्रम लागू गर्नका लागि विद्यालयहरूमा भौतिक पूर्वाधार सङ्कलन र निर्माणमा अभिभावकको सहयोग भएको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रको वेवास्ताले शिक्षक दरबन्दीको अभाव, निजि स्रोतमा कम योग्यता भएका तालिम अप्राप्त शिक्षक नियुक्ति गरिएकोले विषयवस्तुको पर्याप्त ज्ञानको अभाव रहेको पाइएको छ । पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरू समयमानै विद्यालयमा नपुग्ने, शिक्षण सामग्री तथा विधिहरू अस्पष्ट भई शिक्षण भएकाले अन्य विषयको तुलनामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसका लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै जिम्मेवार ढंगले लाग्नुपर्ने देखिएको छ । घर बालबालिकाको पहिलो पाठशाला हो । घरमा सिकेको भाषा उसको आधारस्तम्भ हो । विद्यालयमा मातृभाषामा शिक्षण गर्दा बालबालिकालाई आफ्नो परिवार र समुदायमै रहेर अध्ययन गरेको महसुस हुनेछ, फलस्वरुप स्थानीय कुलुङ समुदायका बालबालिकाले विद्यालय बिच मै छोड्ने, विद्यालय आउन डराउने, शिक्षकसंग डराउने र स्वातन्त्ररुपले बोल्न नसक्ने कार्यहरूमा सुधार हुनेछ । यसरी विद्यालयमा विद्यार्थीले स्वातन्त्र भएर विद्यालयमा अध्ययन गर्न सकेमा मात्र उ भित्र रहेको आन्तरिक ज्ञानको प्रश्फूटन हुन सक्दछ र भयमुक्त वातावरणमा सिकाइ हुनसक्दछ फलस्वरुप सिकाइ उपलव्धिमा सुधार हुनेछ । यसैलाई आधार मानेर संखुवासभा जिल्लाको ताम्कु गाविसमा रहेका विद्यालयहरूमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रमलाई ऐक्षिक विषय समावेस गरिएको छ । विद्यालयमा स्थानीय कुलुङ समुदायको भाषाको पाठ्यक्रम कार्यान्वयन गर्दा प्रभाव पार्ने तत्वहरूको अध्ययन गरिएको छ । अध्ययनबाट प्राप्त नतिजा अनुसार स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि विद्यालयको पहलबाट पाठ्यक्रम विकास केन्द्रबाट समयमै पाठ्यपुस्तक उपलव्ध गराएर तालिम प्राप्त गरेका दक्ष र योग्य शिक्षकले शिक्षण गर्न सकिएमा सिकाइ उपलव्धिमा सुधार हुनेछ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26115 | |
| dc.language.iso | ne | |
| dc.subject | कुलुङ भाषा | |
| dc.subject | पाठ्यक्रम | |
| dc.title | कुलुङ भाषाको स्थानीय पाठ्यक्रम कार्यन्वयनमा प्रभाव पार्ने कारक तत्वहरु | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस | |
| local.institute.title | Faculty of Education |
