सामुदायिक विद्यालयको शिक्षण सिकाइमा वित्तीय व्यवस्थापन
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
सामुदायिक विद्यालयहरुको शिक्षण सिकाइमा वित्तीय व्यवस्थापन शीर्षक छनौटगरी यो
शोधपत्र तयार पारिएको हो । यस अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरुमा वित्तीय
व्यवस्थापनका स्रोतहरुको खोजी गर्नु र सामुदायिक विद्यालयहरुको शैक्षिक उपलब्धिको पहिचान गर्नु
रहेको छ ।
परिमाणत्मक ढाँचामा तयार पारिएको प्रस्तुत अनुसन्धानमा लक्ष्मीपुर गाउँ विकास
समितिका दुईवटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई नमूनाको रुपमा छनौटगरी उक्त
विद्यालयमा माध्यमिक तहमा अध्ययनरत २० जना विद्यार्थी, विद्यार्थीका अभिभावकहरु मध्ये २०
जना, शिक्षकहरु मध्ये ६ जना, प्रधानाध्यापक २ जना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २
जना गरी कूल ५० जनालाई नमूना जनसंख्या रुपमा उपयोग गरिएको छ ।
यस अनुसन्धानमा प्रश्नावली अन्तरवार्ताका सहायताले प्राथमिक तथ्याङ्कहरु संकलन गरिएको
छ भने द्वितीय तथ्याङ्कको रुपमा मूल्याङ्कन बहि, भर्ना बहि, आय–व्यय हिसाब खातालाई उपयोग
गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा सरकारी तथा गैह्रसरकारी स्रोतबाट आर्थिक अनुदान प्राप्त हुने
गरेको पाइयो । सरकारी अनुदान अन्तर्गत छात्रवृत्ति, पाठ ् यपुस्तक, शैक्षिक सामग्री र भौतिक निर्माण
तथा मर्मत जस्ता विद्यार्थी कल्याणका क्षेत्रमा अनुदान प्राप्त हुने गरेको पाइयो । गैह्रसरकारी स्रोत
अन्तर्गत गाउँ विकास समिति, गाउँ शिक्षा योजना र अभिभावकहरुबाट आर्थिक अनुदान प्राप्त हुने
गरेको पाइयो ।
सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिलाई हेर्दा सन्तोषजनक देखिएन । विद्यार्थीहरुको तह
पारगर्ने दर ज्यादै न्यून देखिन्छ । कक्षा दोहो¥याउने दर, विचैमा पढाई छोड् ने दर र कक्षा छोड ् ने दर
उच्च हुनुले सामुदायिक विद्यालयहरुको शैक्षिक उपलब्धि खस्कदै गएको निष्कर्ष मा पुग्न सकिन्छ ।
अनुसन्धानको क्रममा देखिएका चुनौती तथा समस्याहरुलाई समाधान गर्न सहयोग पुगोस
भन्ने उद्देश्यले विभिन्न तीन तहमा सुझावहरु प्रस्तुत गरिएको छ । सामुदायिक विद्यालयहरुमा भावी
शैक्षिक नीति तथा कार्यक्रम निर्माणगरी प्रभावकारी स्रोतव्यवस्थापनमा सहयोग पुगोस भन्ने
उद्देश्यले नीतिगत तह, वर्तमान योजना तथा कार्यक्रमहरु प ्र भावकारी ढंगले कार्यान्वयन गर्न
सकियोस भन्ने उद्देश्यले अभ्यास तह र भविश्यमा शिक्षा क्षेत्रमा थप खोज तथा अनुसन्धान हुन
सकु न भन्ने उद्देश्यले अनुसन्धान तहमा समेत सुझावहरु प्रस्तुत गरिएको छ ।
