सामुदायिक विद्यालयहरुमा शैक्षिक सुपरिवेक्षण प्रकृया
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत अध्ययन सामुदायिक विद्यालयहरुमा शैक्षिक सुपरिवेक्षण प्रकृया शीर्षकमा गारिएको छ
। अध्ययन क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक सुपरिवेक्षण प्रकृयाको पहिचान गर्नु, शैक्षिक
सुपरिवेक्षणले विद्यालयको शिक्षण सिकाइमा पारेको प्रभावको विष्लेषण गर्नु र वर्तमान शैक्षिक
सुपरिवेक्षण प्रणालीका कमीकम्जोरीहरु पत्तालगाउनु यस सोध अध्ययनका मुख्य उद्देश्यहरु हुन्।
यो अध्ययनलाई अगाडी बढाउने क्रममा आवश्यक सैद्धान्तिक समर्थन जुटाउने उद्देश्यले
मानव सम्बन्ध सिद्धान्तलाई सैद्धान्तिक खाकाको रुपमा प्रयोग गरिएको छ । गुणात्मक तथा
परिमाणत्मक ढाँचामा तयार पारिएको प्रस्तुत अनुसन्धानमा लक्ष्मीपुर स्रोतकेन्द्र अन्तर्गत ५ वटा
सामुदायिक प्राथमिक विद्यालयहरुलाई नमूनाको रुपमा छनौट गरी विद्यालय निरीक्षक एक जना,
स्रोतव्यक्ति एक जना, प्रधानाध्यापक पाँच जना, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाँच जना,
शिक्षक दश जना र विद्यार्थी वीस जना गरी कूल ४२ जनालाई नमूना जनसंख्याको रुपमा उपयोग
गरिएको छ । विद्यालय निरीक्षक , स्रोतव्यक्ति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र
विद्यार्थीहरुलाई प्रश्नावली र प्रधानाध्यापकलाई अन्तरवार्ता तालिकाको प्रयोगगरी प्राथमिक तथ्याङ्कहरु
संकलन गरिएको छ । तथ्याङ्गको स्रोतहरुमा विद्यालयका निरीक्षण पुस्तिका, शैक्षिक योजना, तालिम
तथा गोष्ठिका प्रतिवेदनहरुलाई समेत उपयोग गरिएको छ । संकलन गरिएका सूचना तथा
जानकारीहरुलाई शाब्दिक रुपमा विष्लेषण गरी आवश्यकता अनुसार तालिकामा समेत देखाइएको छ
। सामुदायिक विद्यालयहरुमा शैक्षिक सुपरिवेक्षण प्रकृयाको पहिचान अन्तर्गत शिक्षक तथा
विद्यालयका समस्याहरुको पहिचान, सुपरिवेक्षण योजनाको निर्माण, नमूना पाठको प्रस्तुतिकरण,
शिक्षक तथा विद्यालयसंगको सम्बन्ध सुधार, तथ्याङ्क संकलन र विष्लेषण प्रकृया र परामर्श सभा
सञ्चालन जस्ता उपशीर्षकहरुमा सूचना तथा जानकारीहरुको विष्लेषण गर्दा वर्तमान शैक्षिक
सुपरिवेक्षण प्रणालीले सुपरिवेक्षण प्रकृयाले विभिन्न चरणहरुलाई अवलम्वन गरेको देखिन्छ । त्यसैगरी
विद्यालयको शिक्षण सिकाइमा सुधार अन्तर्गत शैक्षिक योजना निर्माण, परीक्षा सञ्चालन र विद्यार्थी
मूल्याङ्कन, विद्यार्थीहरुको सिकाइ उपलब्धी वृद्धि र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन, शिक्षक
विद्यार्थीको नियमिततामा वृद्धिमा शैक्षिक सुपरिवेक्षण प्रणालीले सकारात्मक भूिमका निर्वाह गरेको
पाइन्छ । विद्यालय सुपरिवेक्षण प्रणाली अन्तर्गत आर्थिक, प्राविधिक, प्रशासनिक लगायत पेशागत र
विषयगत समस्याहरुलाई प्रमूख चुनौतीको रुपमा देखिएको छ । उल्लेखित चुनौतीहरु बाहेक
तालिमको अभाव, विषयगत दक्ष्यताको अभाव र अनुगमन मूल्याङ्कनको अभावलाई समेत शैक्षिक
सुपरिवेक्षणका मूख्य चुनौतिका रुपमा देखिन्छ ।
