सतार बालबालिकाले बिचैमा विद्यालय छाड्ने कारणहरु {Satar balbalikale bichaima bidyalay chhadne karanharu}

dc.contributor.advisorयोन्देन सुनुवार (Yonden, sunuwar)
dc.contributor.authorराजवंशी, गोविन्द (Rajbanshi, Gobind)
dc.date.accessioned2026-03-16T06:44:10Z
dc.date.available2026-03-16T06:44:10Z
dc.date.issued2016
dc.description.abstractसतार बालबालिका कक्षा छाडने कारणहरु शिर्षक राखेर गरिएको यस अध्ययनको उद्देश्य सतार विद्यार्थीहरुको भार्नाको स्थिती र सहभागितको अध्ययन गर्ने रहेको छ । यस पृथ्वीनगर स्रोत केन्द्र अन्तर्गतका समामुदायि विद्यालयहरुमा सतार छात्रछात्राहरुले बिचैमा पढाई छोडनुको कारण र समाधानका उपयाहरुको खोजी गर्नुका सथै यिनिहरुको विद्यालय छाडने दर घटाउनका लागि अवलम्वन गर्नु पर्ने उपायहरु सिफारिस गर्नु रहेको छ । यस अध्ययनका लागि अध्ययन क्षेत्र छनोट गर्ने क्रममा झापा जिल्ललाको दक्षिण पूर्वीमा पर्ने पृथ्वीनगर स्रोतकेन्द्र अन्तर्गतका तीन ओटा विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई छनोट गरिएको थियो । यस अध्ययनका लागि प्राथामिक र द्धितिय स्रोतको तथ्याङकलाइ आधार बनाईएको छ । अध्ययनका लागि आवश्यक पर्ने सुचनाहरु संकलन गर्न अध्ययनक्षेत्रका बालवालिका , शिक्षक, अभिभावक, सतार नेतालाई समभावनायूक्त नमुना छनोट विधिलाई आधार मानिएको छ भने पृथ्वीनगर स्रोतकेन्द्रका विद्यालय वि.व्य.स. र पि.टि.ए. का अध्ययक्ष तथा बनियानी गा.वि.स. का सतारहरुसँग सम्बन्धीत कार्य गर्न गैर सरकारी संस्थाबाट उद्देश्य मुलक रुपमा प्रश्नावली, अन्र्तवाता, सहभागिता मुलक अवलोकन र छलफल विधिबाट तथ्याङक संकलन गरिएको छ । यस अध्ययनबाट सतार बालवालिका विद्यालयमा सहभागिता सन्तोष जनक नरहेको, बढि उमेरका बालवालिकाहरुको विद्यालयमा नियमितताको कमी रहेको । विद्यालय छोडने दर उच्च रहेको पाहियो । सतार बालवालिका को अभिवावकको संक्षरताको अवस्था ज्यादै न्यून रहेको देखिन्छ । बालवालिकाहरु घरको काममा संलग्न हुनु परेको र शिक्षा प्रति बालवालिका एवं अभिवावक उदासिन रहेको देखिन्छ । उक्त्त समस्याहरुमा प्रमुख कारक तत्वहरुमा गरिवी, चेतनाको कमी, अशिक्षा र वेरोजगारी आदि रहेका छन । उक्त्त समस्यलाई समधान गर्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, उनिहरु सँग समान व्यवहार गर्ने उनिहरुको सहभागिता वृद्धि गर्ने, छात्रावृत्ति तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालन गर्ने , सतार अभिवावकको लागि आय आर्जन र सीपमुलक तालिम सञ्चालन गर्ने तथा पौढ शिक्षा कार्यक्रम सञ्चालन गर्ने , बालकेन्द्र र शिशु स्याहार केन्द्र स्थापना गर्ने । उदार कक्षा उत्तिण निति अवलम्वन गर्ने, अतिरिक्त शिक्षन कार्यक्रम सञ्चालन गर्ने, सहयोगी प्रकृतीका कार्यक्रहरु सञ्चालन गर्ने , जिल्ला शिक्षा कार्यलयले विशेष कार्यक्रम तर्जुमा गरि कार्यन्वयन गर्ने र जातिय विभेदिकरण अनत्य गर्ने आदि समधनका उपयाहरु सुझवको रुपमा यस शोधपत्रमा समावेश गरिएका छन ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25939
dc.language.isone
dc.subjectसतार बालबालिका (Satar balbalika)
dc.titleसतार बालबालिकाले बिचैमा विद्यालय छाड्ने कारणहरु {Satar balbalikale bichaima bidyalay chhadne karanharu}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
856.79 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: