शिक्षण सिकाईका लागि कक्षा काेठा व्यवस्थापन { Sikshana sikaika lagi kaksha kotha byabsthapan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत् शोधपत्र शिक्षण सिकाईका लागि कक्षाकोठा व्यवस्थापन शीर्षकको मुख्य उद्देश्य विद्यालयको भौतिक सुधारबाट सिक्षण सिकाईमा पार्ने प्रभाव खोजी गर्नु रहेको छ । अनुसन्धानबाट प्राप्त उद्देश्य हासिल गर्न यो शोधपत्र गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित छ । यो शोधकार्य ७ वटा विद्यालयलाई जनसङ्ख्या मानी ७ वटा विद्यालयलाई नमूना छनोट गरी अध्ययन अनुसन्धान गरिएको छ । अध्ययनका लागि शोधकर्ता स्वयम उपस्थित भएर नमूना छनोटमा परेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा प्रधानाध्यापक, विद्यार्थी र स्रोतव्यक्तिसँग प्रश्नावली, अन्तर्वार्ताको माध्यमबाट प्राप्त तथ्य तथ्यांक व्याख्या विश्लेषण गरी यो अध्ययन अनुसन्धान पुरा गरिएको छ । यस अध्ययनको तथ्याङ्क सङ्कलनको क्रममा प्रश्नावली प्रयोग गरियो भने केही द्वितीय तथ्याङ्कहरू विभिन्न लेख, रचना, पत्रपत्रिका विद्यालय अभिलेख, स्मारिका आदिबाट सङ्कलन गरिएको छ ।
अनुसन्धानको क्रममा कक्षाकोठाको व्यवस्थापन भित्र पर्ने कुराहरु विद्यार्थी संख्या अनुसार आवश्यक फर्निचर कालोपाटीको प्रयोग झ्याल, ढोकाको बनावट, प्रकाशको स्थिति आदिलाई हेर्दा तुलनात्मक रुपमा दुई विद्यालयमा मात्र कक्षाकोठाको व्यवस्थापन राम्रो भएको पाइयो भने अन्य पाँच विद्यालयमा फर्निचर अभाव कालोपाटीको प्रयोग नभएको र कक्षाकोठाको आकार ज्यादै नमिलेको पाइयो । शिक्षण सिकाईका लागि कक्षा कोठाको व्यवस्थापन राम्रो भएका विद्यालयहरुमा नतिजा राम्रो पाइयो भने राम्रो कक्षा कोठा व्यवस्थापन नभएको विद्यालयमा शिक्षण सिकाईको अवस्था नाजुक भई परिणाम संतोषजनक नभएको स्थिति देखियो ।
भौतिक साधन सुविधाको व्यवस्था हुनु, विद्यालय व्यवस्थापन समितिलाई विद्यालय प्रतिको भूमिकाको पहिचान हुनु, विद्यालयप्रति जिम्मेवारी र दायित्व थपिनु, सुधारात्मक कदम चाल्न सक्रियता र चासो बढ्नु, सरकारको मुखताक्ने प्रवृत्ति घट्नु, विद्यालय र समुदायबीचको सुमधुर सम्वन्ध बढ्नु, विद्यालयको आर्थिक कारोवार र निर्णय प्रक्रियामा स्पष्ट र पारदर्शी हुनु, विद्यालय व्यवस्थापन समितिले प्रशासनिक काम कार्वाहीमा दबाव दिनु, अस्थायी शिक्षक नियुक्तिमा नातावाद कृपावादको प्रभावकारिता वढ्नु, टाठाबाठाले विद्यालय व्यवस्थापन समितिमा प्रभुत्व जमाउनु रहेको पाइयो ।
यस अध्ययनबाट प्राप्त नतिजाको आधारमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति शिक्षकलाई समय समयमा कार्यक्रम तथा तालिमको व्यवस्था हुनुपर्ने, पुरस्कार र दण्डको नीति अपनाउनु पर्ने, व्यवसायिक तथा रोजगारमूलक शिक्षामा सरकारले जोड दिनुपर्ने, सरोकारवालासँग छलफलको व्यवस्थापन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिलाई काम, कर्तव्य र अधिकारको बोध गराउने, आदिका लागि शिक्षक, प्रधानाध्यापक, जिल्ला शिक्षा कार्यालय देखि लिएर शिक्षा मन्त्रालयसम्मका लागि आवश्यक सुझावहरू प्रस्तुत गरिएकोछ ।
