कक्षा दशकाे नेपाली किताब २०७१ का कथा र निवन्धमा आधारित तत्सम शब्दहरूको नमुना नेपाली शब्दकोश { kaksha dasko Nepali kitab 2071 ka katha ra nibandhama adharit tatsam sabdaharuko namuna Nepali sabdakosh}

Abstract

शोधसार प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, सुकुना बहुमुखी क्याम्पस, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठयांश नेपा.शि. ५९८ को आवश्यकता परिपूर्तिको प्रयोजनको लागि तयार गरिएको हो । यस अध्ययनको उद्देश्य विद्यालय तहअन्तर्गत नेपाली भाषामा लेखिएका शब्दकोशको अवस्था पत्ता लगाई तिनको उपयोगिताको पहिचान गरी कक्षा दशका विद्यार्थीहरूको स्तर सुहाउँदो नमुना शब्दकोश निर्माण गर्नु हो । कक्षा १० को नेपाली किताब २०७१ का कथा र निबन्धमा रहेका तत्सम शब्दमा मात्र केन्द्रित रही यो शोध तयार पारिएको छ । यस शोधमा पाँचवटा परिच्छेदहरू रहेका छन् । पहिलो परिच्छेदमा अध्ययनको पृष्ठभूमि, समस्याको कथन, अध्ययनका उद्देश्यहरू, अनुसन्धानात्मक प्रश्नहरू, अध्ययनको महत्व, अध्ययनको परिसीमा, शब्द छनोटको आधार र शोधपत्रको रूपरेखा प्रस्तुत गरिएको छ । दोस्रो परिच्छेदमा सम्बन्धित साहित्यको पुनरवलोकन, शब्दकोशको प्रकार र स्वरूप, सम्बन्धित साहित्यको पुनरवलोकन, पुनरवलोकनको उपादेयता र सैद्धान्तिक/अवधारणत्मक ढाँचा प्रस्तुत गरिएको छ । तेस्रो परिच्छेदमा अध्ययनको ढाँचा र विधि, जनसङ्ख्या, नमुना र नमुना छनोट रणनीति, अध्ययनको क्षेत्र, तथ्याङक सङ्कलन साधन र तरिका, तथ्याङ्क सङ्कलन प्रक्रिया, तथ्याङ्कको व्याख्या र विश्लेषण प्रक्रिया प्रस्तुत गरिएको छ । परिच्छेद चारमा कक्षा दशको नेपाली किताब २०७१ का कथा र निबन्धमा आधारित तत्सम शब्दहरूको नेपाली नमुना शब्दकोशको प्रस्तुति गरिएको छ । यो परिच्छेद प्रस्तुत अध्ययनको मूल भाग रहेकाले यसमा ४०० शब्दहरूलाई वर्णानुक्रममा राखी तिनीहरूको उच्चारण स्रोत, बनोट, शब्दवर्ग, अर्थ, पर्याय, विपर्याय, उखानलाई आवश्यकता अनुसार समेटी शब्दलाई वाक्यमा प्रयोग गर्ने काम गरिएको छ । परिच्छेद पाँचमा भने विद्यालय तहका लागि लेखिएका शब्दकोशहरूको आवश्यकता केलाई तिनीहरूको प्रयोगको अवस्थालाई स्पष्ट पार्दै कक्षा दशका विद्यार्थीहरूको स्तर सुहाँउदो शब्दकोशको निर्माण गर्न सकिने र यस्ता शब्दकोशको उपयोगितालाई देखाउने प्रयत्न गरिएको छ । त्यसपछि शब्दकोश निर्माणका लागि नीतिगत तह, अभ्यास तह र अनुसन्धान तहका लागि छुट्टाछुट्टै रूपमा सुझाव प्रस्तुत गरिएको छ । नेपाली भाषाका बृहत् नेपाली शब्दकोश, नेपाली शब्द सागर, प्रयोगात्मक नेपाली शब्दकोश, तत्सम नेपाली व्युत्पत्ति शब्दकोश आदि जस्ता शब्दकोशले विद्यालयमा विद्यार्थीहरूलाई भाषा प्रयोगमा सहजता ल्याउन सहयोग पु¥याएका छन् । यसका अतिरिक्त विद्यालय तहका विद्यार्थीहरूलाई उपयोगी हुने खालका शब्दकोश लेखन कार्य केही हदसम्म भए पनि यस्ता शब्दकोशको अवस्था ज्यादै न्यून रहेको छ । पाठ्यपुस्तक शब्द तथा दैनिक प्रयोगका शब्दहरू सङ्ग्रह गरेर विद्यालय तहका विद्यार्थीहरूका लागि लेखिएका शब्दकोशहरू भए पनि तिनको प्रयोग सीमित रूपमा भएको पाइन्छ । व्यावसायिक रूपमा विद्यालय तहमा नेपाली भाषामा प्रयोग हुने तत्सम शब्दहरूको शब्दकोश भने न्यून नै पाइन्छ । अध्ययन अनुसन्धानका क्रममा शोधकार्यको उद्देश्य परिपूर्तिका लागि लेखिएका शब्दकोशले विद्यालय स्तरमा तहगत र कक्षागत रूपमा तत्सम, आगन्तुक तथा तद्भव शब्दहरू अलग अलग राखी शब्दकोश निर्माण गर्न सकिने कुराको पुष्टि गर्दछ । कक्षागत रूपमा र अझ विद्यार्थीहरूको स्तरअनुरूप शब्दकोश निर्माण गर्न सकिने अवस्था देखिन्छ ।

Description

Citation