सतार बालबालिकाले बिचैमा विद्यालय छाड्ने कारणहरु {Satar balbalikale bichaima bidyalay chhadne karanharu}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
सतार बालबालिका कक्षा छाडने कारणहरु शिर्षक राखेर गरिएको यस
अध्ययनको उद्देश्य सतार विद्यार्थीहरुको भार्नाको स्थिती र सहभागितको अध्ययन गर्ने
रहेको छ ।
यस पृथ्वीनगर स्रोत केन्द्र अन्तर्गतका समामुदायि विद्यालयहरुमा सतार
छात्रछात्राहरुले बिचैमा पढाई छोडनुको कारण र समाधानका उपयाहरुको खोजी गर्नुका
सथै यिनिहरुको विद्यालय छाडने दर घटाउनका लागि अवलम्वन गर्नु पर्ने उपायहरु
सिफारिस गर्नु रहेको छ । यस अध्ययनका लागि अध्ययन क्षेत्र छनोट गर्ने क्रममा
झापा जिल्ललाको दक्षिण पूर्वीमा पर्ने पृथ्वीनगर स्रोतकेन्द्र अन्तर्गतका तीन ओटा
विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई छनोट गरिएको थियो । यस अध्ययनका
लागि प्राथामिक र द्धितिय स्रोतको तथ्याङकलाइ आधार बनाईएको छ । अध्ययनका
लागि आवश्यक पर्ने सुचनाहरु संकलन गर्न अध्ययनक्षेत्रका बालवालिका , शिक्षक,
अभिभावक, सतार नेतालाई समभावनायूक्त नमुना छनोट विधिलाई आधार मानिएको
छ भने पृथ्वीनगर स्रोतकेन्द्रका विद्यालय वि.व्य.स. र पि.टि.ए. का अध्ययक्ष तथा
बनियानी गा.वि.स. का सतारहरुसँग सम्बन्धीत कार्य गर्न गैर सरकारी संस्थाबाट
उद्देश्य मुलक रुपमा प्रश्नावली, अन्र्तवाता, सहभागिता मुलक अवलोकन र छलफल
विधिबाट तथ्याङक संकलन गरिएको छ ।
यस अध्ययनबाट सतार बालवालिका विद्यालयमा सहभागिता सन्तोष जनक
नरहेको, बढि उमेरका बालवालिकाहरुको विद्यालयमा नियमितताको कमी रहेको ।
विद्यालय छोडने दर उच्च रहेको पाहियो । सतार बालवालिका को अभिवावकको
संक्षरताको अवस्था ज्यादै न्यून रहेको देखिन्छ । बालवालिकाहरु घरको काममा संलग्न
हुनु परेको र शिक्षा प्रति बालवालिका एवं अभिवावक उदासिन रहेको देखिन्छ । उक्त्त
समस्याहरुमा प्रमुख कारक तत्वहरुमा गरिवी, चेतनाको कमी, अशिक्षा र वेरोजगारी
आदि रहेका छन ।
उक्त्त समस्यलाई समधान गर्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, उनिहरु
सँग समान व्यवहार गर्ने उनिहरुको सहभागिता वृद्धि गर्ने, छात्रावृत्ति तथा निःशुल्क
शिक्षा कार्यक्रम सञ्चालन गर्ने , सतार अभिवावकको लागि आय आर्जन र सीपमुलक
तालिम सञ्चालन गर्ने तथा पौढ शिक्षा कार्यक्रम सञ्चालन गर्ने , बालकेन्द्र र शिशु
स्याहार केन्द्र स्थापना गर्ने । उदार कक्षा उत्तिण निति अवलम्वन गर्ने, अतिरिक्त शिक्षन
कार्यक्रम सञ्चालन गर्ने, सहयोगी प्रकृतीका कार्यक्रहरु सञ्चालन गर्ने , जिल्ला शिक्षा
कार्यलयले विशेष कार्यक्रम तर्जुमा गरि कार्यन्वयन गर्ने र जातिय विभेदिकरण अनत्य
गर्ने आदि समधनका उपयाहरु सुझवको रुपमा यस शोधपत्रमा समावेश गरिएका छन
।
