गाेविन्दराज भट्टराईकाे ' गाेधुलीमा दश पाइला ' निवन्ध सङ्ग्रहकाे कृतिपरक अध्ययन विश्लेषण

dc.contributor.advisorरामप्रसाद गुरागाइँ
dc.contributor.authorनेपाल, सरस्वती ( Nepal, Saraswati)
dc.date.accessioned2026-04-07T07:27:49Z
dc.date.available2026-04-07T07:27:49Z
dc.date.issued2012
dc.description.abstractमेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको सिकैचा गा.वि.स. मा जन्मिएका गोविन्दराज भट्टराईले २०३१ साउन १५ को गोरखापत्रमा नदी किनारा कथाबाट नेपाली साहित्यमा कलम चलाउन शुरु गरेका हुन् । हालसम्म उनको लेखनी कथा, कविता उपन्यास र निबन्ध विद्यामा अगाडि बढेको छ । अनुवाद, समालोचना जस्ता क्षेत्रमा पनि ख्याति कमाएका भट्टराई बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् । नेपालका विभिन्न ठाँउ र नेपाल बाहिरका भारत, भुटान, चाइना, ग्रीस, फ्रान्स, अमेरिका आदि विभिन्न भू–भागको भौगोलिक पृष्ठ भूमिमा रहेर भट्टराईले आफ्नो सृजनालाई सार्थक र बलियो बनाएका छन् । गोविन्दराज भट्टराईको चौथो निबन्धसङ्ग्रह ‘गोधूलिमा दस पाइला’ (२०६६) नामक निबन्धात्मक कृतिको अध्ययन यस शोध प्रबन्धमा गरिएको छ । निबन्धकार गोविन्दराज भट्टराईको ‘गोधूलिमा दस पाइला’ (२०६६) निबन्धसङग्रहको अध्ययन गर्ने क्रममा यस शोधप्रबन्धलाई जम्मा पाँच भागमा बाँडिएको छ । यस शोध प्रबन्धको पहिलो परिच्छेद अन्तर्गत यस शोधपत्रको रुपरेखा प्रस्तुत गरिएको छ । यस खण्डमा शोधशीर्षक, शोधप्रयोजन, विषय परिचय समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य, महत्व र उपयोगिता, शोधकार्यको सीमाङ्ककन शोधविधि, सामाग्री संकलन विधि र शोधकार्यको रुपरेखा रहेका छन् । यस शोध प्रबन्धको दोस्रो परिच्छेदमा गोविन्दराज भट्टराईको संक्षिप्त परिचय राखिएको छ । यसका उपशीर्षकहरुमा गोविन्दराज भट्टराईको जीवनी अन्तर्गत जन्म र बाल्यकाल, शिक्षादीक्षा, जागिरका विभिन्न क्रम भ्रमण सम्मान तथा पुरस्कार, लेखनको थालनी र प्रकाशित कृतिहरु राखिएका छन् । यसै परिच्छेदमा गोबिन्दराज भट्टराईको व्यक्तित्व अन्नर्गत शारीरिक व्यक्तित्व र व्यक्तित्वका विभिन्न पाटाहरुको चर्चा गरिएको छ । नेपाली साहित्यको कविता, उपन्यास, निबन्ध, समालोचना सम्पादान, अनुवाद जस्ता क्षेत्रमा कलम चलाएका भट्टराईको योगदान अमूल्य रहेको छ । यस शोध प्रबन्धको तेस्रो परिच्छेदमा निबन्धसिद्धान्त र गोविन्दराज भट्टराईको निबन्धयात्रा शीर्षक राखिएको छ । यसका उपशीर्षकहरुमा निबन्धको सैद्धान्तिक परिचय, निबन्धको पृष्ठभूमि, निबन्धको परिभाषा, निबन्धको विकाशक्रम र निबन्धको चरणविभाजन (पहिलो र दोस्रो), निबन्धका तत्वहरु अन्तर्गत विषयवस्तु, सम्वेदना, निजात्मकता उद्देश्य, संक्षिप्तता र भाषशैली को परिचय दिइएको छ । गोबिन्दराज भट्टराईको निबन्धयात्रालाई दुई चरणमा विभाजन गरी अध्ययन गरिएको छ । यसै परिच्छेदमा ‘गोधूलिमा दस पाइला’ (२०६६) निबन्धसङग्रहलाई भट्टराईको निबन्धयात्राको दोस्रो चरण (२०६२–हाल) को महत्वूर्ण कृतिका रुपमा स्थापित गरिएको छ । यस शोधप्रबन्धको चौथो परिच्छेद अन्तर्गत ‘गोधूलिमा दस पाइला’ निबन्धसङग्रह भित्रका निबन्धहरूको अध्ययन र विश्लेषण राखिएको छ । यस अन्तर्गत कृतिपरिचय र ‘गोधूलिमा दस पाइला’ निबन्धसङ्ग्रह भित्रका निबन्धहरुको वर्गीकरण गरिएको छ । जसमध्ये यस निबन्धसङ्ग्रहमा रहेका निबन्धहरु ८ ओटा यात्रासंस्मरणात्मक, बाह्र ओटा विचारमूलक, चार ओटा शिक्षामूलक र तीन ओटा संस्मरणात्मक निबन्धहरु प्रस्तुत गरिएको छ । यसै परिच्छेदमा गोबिन्दराज भट्टराईका ‘गोधुलिमा दस पाइला’ निबन्धसङ्ग्रहका निबन्धहरुको निबन्धकातत्व विषयवस्तु, सम्वेदना, निजात्मकता , उद्देश्य, संक्षिप्तता र भाषा शैलीका आधारमा अध्ययन र विश्लेषण गरिएको छ । गोबिन्दराज भट्टराईका निबन्धात्मक विशेषताहरु पनि यस निबन्धसङ्ग्रहका आधारमा निरुपण गरिएको छ । भट्टराईको यो निबन्धसङ्ग्रह निजात्मकता, यात्रासंस्मरणात्मकता, यथार्थता र वैचारिकताले भरिएको निबन्ध सङग्रह हो र गोबिन्दराज भट्टराई निजात्मक, यात्रासंस्मरणात्मक यथार्थवादी , भाषाप्रेमी, शिक्षाप्रेमी, साहित्यप्रेमी र वैचारिक निबन्ककार हुन् । यस शोधप्रबन्धको पाँचौँ परिच्छेदमा उपसंहार एवम् निष्कर्ष शीर्षक राखिएको छ र अन्तमा सम्भावित शोधशीर्षकका उपशीर्षकहरु पनि राखिएको छ । सन्दर्भग्रन्थसूची शीर्षकमा यो शोधप्रबन्ध तयार पार्ने क्रममा प्रयोग गरिएका पाठ्यपुस्तक र पत्रपत्रिकाको सूची राखिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26226
dc.language.isone
dc.subjectनिवन्ध सङग्रह
dc.subjectदश पाइला
dc.titleगाेविन्दराज भट्टराईकाे ' गाेधुलीमा दश पाइला ' निवन्ध सङ्ग्रहकाे कृतिपरक अध्ययन विश्लेषण
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleMahendra Ratna Multiple Campus, Ilam

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
531.98 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections