विज्ञान विषयकाे शिक्षणमा शैक्षिक सामाग्रीकाे प्रयाेगकाे अवस्था { Bigyan bisayako sikshanma saikshik samagriko paryogko awasthsa}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधसार
विज्ञान विषयको शिक्षणमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था शीर्षक अन्तर्गत गरिएको यस सोधकार्यको उद्देश्यहरू विज्ञान विषयमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था पहिचान गर्नु र प्रयोगमा देखिएका समस्याहरू पत्ता लगाई त्यसलाई समाधान गर्ने उपायहरू रहेका छन् ।
यस अनुसन्धान कार्यमा परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान विधिको प्रयोग गरिएको छ । तथ्याङ्कको सङ्कलनको लागि प्रश्नावली, स्थलगत अध्ययन अवलोकन फारम, लक्षित समूह छलफल निर्देशिका जस्ता साधनको प्रयोग गरिएको छ । जनसंख्या छनोटको लागि बयरवन र केरौन गाविस अन्तर्गत ६ ओटा सामुदायिक मा.वि.हरू मध्ये तीन ओटा सामुदायिक विद्यालयहरूका ३ जना प्रधानाध्यापक, ३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, ३ जना विज्ञान विषय शिक्षक र कक्षा ९ एवम् कक्षा १० का १०/१० जनाका दरले जम्मा ६० जना गरी कुल ६९ जना तथ्याङ्कको स्रोतका रुपमा प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरिएको छ । तथ्याङ्क विश्लेषण गरी तालिका र प्रतिशतमा प्रस्तुत गरिएको छ । यो अध्ययन पूरा गर्ने क्रममा प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक र विद्यार्थीको लागि च्बलमयm छनोट विधिको प्रयोग गरिएको छ । लक्षित समूह छलफल विधिका लागि विज्ञान विषय शिक्षक छनोट गरिएको छ ।
नमुना छनोटमा परेका विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूले शैक्षिक सामग्रीको रुपमा पाठ्यपुस्तक निःशुल्क प्राप्त गरेका छन् । विद्यालयहरूमा अनुभवी र तालिम प्राप्त शिक्षकहरू भएका कारणले विषयवस्तु लामो समय देखि अध्यापन गर्दा कण्ठस्त भएको हुँदा कक्षाकोठामा पाठ्यपुस्तक नलगी शिक्षण गरिएको छ । विज्ञान विषयको प्रयोगात्मक कार्यमा लागि पाठ्यभार नतोकिएको पाइएको छ । विज्ञान विषयको शिक्षकले केही पाठ्यपुस्तकको पूर्व तयारी गरेको पाइएको छ । शिक्षण विधिहरूमध्ये सबैभन्दा बढी व्याख्यान विधि नै प्रयोग गरिएको पाइयो । विज्ञान विषयमा भएको क्रियाकलाप मध्ये ४३ प्रतिशत मात्र गराइएको देखियो । प्रयोगात्मक कार्यको लागि पर्याप्त शैक्षिक सामग्री, व्यवस्थित प्रयोगशाला र पाठ्यभार मिलाएर विद्यालयमा प्रयोगात्मक कार्यको वातावरण बनाउँदै गरेको पाइएको छ । विज्ञान विषय शिक्षकले विना मूल्य तथा कम मूल्यको शैक्षिक सामग्रीहरू सबै विद्यालयहरूमा रहेको र प्रयोग गर्ने गरेको पाइयो । तर रसायन, माइक्रोस्कोप जस्ता महँगा शैक्षिक सामग्रीहरू युनिसेफ बाट र केही गैर सरकारी संस्थान तथा केहि विद्यालयले आफैं व्यवस्था गरेको पाइयो । समग्रमा ३५ प्रतिशत सामग्री उपलब्ध तथा प्रयोग गरिएको पाइयो । सबैभन्दा बढी शैक्षिक सामग्री श्री जनकल्याण मावि बयरवनले प्रयोग गरेको पाइयो ।
नमुना छनोट विद्यालयहरूमा व्यवस्थित प्रयोगशाला, आधुनिक शिक्षण विधि र प्रभावकारी शिक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ । शिक्षकको पेशाप्रति अभिरुचि बढाउने शिक्षण नै जीविकोपार्जनको आधार बनाइनुका साथै स्रोतकेन्द्र स्तरीय विषयगत छलफल, विज्ञान सिर्जनाको खोजी, विज्ञान प्रर्दशनी र विज्ञान मेला समय समयमा सञ्चालन गरी विज्ञानप्रति विद्यार्थीको रुचि बढाउन आवश्यक छ । साथै स्थानीय स्तरमा पाइने सामग्री सङ्कलन, निर्माण र प्रयोग गर्न लगाई विज्ञान विषय शिक्षणप्रति रुचि बढाउन आवश्यक देखिन्छ । विज्ञान प्रयोगात्मक कार्यका लागि प्रयोगशाला व्यवस्था गरिनुपर्ने शिक्षक र विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी व्यवस्था गरिनु पर्ने तथा नवीनतम शिक्षण विधि अपनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ ।