जलारी महिलाहरूको शैक्षिक अवस्थामा आएको परिवर्तन (लेखनाथ नगरपालिका, कास्कीका जलारी महिलाहरूको अध्ययन) {Jalari mahilaharuko shaikshik abasthama aiko paribartan (Lekhnath nagarpalika, Kaskika Jalari mahilaharuko adhyayan)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक राष्ट्र हो । मानिसको
सभ्यताको विकास क्रमसँगै शिक्षाको विकास पनि जोडिएको छ । समाज विकासलाई अघि
बढाउन शिक्षाको ठूलो आवश्यकता रहेको छ । समाज परिवर्तन र विकासलाई अघि
बढाउन शिक्षा अपरिहार्य छ । नेपाल एक पितृ सत्तात्मक राष्ट्र हा । यहाँ विभिन्न जातिय
र लैङगिक विभेद देख्न सकिन्छ । यसर्थ शिक्षामा पनि जातीय र लैङगिक विभेद देखिन्छ ।
शोधपत्र जलारी महिलाहरूको शैक्षिक अवस्थामा आएको परिवर्तन शीर्षक अन्तर्गत
समाजशास्त्रीय अध्ययन हो । यो कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ९ पिप्लेका
१०–३५ वर्ष भित्रका ४० जना महिलाहरूलाई उत्तरदाताको रूपमा छनोट गरिएको छ ।
यस अनुसन्धानमा महिलाहरूलाई मात्र प्रतिनिधिका रूपमा छनोट गरिएको छ ।
जलारी समुदायका महिलाहरूको शैक्षिक अवस्थामा आएको परिवर्तनबारे अध्ययन
गर्ने । शिक्षामा जलारी महिलाहरूको अवस्थालाई प्रभाव पार्ने तत्त्वहरूको खोजी गर्ने,
शिक्षामा जलारी महिलाहरूको पहुँच तथा शिक्षाप्रति उनीहरूको धारणा तथा परिवर्तनबारे
खोजी गर्ने, शैक्षिक, सामाजिक, जनसाङख्यिक, सांस्कृतिक तथा आर्थिक अवस्था पत्ता
लगाई महिलाहरूको शैक्षिक स्तरलाई मापन गरी सैद्धान्तिक विश्लेषण र व्याख्याको लागि
लैङगिक धारणा प्रयोग गरी विभिन्न पूर्व अध्ययनको समीक्षा गरिएको छ ।
शैक्षिक अवस्थाका आधारमा सबैभन्दा धेरै प्रा.वि. तह मात्र पुरा गरेका ३२.५
प्रतिशत हिन्दु धर्म मान्नेमा सबैभन्दा बढी ७७.५ प्रतिशत र सबैभन्दा कम इसाइ २२.५
प्रतिशत, भाषागत विवरणमा सबैभन्दा बढी नेपाली + नेवारी दुवै भाषा जान्नेमा ८७.५
प्रतिशत रहेको छ भने नेपाली मात्र बोल्नेमा १२.५ प्रतिशत मात्र रहेको छ । उमेरको
अवस्थालाई हेर्दा १५–२० वर्षका सबैभन्दा धेरै ४० प्रतिशत २०–३५ वर्षका ४० प्रतिशत
मात्र रहेका छन् । वैवाहिक स्थितिमा ६७.५ प्रतिशत विवाहितको बाहुल्यता रहेको पाइयो
भने एकलमा ७.५ प्रतिशत रहेको छ ।
महिलाहरूको पारिवारिक पेसालाई हेर्दा माछा मार्ने, बेच्ने काममा ५७.५ प्रतिशत
रहेको पाइयो भने होटल व्यवसाय गर्नेमा १२.५ प्रतिशत मात्र रहेको पाइयो । महिला
पढेको स्कुलको किसिमको आधारमा सरकारीमा ७८.४ प्रतिशतको बाहुल्यता छ भने
निजीमा २१.६ प्रतिशत मात्र रहेका छन । दाजुभाइको अध्ययन संस्थान सरकारीमा ७५
प्रतिशत रहको पाइयो भने निजीमा २५ प्रतिशत रहेको पाइएको छ । उत्तरदाताले
स्कुलबाट फर्केपछि गर्ने काममा घरायसी काममा ५३.३ प्रतिशत पढने काम मात्र २६.७
प्रतिशत माछामार्ने काममा २० प्रतिशत रहेको पाइएको छ । पढाइमा निरन्तरताका
आधारमा स्कुल जाँदै गरेका ३७.५ प्रतिशत स्कुल छाडी सकेका ५५ प्रतिशत र जाँदै
नगएकामा ७.५ प्रतिशत रहेका छन् । पढ्दै गरेका छात्राहरूको पढ्ने विचारका आधारमा
स्नातकसम्म गर्छु भन्नेमा ३३.३ प्रतिशत र एसएलसी मात्र गर्छु भन्नेमा २० प्रतिशत रहेको
छ । शैक्षिक पहुँचमा प्रा.वि. तह सम्म ३२.५ प्रतिशत र निरक्षरमा ७.५ प्रतिशत मात्र
रहेका छन् । नपढ्ने कारणमा आर्थिक कमजोरीको कारण देखाउनेमा ४० प्रतिशत रहेका
छन् भने अन्य कारण देखाउनेमा ८ प्रतिशत रहेका छन् । शिक्षालाई परिवारले हेर्ने
दृष्टिकोणमा सकारात्मकमा ८७.५ प्रतिशत र नकारात्मकमा १२.५ प्रतिशत रहेका छन् ।
परिवारको प्रकारमा एकलमा ९२.५ प्रतिशत छ भने संयुक्तमा जम्मा ७.५ प्रतिशत मात्र
रहेको छ । शिक्षाको अलावा गर्ने काममा माछा मार्ने काममा ३३.३ प्रतिशत र ज्याला
मजदुरी गर्नेमा २० प्रतिशत रहेका छन् । परिवारको नोकरीमा छैन भन्नेमा ९२.५ प्रतिशत
र छ भन्नेमा जम्मा ७.५ प्रतिशत मात्र रहेको छ । परिवारमा आर्थिक स्रोतको माध्यम
माछा मार्ने ८० प्रतिशत छन् भने नोकरी र ज्याला मजदुरीमा ७.५, ७.५ प्रतिशत क्रमशः
रहेका छन् भने अन्यमा ५ प्रतिशत छ । मासिक आम्दानीमा ६०००–१०००० सम्म
कमाउनेमा ५७.५ प्रतिशत छन भने ५००० मात्र आम्दानी गर्नेमा १२.५ प्रतिशत रहेका
छन । यो आम्दानी खर्चमा खाना खर्चमा ७७ं५ प्रतिशत र शिक्षा तथा मनोरञ्जनमा
क्रमशः १५.०, ७.५ प्रतिशत रहेका छन । आम्दानी खर्च धान्न सकिन्छमा ८७.५ प्रतिशत
र निर्वाह मात्र भन्नेमा १२.५ प्रतिशत रहेका छन् । परिवारको आर्थिक कारोबार परिवारको
सहमतिमा ८७.५ प्रतिशत र बुबाले ७.५ र आमाले ५ प्रतिशत रहेको पाइयो ।
पहुँच तथा शिक्षा प्रतिका धारणा र परिवर्तनमा परिवारमा समान अवसर छ
भन्नेमा ९२.५ प्रतिशत र छैन भन्नेमा ७.५ प्रतिशत रहेका छन् । असमान अवसरको
अवस्थामा स्वतन्त्रता ५२.८ प्रतिशत र माथिको सबै भन्नेमा ७.५ प्रतिशत मात्र रहेका
छन् । आबद्ध भएको संस्था आमा समूहमा ९२.५ प्रतिशत र बचत समूहमा ७.५ प्रतिशत
रहेका छन् । तालिम लिएको छु भन्नेमा १० प्रतिशत र छैन भन्नेमा ९० प्रतिशत र क
म्प्युटरमा ७.५ प्रतिशत रहेका छन । पढेर के गर्ने विचार छ मा व्यापार गर्नेमा ८०
प्रतिशत, विदेश जाने र जागीर खानेमा क्रमशः १२.५ र ७.५ प्रतिशत रहेका छन् । छोरा
भए शिक्षामा अझ राम्रो गर्थे भन्नेमा ३७.५ प्रतिशत र लाग्दैन भन्नेमा ६२.५ प्रतिशत
रहेका छन । लाग्छ घरको काम गर्नु पर्दैनथ्यो मा ३३.३ प्रतिशत, पढने समय प्रशस्त
पाइन्थ्योमा ४० प्रतिशत र जति बेला पनि हिँडन पाइन्थ्यो भन्नेमा २६.७ प्रतिशत रहेका
छन् । लाग्दैन भने किन परिवारमा केही अप्ठ्यारो छैनमा ६० प्रतिशत र म आफै पढ्न
सक्दिनमा ४० प्रतिशत रहेका छन् । छोरा भए शिक्षामा अझ राम्रो गर्थे पढने समय
प्रशस्त पाइन्थ्योमा ४० प्रतिशत र घरमा काम गर्नु पर्दैनथ्योमा ३३.३ र पढने समय
प्रशस्त पाइन्थ्योमा २६.७ प्रतिशत रहेको पाइयो । त्यस्तो लाग्दैनमा परिवारमा केही
अप्ठयारो छैन भन्नेमा ६० प्रतिशत, म आफै पढ्न सक्दिनमा ४० प्रतिशत रहेका छन् ।
नारी शिक्षा ठूलो लाग्छ भन्नेमा ४० प्रतिशत रहेका छन । शिक्षामा नारी पछाडि पर्नुका
कारणमा आर्थिक अभाव भन्नेमा सबैभन्दा धेरै ३७.५ प्रतिशत, सामाजिक कारण
देखाउनेमा ५ प्रतिशत रहेको छ । अभिभावकल गर्ने विभेदमा अन्यले ७५ प्रतिशत
सबैभन्दा बढी छ । महिलाको शिक्षामा सुधार गर्न चेतनामा वृद्धि भए राम्रो रहेको छ ।
वर्तमान अवस्थामा शिक्षाको महत्त्व बुझेर शिक्षितको संख्यामा वृद्धि भए पनि
समाज पुरुष केन्द्रित र परिवार अशिक्षित, परम्परागत रुढीवादी र चेतनाको कमी, आर्थिक
कमजोर अवस्था तथा लैङगिक अवस्था र शैक्षिक अवस्थामा केही मात्रामा भए पनि
परिवर्तन भएको देख्न सकिन्छ ।