कक्षा नौको नेपाली पाठ्य पुस्तकमा समाविष्ट अभ्यास
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
कक्षा नौको नेपाली पाठ्य पुस्तकमा समाविष्ट अभ्यास शीर्षकको यस अध्ययनका उद्देश्यहरू कक्षा नौको नेपाली पाठ्य पुस्तकमा प्रयुक्त अभ्यासको वर्गीकरण गर्नु र उद्देश्य र सिपगत दृष्टिले विश्लेषण गर्नु रहेका छन्क़ । यिनै उद्देश्य प्राप्तिका लागि प्रश्नगत, सिपगत आधारमा, अभ्यासको वर्गीकरण गरी अध्ययन गरिएको छ । अध्ययनका क्रममा पाठ्य पुस्तकमा रहेका अभ्यासको वर्गीकरण र सिपगत वितरणको आधारलाई तालिका र वृत्तचित्रमा देखाइ स्पष्ट पार्नुका साथै ब्याख्या र विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट अभ्यासका राम्रा र नराम्रा दुवै पक्षको उजागर गरिएको छ ।
प्रस्तुत शोधपत्र मूल रूपमा वर्णनात्मक र विश्लेषणात्मक विधिमा आधारित रहेको छ । यसमा पुस्तकालयीय विधिको प्रयोग गरिएको हुनाले मुख्य सामग्रीका रूपमा कक्षा नौको पाठ्यपुस्तक, पाठ्यक्रम र शिक्षक निर्देशिकालाई लिइएको छ । कक्षा नौको नेपाली पाठ्य पुस्तकमा समाविष्ट अभ्यासहरूमा के कस्ता प्रश्नहरू समावेश गरिएका छन्, कस्ता कस्ता प्रश्नहरू के कति प्रतिशत समावेश गरिएका छन् र ती अभ्यासहरूको वर्गीकरण गर्ने र तिनमा भएका कमी कमजोरीहरूप्रति सुझाव पेश गर्ने उद्देश्य अनुरूप शोधपत्र अघि बढेको छ ।
क) कक्षा नौको नेपाली पाठ्य पुस्तकमा बहु वैकल्पिक प्रश्न समावेश गरिएको छ । तल दिइएका मध्ये नमिल्नेमा रेजा () लगाउनुहोस् भनिएको छ । तर प्रश्न निर्माण गर्ने आधारमा भने ‘स्टेम मान्यता नकारात्मक हुनुहुन्न’ भनिएको छ । यी प्रश्नहरू विद्धार्थीहरूको स्तरभन्दा अति नै सजिलो भएको पाइन्छ ।
ख) खाली ठाउँ भर्ने प्रश्नमा बीचमा नै खाली ठाउँ राखिएको छ र खाली ठाउँमा भर्ने ठीक उत्तर पछाडि कोष्ठकमा दिइएको छ । यसरी खाली ठाउँ भर्ने प्रश्न दुई तरिकाले राखिएको छ । प्रश्न निर्माण गर्ने आधारमा पछाडि कोष्ठकमा उत्तर दिनु पर्ने कुरा उल्लेख छैन तर पाठ्य पुस्तकमा भने विकल्प उत्तर पछाडि कोष्ठकमा दिएर विद्यार्थीहरूलाई सजिलो बनाइदिएको देखिन्छ ।
ग) ठिक बेठिक छुट्याउने आधारहरू धेरै उल्लेख गरिएको छ तर कक्षा नौको नेपाली पाठ्य पुस्तकमा ठिक बेठिक छुट्याउने प्रश्नहरू समावेश भएको पाइँदैन ।
घ) जोडा मिलाउने प्रश्न निर्माणका आधारमा ‘प्रतिक्रिया स्तम्भमा बढी पदहरू राखिनु पर्दछ’ भनिएको छ । तर कक्षा नौको नेपाली पाठ्य पुस्तकका अभ्यासमा उद्दीपदक र प्रतिक्रिया स्तम्भमा बराबरी पदहरू राखिएको पाइन्छ । अन्य भने प्रश्न निर्माणका आधारमा नै भएको
पाइन्छ ।
ङ) निबन्धात्मक प्रश्न निर्माण गर्ने आधार र स्वरूप अन्तर्गत वर्णन गर्ने, सारांश लेख्ने, तुलना गर्ने, स्वतन्त्र अभिव्यक्ति दिने, राय व्यक्त गर्ने, छलफल गर्ने र वर्गीकरण गर्ने, सङ्क्षेपमा लेख्ने, दृष्टान्त दिने, पुष्टि गर्ने र मूल्याङ्कन गर्ने प्रश्न समावेश हुनुपर्ने कुरा उल्लेख गरिएको छ । कक्षा नौको नेपाली पाठ्य पुस्तकमा वर्णन गर्ने, सारांश लेख्ने, तुलना गर्ने, स्वतन्त्र अभिव्यक्ति दिने, राय व्यक्त गर्ने, छलफल गर्ने, सङ्क्षेपमा लेख्ने र पुष्टि गर्ने खालका प्रश्नहरू समावेश गरिएका छन् भने वर्गीकरण गर्ने, दृष्टान्त दिने र मूल्याङ्कन गर्ने प्रश्न पाठ्य पुस्तकमा समावेश भएको
देखिंदैन ।
च) संक्षिप्त प्रश्न निर्माण गर्ने आधार र स्वरूप अन्तर्गत कारण दिने, परिभाषा दिने, उदाहरण दिने, फरक देखाउन, सामान्य स्मृति, टिप्पणी देखाउने, सूची दिने, सङ्क्षेपीकरण गर्ने, को, के, कसरी, कहिले, कहाँ आदिको उत्तर दिने प्रकृतिका प्रश्नहरू समावेश गर्नु पर्ने कुरा उल्लेख छ । कक्षा नौको नेपाली पाठ्य पुस्तकमा उदाहरण दिने, फरक देखाउने, सूची दिने, सङ्क्षेपीकरण गर्ने र को, के, कसरी, कहिले, कहाँ, आदिको उत्तर दिने खालका प्रश्नहरू समावेश छन् भने परिभाषा दिने, सामान्य स्मृति, टिप्पणी देखाउने खालका प्रश्नहरू समावेश गरिएको पाइँदैन ।
छ) पाठ्य पुस्तकमा रहेका अभ्यासको वर्गीकरणलाई हेर्दा जम्मा १०१२ ओटा प्रश्नहरू रहेको पाइन्छ । त्यसमध्ये सङ्क्षिप्त उत्तरात्मक प्रश्न १६१ (१५.९१%) ओटा, निबन्धात्मक प्रश्न ६६
(६.५२%) ओटा, व्याकरणात्मक अभ्यास २४६ (२४.३१%) ओटा, वाक्यमा प्रयोग गर्ने १३९
(१३.७४%) ओटा, शुद्ध उच्चारण गर्ने १३३ (१३.१४%) ओटा, अर्थ भन्ने प्रश्न १२२ (१२.०६%) ओटा, मौखिक रूपमा उत्तर दिने प्रश्न ४५ (४.४५%) ओटा, जोडा मिलाउने प्रश्न २६ (२.५७%) ओटा, खाली ठाउँ भर्ने प्रश्न ३० (२.९६%) ओटा, सिर्जनात्मक अभ्यासका लागि २१ (२.०८%) ओटा, सच्याएर सार्ने प्रश्न ८ (०.२०%) ओटा, सस्वर वाचन गर्ने प्रश्न ४ (०.४०%) ओटा, वाचन गर्ने प्रश्न ४ (०.४०%) ओटा, बहु वैकल्पिक प्रश्न ३ (०.३०%) ओटा, सङ्क्षेपीकरण गर्ने प्रश्न २
(०.२०%) ओटा, र बुँदा टिपोट गर्ने प्रश्न २ (०.२०%) ओटा रहेका छन् ।
