Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by Advisor "धर्मराज सिंह Dharmaraj Singh"
Now showing 1 - 8 of 8
Results Per Page
Sort Options
Item अतिरिक्त क्रियाकलापमा छात्रा सहभागिता { Atirikta kriyakalapma chhatra sahabhagita}(2015) झा, सज्जन Jha, Sajjan; धर्मराज सिंह Dharmaraj SinghAvailable in fulltextItem प्रथामिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली {Parthamik tahama nirantar mulyankan pranali}(2015) दास, मनाेज कुमार Dash, Manoj Kumar; धर्मराज सिंह Dharmaraj Singhशोध सार प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणाली शीर्षकको प्रस्तुत शोध अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयको प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणालीको लेखाजोखा गर्नु रहेको छ । प्रस्तुत शोध अध्ययनबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषन गर्न गुणात्मक तथा परिमाणात्मक मिश्रित अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनलाई पूरा गर्नका लागि उद्देश्यमूलक नमूना छनौटका आधारमा छनौट गरी सप्तरी जिल्ला श्री सर्वोदय उ.मा.वि. स्रोत केन्द्र अन्तर्गत पर्ने ३६ वटा विद्यालयहरू मध्ये ३ वटा विद्यालयलाई अध्ययन क्षेत्रको रूपमा लिएको छ । त्यसैगरी शिक्षक, प्र.अ., स्रोत व्यक्ति, वि.नि., अभिभावकको छनौट सम्भाव्य नमूना छनौट पद्धतिका आधारमा गरिएको छ । सम्बन्धित विद्यालयका अभिलेखहरूको पुनरावलोकन गरी सहायक तथ्याङ्क सङ्कलन गरी विश्लेषन गरिएको थियो । प्राथमिक तहमा निरन्तर मूल्याङ्कन प्रणालीप्रति अधिकांश शिक्षक, प्रधानाध्यापक, स्रोतव्यक्ति तथा वि.नि.को सकारात्मक धारणा पाइयो । निरन्तर मूल्याङ्न प्रणाली सम्बन्धी तालिमको अपेक्षा राखेको, हाजिरीलाई प्रथम प्राथमिकतामा राखेको, सामयिक परीक्षालाई दोस्रो प्राथमिकतामा राखेको पाइयो । विद्यार्थी कार्यसञ्चयिका (पोर्टफोलियो) को व्यवस्थापन पूर्णरूपमा नगरिएको, मूल्याङ्कनका सबै साधनहरूको समुचित प्रयोग नभएको, आवधिक परीक्षा सङ्गै निरन्तर मूल्याङ्कनलाई पनि गतिशीलता नदिइएको, आत्म मूल्याङ्कन, परियोजना कार्य, अभिभावक सम्पर्क, अभिभावकलाई सिकाइ उपलब्धिको जानकारी न्यून रूपमा दिने गरिएको एवम् अभिभावक यस सम्बन्धमा अनभिज्ञ रहेको पाइयो । विद्यार्थीहरूको अनुपस्थितिलाई निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रमुख बाधकको रूपमा स्वीकार गरिएको सबै पक्षबाट यसको प्रभावकारी व्यवस्थापन नभएकोले विद्यार्थीको सिकाइ उपलब्धि घटेको यथार्थ स्वीकार गरेको पाइयो । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको समुचित व्यवस्थापनका लागि विद्यार्थीको उपस्थितिमा ध्यान दिनुपर्ने, विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने, बेलावेलामा तालिम, पुर्नताजगी तालिम दिनुपर्ने, समय–समयमा अनुगमन हुनुपर्ने, माथिल्लो निकाय मौन नबसेर सक्रिय रूपमा लाग्नु पर्ने, अभिभावक सचेत हुनुपर्ने आदि कुरामा सबै पक्षको एकमत रहेको पाइयो । अन्त्यमा शिक्षा प्रणालीकै महत्वपूर्ण अङ्गका रूपमा लिई निरन्तर मूल्याङ्न प्रणालीको समुचित व्यवस्थापन गर्न सके प्राथमिक तह मात्र होइन हरेक तहको शैक्षिक उपलब्धिमा कायापलट हुन सक्ने तथा आमूल परिवर्तन ल्याउन सकिने हुनाले निरन्तर मूल्याङ्कन प्रणालीको समुचित व्यवस्थापन अपरिहार्य रहेको देखिन्छ ।Item बालविकास केन्द्रप्रति अभिभावककाे द्रष्टिकाेण {Balbikash kendraparti abhibhavakko dristikon}(2015) यादव, काशिन्द्र प्रसाद Yadav, Kashindra Prasad; धर्मराज सिंह Dharmaraj Singhशोध सार प्रस्तुत अध्ययन वालविकास केन्द्रप्रति अभिभावकको दृष्टिकोण शीर्षकमा गरिएको शोध वाल विकास केन्द्र प्रति अभिभावकको दृष्टिकोण पत्ता लगाउनु , अभिभावकको दृष्टिकोणले शिक्षण सिकाईमा पारेको प्रभावको विश्ले षण गर्नु , वालविकास केन्द्रमा देखिएका समस्याहरूको पत्ता लगाउनु साथै त्यसको समाधानका उपायहरू पत्ता लगाउनु यी चार उदेश्यहरूमा केन्द्रित रहे को थियो । प्रस्तुत अध्ययनलाई प्रष्टयाउन विभिन्न अनुसन्धानात्मक प्रश्न निर्माण गरी तिनै प्रश्नमा अध्ययन केन्द्रित रहेका छन । अध्ययन सिराहा जिल्लाको अगुवा स्रोत केन्द्र भित्र पर्ने ५२ वटा वालविकास केन्द्रहरू मध्ये सामुदायिक विद्यालयमा संचालित ४ वटा वालविकास केन्द्रमा केन्द्रित गरिएको छ । अध्ययनको सैद्धान्तिक खाका मेन्टेश्वरी शिक्षा पद्दतीमा केन्द्रित गरी अध्ययनलाई अगाडि बढाइएको छ भने सम्वन्धित साहित्यको पुनरावलोकनको रूपमा , प्रारम्भिक वालविकास संग सम्वन्धित पुस्तक , पत्र पत्रिका , अनुशन्धान, प्रतिवेदन, लेख रचना, तथ्याङ्क आदिको अध्ययन तथा विश्लेषण गरिएको छ । अध्ययनको नमूना छनोटमा सिराहा जिल्लाको जिल्ला शिक्षा अधिकारी , स्रोत व्यक्ति, प्र.अ. , अभिभावक , विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई नमुना छनोट विधिका आधारमा छनोट गरिएको छ । सोधकर्ता आफै प्रश्नावली निर्माण गरी प्राथमिक स्रोतका रूपमा स्रोत व्यक्ति, प्र.अ. , विद्यालय व्यवस्थापन समिति अध्यक्ष , सहयोगी कार्यकर्ता र वालवालिकालाई वितरण गरी उत्तर प्राप्त गरेका थिए । त्यसै गरी लेख, रचना, प्रकाशित र अप्रकाशित लेख, शिक्षा ऐन नियमावली, जर्नल, पाठ्यक्रम, सहयाेगी निर्देशिका, विद्यालय अभिलेखहरू द्वितिय स्रोतका रूपमा प्रयोग गरेका थिए । यसरी प्राप्त तथ्याङ्कलाई सही र सत्य रूपमा व्याख्या र विश्लेषण गरिएको छ । यसरी व्याख्या र विश्लेषण गर्दा वालविकास केन्द्र प्रति अभिभावकको दृष्टिकोण साकारात्मक भएको पाइयो । वालविकास के न्द्रले वालवालिकामा राम्रो असर पारेको , कक्षा १ मा भर्ना हुने संख्यामा वृद्धि भएको , कक्षा छाड् ने दर कम भएको , वालवालिकाले नियमित कक्षा आउने गरेको साथै नियमित रूपमा अनुगमन र निरीक्षण नगरिएको , शैक्षिक सामग्रीको अभाव रहेको र भौतिक साधनको व्यवस्थामा कमी भएको पाइयो । वालविकास केन्द्रलाई अझ प्रभावकारी भरपर्दो र दीर्घ कालिन वनाउन नितिगत तथा कार्यन्वयन पक्षमा केही थप सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । वालविकास के न्द्रको भौतिक अवस्था सुधार गर्नुपर्ने , खाजा नास्ताको प्रवन्ध मिलाउनु पर्ने , सहयोगी कार्यकर्ताको थप पुनः ताजगी तालिम दिनु पर्ने , सहयोगी कार्यकर्ताको पारिश्रमिक बढाउनु पर्ने , अनुगमन र निरिक्षण बढाउनु पर्ने साथै व्यवस्थापन पक्षलाई चुस्त , दुरूस्त वनाई वालविकास केन्द्रको संख्यामा वृद्धि गरी विद्यालयमा नै गाभ्नु पर्ने अध्ययनको निष्कर्ष रहेको छ ।Item महिला शिक्षा कार्यक्रमकाे प्रभावकारिता {Mahila siksha karyakramko prabhabkarita}(2015) यादव, हरिचन्द्र Yadav, Harichandra; धर्मराज सिंह Dharmaraj Singhशोधसार प्रस्तुत शोधकार्य अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत महिला शिक्षा कार्यक्रमको प्रभावकारिता शीर्षकमा गरिएको हो । यस अध्ययनका ेउद्देश्य भन्नु नै अनौपचारिक प्रौढ विद्यालय अन्तर्गत महिला शिक्षा कार्यक्रमको प्रभावकारिता पत्ता लगाउदै त्यसमा देखिएका समस्याहरु पहिचान गरी समाधानार्थ सुझाव सुझाउनु रहेको छ । दोलखा जिल्लाका हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालय काभ्रे, वैतेश्वर उच्च माध्यमिक विद्यालय नाम्दू र कालिञ्चोक उच्च माध्यमिक विद्यालय चरिकोट मा सीमित गरिएको यस शोध गुणात्मक एवं संख्यात्मत दुवै ढाँचालाई मिलाई मिश्रित ढाँचामा तयार गरिएको छ । तथ्याङ्क सङ्कलनको लागि विद्यालयमा शोधकर्ता आफैं गई स्थलगत अध्ययन, अन्तरवार्ता, प्रश्नावली, छलफल, दस्तावेज, अवलोकन अध्ययन जस्ता विधि प्रयोग गरिएको छ । यस अध्ययनको मुख्य उत्तरदाताको रुपमा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रमका विद्यालयहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्रोत व्यक्तिहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, समाजसेवीहरु,अभिभावकहरु एवं सहभागी महिला विद्यार्थीहरुलाई नमुनाको रुपमा छनौट गरिएको छ । यस अध्ययनका मुख्य प्राप्तीहरुमा सिक्ने कुराहरुलाई उमेरले छेक्दैन भन्ने कुरा २०–५० वर्ष समुहका महिलाहरु अनौपचारिक प्रौढ विद्यालय शिक्षा पढ्न जागरुक रहेको देखिएको छ तापनिसबै अनौपचारिक प्रौढ विद्यालयहरुले पहिलो तहमाबढी चासो देखाई दोस्रो र तेस्रो तहमा क्रमशः कम चासो दिई अनौपचारिक प्रौढ विद्यालय महिलाहरु क्रमशः घट्दै गएका, जसमा एउटै शिक्षकको ब्यबस्था हुनु, घरायसी कामले गर्दा नियमित रुपले आउन नसक्नु, अनौपचारिक प्रौढ विद्यालयहरुको बसाई व्यवस्थापनमा असजिलो हुनु, सबै तहका अनौपचारिक प्रौढ विद्यालयहरुलाई एउटै तहमा राखी पढाउनु, परीक्षा प्रणालीमा एकरुपता नहुनु जस्ता कारणले अनौपचारिक प्रौढ विद्यालयहरुले निर्धारित लक्ष्य अनुरुप सफलता प्राप्त गर्न नसकेको पाइयो । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले विद्यालयमा गएर आफुले सिक्नका लागि अथक प्रयास गरेको, अनौपचारिक प्रौढ विद्यालयको लागि चाहिने पाठ्यक्रमहरुको ब्यबस्था नभएको, पाठ्यपुस्तकका आधारमा मात्र अध्यापन गराएको,अनौपचारिक प्रौढ विद्यालय शिक्षकलाई तलबको ब्यबस्था कम भएको, समयमानै प्रर्याप्त मात्रामा पाठ्यपुस्तकहरुको व्यवस्थापन गर्न नसकिएको, सरकारी निकायले भनेको जस्तो निगरानी नगरेको, ५ वटै विषयलाई एउटै शिक्षकले पढाएको, सबै विषय अध्यापनका लागि समयको अभाव रहेको, अनौपचारिक प्रौढ विद्यालय महिलाहरुमा तहगत अध्ययनका लागि स्मरण शक्ति ह्रास हुदै गएको, महिलाहरुले पढाइलाई भन्दा घरायसी कामलाई बढी प्राथामिकता दिएको,अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले निरन्तर रुपमा कक्षामा उपस्थित नभएको, सबै अनौपचारिक प्रौढ विद्यालय महिलाहरु कक्षा उत्र्तीण हुन नसकेको, अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुननसकेको जस्ता कारणले गर्दा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम प्रभाकारी हुन नसकेको र अनौपचारिक प्रौढ विद्यालय महिलाहरुको संख्या घटेको देखिन्छ भने अनौपचारिक प्रोढ शिक्षा कार्यक्रम संचालन भए पछि हरेक सहभागि महिलाहरुले लेख पढ गर्न सकेको, चिठी पत्र, लेख्न र पढ्न सकेको, आफ्नो घरमा आइपर्ने साधारण हरहिसावहरु राख्न सकेको त्यसै गरी आफ्नो वरीपरि रहेको वातावरण सफा राख्न सकेको, आफ्नो परिवारमा स्वः निर्णय लिन सकेको र हरेक महिलाहरुमा प्रजनन् स्वास्थ्यको ज्ञान भएको जस्ता परिर्वतनहरु आएका छन् । अनौपचारिक प्रौढ विद्यालयमा महिला शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि हरेक अनौपचारिक प्रौढ विद्यालयहरुले आफ्नो घरायसी कामलाई भन्दा पढ्ने कामलाई बढी जोड दिनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले नियमित आउनको लागि जागरुक हनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले बीचैमा कक्षा छाड्ने प्रवृति त्याग्नु पर्ने, हरेक अनौपचारिक प्रौढ विद्यालय महिलाहरुलाई शिक्षा प्रति जागरुक गराउनु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नु पर्ने, प्रत्येक विषयको विषय शिक्षकको व्यवस्थापन गरिनु पर्ने, विद्यालय सरहको पठन–पाठन गरी समयको व्यवस्थापन गरी समयानुकुल बनाउदैं लानु पर्ने देखिन्छ । अनौपचारिक प्रौढ विद्यालयहरुको सिकाइ प्रतिको चासोलाई सकारात्मक बनाइ अझ प्रभावकारी बनाउदैं महिला साक्षरता कार्यक्रम भन्दा अनौपचारिक प्रौढ विद्यालय शिक्षा कार्यक्रम आवश्यकता भएको कुरा अनौपचारिक प्रौढ विद्यालय महिलाहरुको चासोले देखाउछ । जुन कार्यक्रमका लागि जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र, विद्यालय ब्यस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, अनौपचारिक प्रौढ विद्यालय शिक्षक एवं अनौपचारिक प्रौढ विद्यालय महिलाहरुले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी कार्य सञ्चालन गरी यस कार्यक्रमलाई निरन्तरता दिनु पर्ने यस अध्ययनले औल्याएको छ ।Item विद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा {Bidyalay byabsthapan samitibata garine suparibekshan sewa}(2014) यादव, श्याम कुमार Yadav, Shyam Kumar; धर्मराज सिंह Dharmaraj Singhप्रस्तुत शोधपत्रविद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा विषयमागरिएका हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय सुपरिवेक्षणको अवस्था खोजि गनरहेका छ । यो अध्ययन गुणात्मक अनुसन्धनात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनमा प्रश्नावली, अन्तरवाता अनुसूची अवलोकन फारम जस्ता साधनहरुको प्रयोग गरिएकाछ । प्राथमिक श्रोतको रुपमा प्रश्नावली, अन्तरवाता अनुसूची र अवलोकन फारमलाइप्रयोगमा ल्याइएको छ भने द्वितिय श्रोतको रुपमा विभिन्न पाठयपुस्तक र सामग्रीका प्रयोग गरिएको छ । शिक्षक,प्रधानाध्यापक, विद्यालय निरीक्षकलाई प्रश्नावली वितरण गरी त्यसलाई सङ्कलनगरेर तथ्याङ्क सङ्कलन गरियो । श्रोतव्यक्ति, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसमितिका अध्यक्षलाई अन्तरवार्ता गरी ल्याएको टिपोट गरेर तथ्याङ्क सङ्कलन गरियो ।अवलोकन फारमको प्रयाग गरी कक्षा सम्बन्धी गतिविधिको तथ्याङ्कसङ्कलन गरियो ।प्राप्त तथ्याङ्कलाई तालिकाकिकरण, व्यख्याका आधारमा विश्लेषण गरिएको छ । प्रधानाध्यापकले कक्षा सञ्चालन, प्रशासनिक कायका साथै राजनिति र जिल्ला शिक्षाकार्यलयमा दौडि राख्नभएकोले अवलोकन नियमित गर्न नसकि औपचारिकताका लागि मात्र गर्ने गरेको पाइयो । अधिकाँश प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सुपरिवेक्षणलाई निरीक्षण योजना र प्रक्रियागत हुन नसक्दा सुपरिवेक्षण गरि दिएको प्रतिवेदन पूर्ण रुपले कारवाही नहुने भएकोले सुपरिवेक्षण प्रति नैराश्यता उत्पन्न हुन गएको पाइयो । सुपरिवेक्षकको रुपमा काम गर्ने जिल्ला शिक्षाअधिकारी, शाखा अधिकृत, विद्यालय निरीक्षक र श्रोतव्यक्तिको दरबन्दी भएपनि दरबन्दीको कर्मचारीको अभाव देखियो । अर्को तर्फ भएका कर्मचारीहरु पनि सुपरिवेक्षण काम भन्दा पनि बढी प्रशासनिक काम तिर ध्यान दिने गरेको पाइयो ।भएको सुपरिवेक्षक, विद्यालय र शिक्षक वीचको त्रिकोणात्मक सम्बन्धको कमी गहिया। ग्रामिण क्षेत्रको विद्यालय र शहरी क्षेत्रको विद्यालयको शिक्षक र विद्यार्थीका उपस्थिति, स्कुल लिभिङ्ग सटिफिकेटको परिणाममा पनि फरक पाइयो । ग्रामिण क्षेत्रको अभिभावकभन्दा शहरी क्षेत्रको अभिभावक आफ्ना सन्तान प्रति सजग देखिएतापनि सन्तानहरुलाइ विद्यालय पठाई मात्र आफ्नो दायित्व पुरा गरेको पाइयो । अभिभावकको सहभागिता विद्यालयमा राजनैतिक गतिविधि गनपाइयो । शिक्षकको उपस्थिति दर राम्रा भएपनि विद्यालयहरुमा विषयगत शिक्षकको साह्रै कमि भएको पाइयो । कतिपय विद्यालयमा विषयगत शिक्षक न्यून थियो भने कतिपय विद्यालयमा एउटै विषयको २ वटासम्म शिक्षकहरु थिए । तर अरु विषयको शिक्षक उपलब्ध नभएर भएकै शिक्षकबाट अरुविषयहरुका अध्ययन अध्यापन गराएको पाइयो । कतिपय विद्यालयमा स्थायी शिक्षककासटटामा खेताला शिक्षकको भर्ना गरी अध्ययन अध्यापन गराएको स्थिति देखाप¥यो । यस अध्ययनका सुझावहरुमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी विद्यालयलाई शुद्धपठन पाठनको रुपमा विकसित गर्नुपर्दछ । सुपरिवेक्षणको क्रममा प्राप्त भएका प्रतिवेदन माथि कार्यान्वयनको प्रक्रिया अगाडि बढाई सुपरिवेक्षकलाई हौसला प्रदानगर्नुपर्छ । विद्यालय निरीक्षक, श्रोतव्यक्ति, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनसमितिका सदस्यहरुलाई समेत समय समयमा सुपरिवेक्षण सम्बन्धि तालिमको व्यवस्था गरी दक्ष बनाउनमा जोड दिनुपदछ । सुपरिवेक्षण गर्ने सबैले आफ्नो कार्यशौली, नेतृत्व,व्यवहार आदिमा विकास गरी शिक्षा क्षेत्रलाई माथि उठाउन मार्ग निर्देशकका रुपमा भूमिका निर्वाह गर्नुपर्दछ ।Item विद्यालय सुधार याेजना निर्माणमा विद्यालय प्र.अ. काे भूमिका { Bidhyalaya sudhar yojana nirmanma bidhyalaya par.aa. ko bhbumika}(2015) यादव, अनिता कुमारी Yadav, Anita Kumari; धर्मराज सिंह Dharmaraj SinghAvailable in fulltextItem सामुदायिक विद्यालयमा सरोकारवालाहरुको सहभागिता र सहकार्य {Samudayik bidyalayma sarokarbalaharuko sahabhagita ra sahakarya}(2014) भट्टराई, दोस्त बहादुर Bhattarai, Dost Bahadur; धर्मराज सिंह Dharmaraj SinghAvailable in fulltextItem सार्वजनिक विद्यालयमा दण्ड तथा पुरस्करकाे व्यवस्थापन { Sarbajanik bidyalayama danda tatha purskarko byabasthapan}(2015) मंडल, सोती Mandal, Soti; धर्मराज सिंह Dharmaraj Singhशोधसार प्रस्तुत अध्ययन सार्वजनिक विद्यालयमा दण्ड तथा पुरस्काको व्यवस्थापन विषयमा केन्द्रित रही तयार गरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय तहमा दण्ड र पुरस्कारको लेखाजोखा गर्नु हो । यो अनुसन्धान कार्यलाई सम्पन्न गर्नका लागि गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । अध्ययनको उद्देश्य प्राप्तिका लागि प्राथमिक स्रोतबाट तथ्याङ्क सङ्कलन गर्न अन्र्तवार्ता प्रश्नावली, अवलोकन, कक्षा अवलोकनहरुको प्रयोग गरिएको थियो । यस अध्ययनलनई अगाडि बढाउन उद्देश्यात्मक नमुना छनौट विधिको प्रयोग गरिएको छ । उद्देश्य प्राप्तिको लागि सम्बन्धित जनता उ.मा.वि.भवानीपुर र श्री डोमी चौधरी उ.मा.वि.पोखरभिण्डाका र श्री .ज.न.ल.मा.वि. लक्ष्मीपुरपतारी विद्यालयमा गई प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट गरी अन्र्तवार्ता प्रश्नावली मार्फत आवश्यक तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त तथ्याङ्कको आधारमा उद्देश्यनुसार छुटाछुटै शीर्षक तथा उपशीर्षकमा राखी विश्लेषण तथा विवेचना गरिएको छ । अध्ययनले देखाए अनुसार शिक्षा नियमावलीमा तोकिए बमोजिम बालबालिकाहरुलाई कुनै पनि प्रकारको दण्ड नदिने व्यवस्था भएपछि छनौटमा परेका विद्यालयहरुमा शारीरिक तथा मानसिक दण्डहरु दिने गरेको पाइयो । विद्यालयमा साथीभाइसँग झैझगडा गर्ने, अर्काको किताब कापि च्यात्ने, कोठाको भ्याल ढोकाको सिसा फुटाउने, विद्यालय ढिलो आउने, कक्षाकार्य तथा गृहकार्य नगर्ने, शिक्षकले भनेको नमान्ने र विद्यार्थीहरुलाई दण्ड दिने गरेको पाइयो भने पढाईमा उत्कृष्ट र अतिरिक्त क्रियाकलापका उत्कृष्ट भएमा कक्षाकार्य, गृहकार्य गरेको, शिक्षकले भनेको मानेमा पुरस्कार दिने गरेको पाइयो । पुरस्कार आर्थिक पुरस्कार नभई भौतिक पुरस्कार (कापी, कलम, पेन्सिल, किताब, पोशाक, झोला) दिने गरेको पाइयो । साथै शाब्दिक रुपमा उत्प्रेरणात्मक र होशलामुखी शब्दहरु बढी प्रयोग भने गरेको पाइयो । नराम्रो बानी व्यवहार गरेमा दण्ड र राम्रो काम गरेमा पुरस्कार दिने गरेको, शिक्षण–सिकाइ क्रियाकलाप गर्दा सुधारात्मक तथा सचेतात्मक रुपबाट दिइएको दण्डले विद्यार्थीहरुलाई पठनपाठन कार्यदेखि अन्य वानी व्यवहारमा सकारात्मक प्रभाव पार्नुको साथै नकारात्मक प्रभावमा शिक्षकसँग डराउने, विद्यालय छाड्ने, हिनताबोध जस्ता प्रभाब परेको पाइयो । पुरस्कारको सकारात्मक प्रभाबमा पठनपाठनमा उत्साहित, हरेक क्रियाकलापका भाग लिने गृहकार्य सधै गर्ने, हरेक कुरामा चासो राख्ने गरेको पाइयो भने नकारात्मक पक्षमा साथीलाई हेप्ने तथा घमण्ड गर्ने गरेको पाइयो । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन गर्दा देखिएका समस्याहरु क्रमशः विद्यालय छोडने तथा मानसिक समस्या, प्रतिसोधको भावना, दृन्दको सिर्जना, अहमताको भावना जस्ता समस्या देखियो । समस्या समाधानमा दण्डमुखि शिक्षण भन्दा पुरस्कारमुखि शिक्षण सिकाइ, शिक्षक–विद्यार्थी समझदारि, अभिभावक–विद्यालय सम्बन्ध राम्रो हुनु अति आवश्यक देखिन्छ । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन प्रभावकारी तुल्याउन स्थानीय स्तरको सुझाव सल्लाह सहित माथिल्लो निकायबाट निति बनाउनु पर्ने छ । साथै विद्यालय व्यवस्थापन समिति तथा विभिन्न सरोकारबालाहरु र विज्ञको सहयोगमा दण्ड रहित सिकाईलाई प्रोत्साहन गर्नुपर्दछ ।