कक्षा दशकाे नेपाली किताब २०७१ का कथा र निवन्धमा आधारित तत्सम शब्दहरूको नमुना नेपाली शब्दकोश { kaksha dasko Nepali kitab 2071 ka katha ra nibandhama adharit tatsam sabdaharuko namuna Nepali sabdakosh}
dc.contributor.advisor | प्रेमप्रसाद भट्टराइ Premprasad Bhattarai | |
dc.contributor.author | काफ्ले, तारावहादुर Kafle, Tarabahadur | |
dc.date.accessioned | 2024-12-26T05:01:21Z | |
dc.date.available | 2024-12-26T05:01:21Z | |
dc.date.issued | 2017 | |
dc.description.abstract | शोधसार प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, सुकुना बहुमुखी क्याम्पस, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठयांश नेपा.शि. ५९८ को आवश्यकता परिपूर्तिको प्रयोजनको लागि तयार गरिएको हो । यस अध्ययनको उद्देश्य विद्यालय तहअन्तर्गत नेपाली भाषामा लेखिएका शब्दकोशको अवस्था पत्ता लगाई तिनको उपयोगिताको पहिचान गरी कक्षा दशका विद्यार्थीहरूको स्तर सुहाउँदो नमुना शब्दकोश निर्माण गर्नु हो । कक्षा १० को नेपाली किताब २०७१ का कथा र निबन्धमा रहेका तत्सम शब्दमा मात्र केन्द्रित रही यो शोध तयार पारिएको छ । यस शोधमा पाँचवटा परिच्छेदहरू रहेका छन् । पहिलो परिच्छेदमा अध्ययनको पृष्ठभूमि, समस्याको कथन, अध्ययनका उद्देश्यहरू, अनुसन्धानात्मक प्रश्नहरू, अध्ययनको महत्व, अध्ययनको परिसीमा, शब्द छनोटको आधार र शोधपत्रको रूपरेखा प्रस्तुत गरिएको छ । दोस्रो परिच्छेदमा सम्बन्धित साहित्यको पुनरवलोकन, शब्दकोशको प्रकार र स्वरूप, सम्बन्धित साहित्यको पुनरवलोकन, पुनरवलोकनको उपादेयता र सैद्धान्तिक/अवधारणत्मक ढाँचा प्रस्तुत गरिएको छ । तेस्रो परिच्छेदमा अध्ययनको ढाँचा र विधि, जनसङ्ख्या, नमुना र नमुना छनोट रणनीति, अध्ययनको क्षेत्र, तथ्याङक सङ्कलन साधन र तरिका, तथ्याङ्क सङ्कलन प्रक्रिया, तथ्याङ्कको व्याख्या र विश्लेषण प्रक्रिया प्रस्तुत गरिएको छ । परिच्छेद चारमा कक्षा दशको नेपाली किताब २०७१ का कथा र निबन्धमा आधारित तत्सम शब्दहरूको नेपाली नमुना शब्दकोशको प्रस्तुति गरिएको छ । यो परिच्छेद प्रस्तुत अध्ययनको मूल भाग रहेकाले यसमा ४०० शब्दहरूलाई वर्णानुक्रममा राखी तिनीहरूको उच्चारण स्रोत, बनोट, शब्दवर्ग, अर्थ, पर्याय, विपर्याय, उखानलाई आवश्यकता अनुसार समेटी शब्दलाई वाक्यमा प्रयोग गर्ने काम गरिएको छ । परिच्छेद पाँचमा भने विद्यालय तहका लागि लेखिएका शब्दकोशहरूको आवश्यकता केलाई तिनीहरूको प्रयोगको अवस्थालाई स्पष्ट पार्दै कक्षा दशका विद्यार्थीहरूको स्तर सुहाँउदो शब्दकोशको निर्माण गर्न सकिने र यस्ता शब्दकोशको उपयोगितालाई देखाउने प्रयत्न गरिएको छ । त्यसपछि शब्दकोश निर्माणका लागि नीतिगत तह, अभ्यास तह र अनुसन्धान तहका लागि छुट्टाछुट्टै रूपमा सुझाव प्रस्तुत गरिएको छ । नेपाली भाषाका बृहत् नेपाली शब्दकोश, नेपाली शब्द सागर, प्रयोगात्मक नेपाली शब्दकोश, तत्सम नेपाली व्युत्पत्ति शब्दकोश आदि जस्ता शब्दकोशले विद्यालयमा विद्यार्थीहरूलाई भाषा प्रयोगमा सहजता ल्याउन सहयोग पु¥याएका छन् । यसका अतिरिक्त विद्यालय तहका विद्यार्थीहरूलाई उपयोगी हुने खालका शब्दकोश लेखन कार्य केही हदसम्म भए पनि यस्ता शब्दकोशको अवस्था ज्यादै न्यून रहेको छ । पाठ्यपुस्तक शब्द तथा दैनिक प्रयोगका शब्दहरू सङ्ग्रह गरेर विद्यालय तहका विद्यार्थीहरूका लागि लेखिएका शब्दकोशहरू भए पनि तिनको प्रयोग सीमित रूपमा भएको पाइन्छ । व्यावसायिक रूपमा विद्यालय तहमा नेपाली भाषामा प्रयोग हुने तत्सम शब्दहरूको शब्दकोश भने न्यून नै पाइन्छ । अध्ययन अनुसन्धानका क्रममा शोधकार्यको उद्देश्य परिपूर्तिका लागि लेखिएका शब्दकोशले विद्यालय स्तरमा तहगत र कक्षागत रूपमा तत्सम, आगन्तुक तथा तद्भव शब्दहरू अलग अलग राखी शब्दकोश निर्माण गर्न सकिने कुराको पुष्टि गर्दछ । कक्षागत रूपमा र अझ विद्यार्थीहरूको स्तरअनुरूप शब्दकोश निर्माण गर्न सकिने अवस्था देखिन्छ । | |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/23502 | |
dc.language.iso | ne | |
dc.subject | नेपाली शब्दकोश Nepali sabdakosh | |
dc.subject | नेपाली किताब Nepali kitab | |
dc.title | कक्षा दशकाे नेपाली किताब २०७१ का कथा र निवन्धमा आधारित तत्सम शब्दहरूको नमुना नेपाली शब्दकोश { kaksha dasko Nepali kitab 2071 ka katha ra nibandhama adharit tatsam sabdaharuko namuna Nepali sabdakosh} | |
dc.type | Thesis | |
local.academic.level | Masters | |
local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, कोशीहरैँचा, मोरङ |