विज्ञान विषयकाे शिक्षणमा शैक्षिक सामाग्रीकाे प्रयाेगकाे अवस्था { Bigyan bisayako sikshanma saikshik samagriko paryogko awasthsa}
dc.contributor.advisor | ऋषिराज, धिमाल Rishiraj Dhimal | |
dc.contributor.author | सुवेदी, पुष्प Subedi, Puspa | |
dc.date.accessioned | 2025-01-01T06:21:48Z | |
dc.date.available | 2025-01-01T06:21:48Z | |
dc.date.issued | 2017 | |
dc.description.abstract | शोधसार विज्ञान विषयको शिक्षणमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था शीर्षक अन्तर्गत गरिएको यस सोधकार्यको उद्देश्यहरू विज्ञान विषयमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था पहिचान गर्नु र प्रयोगमा देखिएका समस्याहरू पत्ता लगाई त्यसलाई समाधान गर्ने उपायहरू रहेका छन् । यस अनुसन्धान कार्यमा परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान विधिको प्रयोग गरिएको छ । तथ्याङ्कको सङ्कलनको लागि प्रश्नावली, स्थलगत अध्ययन अवलोकन फारम, लक्षित समूह छलफल निर्देशिका जस्ता साधनको प्रयोग गरिएको छ । जनसंख्या छनोटको लागि बयरवन र केरौन गाविस अन्तर्गत ६ ओटा सामुदायिक मा.वि.हरू मध्ये तीन ओटा सामुदायिक विद्यालयहरूका ३ जना प्रधानाध्यापक, ३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, ३ जना विज्ञान विषय शिक्षक र कक्षा ९ एवम् कक्षा १० का १०/१० जनाका दरले जम्मा ६० जना गरी कुल ६९ जना तथ्याङ्कको स्रोतका रुपमा प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरिएको छ । तथ्याङ्क विश्लेषण गरी तालिका र प्रतिशतमा प्रस्तुत गरिएको छ । यो अध्ययन पूरा गर्ने क्रममा प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक र विद्यार्थीको लागि च्बलमयm छनोट विधिको प्रयोग गरिएको छ । लक्षित समूह छलफल विधिका लागि विज्ञान विषय शिक्षक छनोट गरिएको छ । नमुना छनोटमा परेका विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूले शैक्षिक सामग्रीको रुपमा पाठ्यपुस्तक निःशुल्क प्राप्त गरेका छन् । विद्यालयहरूमा अनुभवी र तालिम प्राप्त शिक्षकहरू भएका कारणले विषयवस्तु लामो समय देखि अध्यापन गर्दा कण्ठस्त भएको हुँदा कक्षाकोठामा पाठ्यपुस्तक नलगी शिक्षण गरिएको छ । विज्ञान विषयको प्रयोगात्मक कार्यमा लागि पाठ्यभार नतोकिएको पाइएको छ । विज्ञान विषयको शिक्षकले केही पाठ्यपुस्तकको पूर्व तयारी गरेको पाइएको छ । शिक्षण विधिहरूमध्ये सबैभन्दा बढी व्याख्यान विधि नै प्रयोग गरिएको पाइयो । विज्ञान विषयमा भएको क्रियाकलाप मध्ये ४३ प्रतिशत मात्र गराइएको देखियो । प्रयोगात्मक कार्यको लागि पर्याप्त शैक्षिक सामग्री, व्यवस्थित प्रयोगशाला र पाठ्यभार मिलाएर विद्यालयमा प्रयोगात्मक कार्यको वातावरण बनाउँदै गरेको पाइएको छ । विज्ञान विषय शिक्षकले विना मूल्य तथा कम मूल्यको शैक्षिक सामग्रीहरू सबै विद्यालयहरूमा रहेको र प्रयोग गर्ने गरेको पाइयो । तर रसायन, माइक्रोस्कोप जस्ता महँगा शैक्षिक सामग्रीहरू युनिसेफ बाट र केही गैर सरकारी संस्थान तथा केहि विद्यालयले आफैं व्यवस्था गरेको पाइयो । समग्रमा ३५ प्रतिशत सामग्री उपलब्ध तथा प्रयोग गरिएको पाइयो । सबैभन्दा बढी शैक्षिक सामग्री श्री जनकल्याण मावि बयरवनले प्रयोग गरेको पाइयो । नमुना छनोट विद्यालयहरूमा व्यवस्थित प्रयोगशाला, आधुनिक शिक्षण विधि र प्रभावकारी शिक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ । शिक्षकको पेशाप्रति अभिरुचि बढाउने शिक्षण नै जीविकोपार्जनको आधार बनाइनुका साथै स्रोतकेन्द्र स्तरीय विषयगत छलफल, विज्ञान सिर्जनाको खोजी, विज्ञान प्रर्दशनी र विज्ञान मेला समय समयमा सञ्चालन गरी विज्ञानप्रति विद्यार्थीको रुचि बढाउन आवश्यक छ । साथै स्थानीय स्तरमा पाइने सामग्री सङ्कलन, निर्माण र प्रयोग गर्न लगाई विज्ञान विषय शिक्षणप्रति रुचि बढाउन आवश्यक देखिन्छ । विज्ञान प्रयोगात्मक कार्यका लागि प्रयोगशाला व्यवस्था गरिनुपर्ने शिक्षक र विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी व्यवस्था गरिनु पर्ने तथा नवीनतम शिक्षण विधि अपनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । | |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/23540 | |
dc.language.iso | ne | |
dc.subject | शैक्षिक सामग्री Saikshik samagri | |
dc.subject | सिकाइ क्रियाकलाप Sikai kriyakalap | |
dc.title | विज्ञान विषयकाे शिक्षणमा शैक्षिक सामाग्रीकाे प्रयाेगकाे अवस्था { Bigyan bisayako sikshanma saikshik samagriko paryogko awasthsa} | |
dc.type | Thesis | |
local.academic.level | Masters | |
local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, कोसीहरैँचा, मोरङ |