Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by Advisor "केशवराज भट्टराई Keshabraj Bhattarai"
Now showing 1 - 2 of 2
Results Per Page
Sort Options
Item उदार कक्षाेन्नतीले सिकाइ उपलब्धीमा पारेकाे प्रभाव { Udar kakshonnatile sikai upalabdhima pareko prabhab}(2017) खान, वसन्तकुमार Khan, Basantakumar; केशवराज भट्टराई Keshabraj Bhattaraiशोधसार उदारकक्षोन्नतीले सिकाइ उपलब्धिमा पारेको प्रभाव विषयक अध्ययनको मूख्यउद्देश्य उदार कक्षोन्नतीको कार्यन्वयनबाट सिकाइ उपलब्धिमा परेको प्रभावको लेखाजोखा गर्नु रहेको छ । यो अध्ययन मोरङ जिल्लाको केराबारी स्रोतकेन्द्रका ६ वटा विद्यालयका ६ जना वि.व्य.स. अध्यक्ष, ६ जना प्र.अ., १२ जना शिक्षकलाई नमुनाको रुपमा लिइएको छ । यस अध्ययनमा अवलोकन, छलफल, अन्तर्वार्ता प्रश्नावलीलाई सामुदायिक स्रोतका रूपमा र अध्ययन प्रतिवेदन, पुस्तक, जर्नल, अभिलेख अध्ययनलाई द्वितीय स्रोतको रूपमा प्रयोग गरिएको छ । यो अध्ययन परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकीकरण गरिएको छ । तथ्याङ्कलाई अझ स्पष्ट पार्न स्तम्भ चित्र र प्रतिशत समेत उल्लेख गरी सैद्धान्तिक खाकासँग मेलखाने गरी प्रष्टसँग विश्लेषण गरिएको छ । यस अध्ययनमा उदार कक्षोन्नतीका लागि परिमार्जित पाठ्यक्रम २०५७ ले तोकेको मापदण्डहरु प्रयोगको अवस्थामा १२ जना शिक्षहरु मध्ये कक्षाकार्य गृहकार्यलाई प्रयोग गर्ने ८ जना (६६.६६%), परियोजना कार्यमा ६ जना (५०%), व्यवहार परिवर्तनलाई ४ जना (३३.३३%), सिर्जनात्मक कार्यलाई ८ जना (६६.६६%) र हाजिरिलाई १२ जना (१००%) ले प्रयोग गरेको देखिन्छ । अध्ययन क्षेत्रका सामुदायिक विद्यालयहरुमा प्राथमिक तह (१–३) मा विगत ३ वर्षको २०७०, २०७१ र २०७२ को जम्मा विद्यार्थी सङ्ख्या क्रमशः ५७२, ५४१ र ५४६ रहेके देखिन्छ । अध्ययन क्षेत्रभित्रका ६ वटा नमुना छनौटमा परेको विद्यालयहरुको प्राथमिक कक्षा (१–३) को २०७० सालको जम्मा विद्यार्थी सङ्ख्या ५७२ जना, जस मध्ये छात्रा २९८ (५०.०९%) र छात्र २७४ जना (४७.९०%) रहेको देखिन्छ । यहाँ भर्ना दर घटदै बढ्दै आएको छ भने सोहि कक्षाहरुमा विगत तिन वर्षमा कक्षा दोहो¥याउनेको संख्या क्रमशः ४४, ३६ र ३९ जना रहेको देखिन्छ । जस अनुसार २०७० सालमा दोहो¥याउने दर ७.६९ प्रतिशत थियो. भने २०७१ सालमा उक्त दर घटेर ६.६५ प्रतिशत र २०७२ सालमा कक्षा दोहो¥याउने दर बढेर ७.१४ प्रतिशत पुगेको देखिन्छ । त्यसै गरी विगत तिन वर्षको कक्षा छाड्ने दर २०७०,२०७१ र २०७२ मा क्रमशः ७.१६, ७.३९ र ७.१४ प्रतिशत रहेको छ । यो दर त्रमशः २०७० बाट २०७१ मा बढ्दै जानु नकारात्मक सुचकको रुपमा लिन सकिन्छ भने २०७१ बाट २०७२ मा केहि घट्नु सकारात्मक सुचकको रुपमा लिन सकिन्छ । यसका साथै सोहि शैक्षिक सत्रहरुमा विद्यार्थी उतिर्ण दर क्रमशः ९३.८२, ९३.८५ र ं९३.३७ प्रतिशत रहेको देखिन्छ । २०७० मा भन्दा २०७१ मा ०.०३ प्रतिशतले बढी र २०७१ मा भन्दा २०७२ मा ०.४८ प्रतिशतले घटी विद्यार्थी अनुतिर्ण भएको तथ्याङ्क छ । कक्षागत विद्यार्थी नमुना शैक्षिक सत्र २०७३ अनुसार नमुना विद्यालयको कक्षा एकमा औषत ३१.३ जना, कक्षा दुईमा २८.७ जना र कक्षा तिनमा औषत ३२.५ जना रहेको पाइयो । यी तीनवटै कक्षामा जम्मा ५५५ जना विद्यार्थी सङ्रख्या छ । उक्त सङ्रख्यालाई शिक्षक विद्यार्थी अनुपातमा हेर्दा १ः२६ जना औषत विद्यार्थी पर्र्न आएको देखिन्छ । सामुदायिक प्राथमिक विद्यालयहरुमा उदार कक्षोन्नतीले सिकाइ उपलब्धिमा पारेको प्रभाव सम्वन्धमा गरिएको यस अध्ययले विविध पक्षहरुको अध्ययन अवलोकन गर्दा निस्किएका निष्कर्षहरुलाई सुधार गर्न सबैलाई निम्नानुसार सुझावहरु दिइएको छ । पाठ्यक्रम निर्माण गरी नयाँ नीति र कायक्रम तयार भैसकेपछि त्यसलाई अघि बढाउन पर्याप्त पुर्वाधारको व्यवस्था गरेर मात्र कार्यक्रमलाई लागु गर्नुपर्ने । स्रोतव्यक्ति र विद्यालय निरीक्षकलाई विशुद्घ शैक्षिक परामर्शकर्ता र सहजकर्ताका रुपम खटाउनुपर्ने नीति अवलम्बन गर्नुपर्ने । जिल्ला शिक्षा कार्यालय र स्रोतकेन्द्रले केन्द्रको निर्देशन पालना गर्दै प्रभावकारी अनुगमन मूल्याङ्कन गरी दण्ड र पुरस्कारको समेत व्यवस्था गर्दै उदार कक्षोन्नती कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने । प्रभावकारी सुचना सञ्चारको माध्यमबाट अक्षर मापन प्रणालीमा फाईदा सम्बन्धमा अभिभावक, शिक्षक र विद्यार्थीलाई प्रष्ट पार्नु पर्ने । विद्यालय व्यवस्थापन समिति वास्तविक अभिभावकबाट छानिएको हुनुपर्ने, जिम्मेवार प्रशासकको रुपमा शैक्षिक कार्यक्रम र नयाँ नीतिहरु प्रति जानकारी राख्ने हुनुपर्ने, यसले विद्यालयमा उपलब्ध साधनलाई अधिकतम उपयोग गरी शैक्षिक र भौतिक वातावरण चुस्त दुरुस्त राखी उदार कक्षोन्नती गर्न उपयुक्त वातावरण तयार गर्नुपर्ने । प्रधानाध्यापकले बालमैत्री वातावरण विद्यार्थी केन्द्रिय शिक्षण विधिबाट निरन्तर मूल्याङ्कन र उदार कक्षोन्नतीलाई व्यवस्थित तरिकाले प्रयोग गरी बालकको सिकाईमा स्थायी परिवर्तन ल्याउनुपर्ने र उदार कक्षोन्नती प्रणालीबाट सिकाइ उपलब्धिको वृद्घि गर्नुपर्ने ।Item विद्यालयकाे शैक्षाणिक व्यवस्थापनमा प्रधानाध्यापक { Bidhyalayako saikshanik byabsthapanma pradhanadhyapak}(2017) आचार्य, राम प्रसाद Acharya, Ram Prasad; केशवराज भट्टराई Keshabraj Bhattaraiशोधसार विद्यालयको व्यवस्थापनमा विद्यालयको शैक्षणिक व्यवस्थापनमा प्रधानाध्यापक विषयको अनुसन्धानमूलक यस शोध पत्रमा विद्यालयका प्रधानाध्यापकले अवलम्वन गरेका नेतृत्व शैलीको पहिचान गर्नु, उचित नेतृत्व शैली अप्नाउन सुझाव दिनु, नेतृत्व शैलीका कारण विद्यालयको व्यवस्थापनमा परेको प्रभावको खोजि गर्नु साथै नेतृत्व वहन गर्दा प्रधानाध्यापकलाई आई पर्ने समस्याहरु पत्ता लगाई सुृझाव दिनु यसको महत्वपूर्ण उद्देश्य रहेको छ । यो शोध कार्य परिमाणात्मक र गुणात्मक दुवै मिश्रित ढाँचामा आधारित भई सम्पन्न गरिएको छ । मोरङ जिल्ला स्थित इन्द्रपुर स्रोतकेन्द्र अन्तर्गतका ४५ वटा विद्यालयहरूलाई जनसंख्या मानि त्यसमध्य उद्देश्यमूलक विधिबाट नमुना छनौट गरी यो अध्ययन अनुसन्धान कार्यलाई पूरा गरिएको छ । अध्ययनका लागि आवश्यक तथ्याङ्क संकलन गर्न इन्द्रपुर श्रोत केन्द्रका ५ वटा विद्यालयको छनोट गरिएको छ । नमुना छनोटमा परेका विद्यालयका प्रधानाध्यापकहरु ५ जना वि.व्य.स. अध्यक्षहरु ५ जना शिक्षक १० जना, विद्यार्थी २५ जना , सरोकारवाला अभिभावहरुमध्येवाट १० जना छनोट गरी अध्ययन कार्य पूरा गरिएको छ । यस अध्ययनबाट प्राप्त तथ्य तथ्याङ्कहरूको आधारमा विश्लेषण गर्दा विद्यालयका प्रधानाध्यापकहरूले प्रजातान्त्रिक, स्वच्छाचारी र स्वतन्त्र तीनै किसिमको नेतृत्व शैली अवलम्वन गरेको देखिन्छ । नेतृत्वशैलीमा बढि जसो प्रजातान्त्रिक त्यसपछि स्वेच्छाचारी र स्वतन्त्र शैली अपनाइएको पाइएको छ । योजनाहरु निर्माणमा धेरै जसो प्रधानाध्यापकले अन्य सारोकारवाला पक्षसंग छलफल गर्ने गरेको देखिन्छ भने धेरै जसो प्रधानाध्यापकहरु प्रशासनिक काममा नै व्यस्त भएको पाइयो । शैक्षिक काममा प्रधानाध्यापकले धेरै कम समय दिएको साथै मूल्याङ्कन तथा सुपरिवेक्षणमा समेत कम समय दिने गरेको देखिन्छ । धेरै जसो सामुदायिक विद्यालयका प्रधानाध्यापकको शैली अझै पनि परम्परागत शैलीमा आधारित देखिन्छ । शैक्षिक योग्यता अनुभव तथा तालिमको अभावको कारण धेरै जसो विद्यालयका प्रधानाध्यापकहरू विद्यालय व्यवस्थापन समिति तथा अभिभावकसँग राम्रो घुलमिल हुन सकेको देखिदैन । सो कारणले प्रधानाध्यापकलाई नेतृत्व वहन गर्नका लागि प्रतिकुलता भएको पाइन्छ । विद्यालय सञ्चालन गर्ने जिम्मेवारी पाएका प्रधानाध्यापकले अवलम्वन गर्ने नेतृत्वशैली प्रजातान्त्रिक हुनु पर्ने र सरोकारवाला पक्षसँग रचनात्मक सहयोग लिएर योजना निर्माणसम्मका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्य सम्पन्न गर्न नेतृत्वदायि भुमिका निर्वाह गर्न अनिवार्य हुन्छ । शिक्षा ऐन तथा नियमावलीमा तोकिएका प्रधानाध्यापकका काम कर्तव्य र अधिकारहरूलाई आत्मसात गरी राजनैतिक स्वास्र्थ भन्दा आफ्नो योग्यता क्षमता र अनुभवलाई प्रयोग गर्नु पर्दछ । मातहतका शिक्षक कर्मचारीहरूको मनोवल उच्च राख्न उनिहरूको सहभागिता, योग्यता तथा क्षमताको कदर गर्दै शिक्षक, विद्यार्थी र अभिभावहरूलाई विद्यालयको हितमा अभिप्रेरित गर्न सक्नु पर्दछ । यसरी नेतृत्वशैलीमा देखिएको विभिन्नतालाई कम गर्न उपयुक्त नेतृत्व प्रदान गर्न सक्ने प्रधानाध्यापकको छनौट गर्न सम्बन्धित निकायबाट आवश्यक पहल हुन आवश्यक देखिन्छ । विद्यालयसँग सम्बन्धित समसामयिक ज्वलन्त समस्याहरूप्रति गम्भिर, संयमित, विवेकशील भई समस्या समाधान तर्फ उन्मुुख हुनु पर्ने सुझावहरू अध्ययनका आधारमा समावेश गरिएको छ ।