Nepali Language Education
Permanent URI for this collection
Browse
Browsing Nepali Language Education by TU Affiliated Institute "Sukuna Multiple Campus Sundarharaincha, Morang,"
Now showing 1 - 4 of 4
Results Per Page
Sort Options
Item कक्षा आठ को नेपाली पाठयपुस्तक(२०७२) मा समाविष्ट अभ्यासको अध्ययन{Kaksha Aathko Nepali Pathyapustak(2072) Ma Samabista Abhyasko Adhyayan }(नेपाली भाषा शिक्षा सकाय, 2019) घिमिरेGhimire, कोमल कुमारी Komal Kumariशोधशीर्षक ः कक्षा आठको नेपाली भाषा पाठयपुस्तकमा समाविष्ट अभ्यासको अध्ययन शोध निर्देशक ः दीपक गौतम शोधार्थी ः कोमलकुमारी घिमिरक्याम्पस ः सुकना बहुमुखी क्याम्पस पृष्ठ सङख्या ः ११ + ६१ + २ = ७४ शैक्षिक वर्ष ः २०७२÷०७३ कक्षा आठको नेपाली पाठयपुस्तकमा समाविष्ट अभ्यासको अध्ययन शीषकमा याशोधकार्य गरिएको छ । यो शोधपत्र नेपाली भाषा शिक्षा विभाग स्नातकोत्तर तह द्वितीयवर्षको नेपा.शि.५९८ पाठयांश पुरा गर्ने प्रयोजनका निम्ति तयार पारिएको हो । यसमानिम्नलिखित शोध समस्यालाई उठाई तिनीहरूको समाधान गर्ने उद्देश्य राखिएको छ ः क) कक्षा आठका पाठयपुस्तकमा के कस्ता अभ्यासहरू राखिएका छन? ख) पाठयक्रम अनुरूपताका आधारमा अभ्यासहरू उपयुक्त छन? ग) ती अभ्यासहरू कुन कन भाषिक सिपसँग सम्बन्धित छन? घ) भाषिक सिप विकासका दृष्टिले अभ्यासहरू उपयुक्त छन? ङ) उपयुक्त अभ्यास प्रस्तुतिका लागि के कस्ता उपायहरू सुझाउन सकिन्छ ? नेपाली भाषा पाठयपुस्तक(२०७२) मा समावेश अभ्यासहरूलाई सिपगत र तहगतआधारमा वर्गीकरण विश्लेषण गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्यहरू कक्षा आठकानेपाली पाठयपुस्तक(२०७२) मा समाविष्ट अभ्यासका स्वरूप निरुपण गरी वर्गीकरण गर्नु,सिपगत आधारमा अभ्यासको विश्लषण गर्नु, अभ्यासमा देखिएका कमिकमजोरीहरू पत्तालगाई सुधारका लागि सुझावहरू दिनु रहेका छन । यस शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय, दोस्रो परिच्छेदमा सम्बन्धितसाहित्यको पुनरवलोकन र अवधारणात्मक ढाँचा, तस्रो परिच्छेदमा अध्ययनको विधि रप्रक्रियालाई समावेश गरिएको छ । चौथो परिच्छेदमा कक्षा आठको नेपाली भाषापाठयपुस्तकमा समाविष्ट अभ्यासको व्याख्या तथा विश्लेषण गरिएको छ । यसमा भाषिकसिप विकासका दष्टिले अभ्यासको समावेश गरिएका विधा अन्तर्गतका पाठ र तिनमासमावेश गरिएका अभ्यासलाई भाषिक सिपका आधारमा र तहगत आधारमा वर्गीकरण,विश्लषण गरी प्राप्त तथ्याङकलाई तालिकीकरण र प्रतिशताङक समेत प्रस्तुत गरिएको छ ।पुस्तकालयीय विधिको माध्यमबाट अभ्यासहरूको व्याख्या, विश्लषण तथा वर्गीकरण गरीअध्ययन गरिएको छ । कक्षा आठको नेपाली भाषा पाठयपुस्तकमा समाविष्ट अभ्यासको अध्ययन गदापाठयक्रम २०६९ अनुरूप तयार गरिएको पाठयपुस्तकमा भाषाका चार ओटै सिपको विकासगर्न छुट्टाछुट्टै रूपमा प्रस्तुत गरी अभ्यासहरू राखिएको छ । अभ्यासहरू सरलदेखिजटिलताको क्रममा राखिएको छ । लिखित रूपमा स्वतन्त्र, मौलिक सिजनात्मकअभ्यासहरूका साथै परियोजना कार्यलाई पनि राखिएको छ । अभ्यासले विद्यार्थीहरूकासिर्जनात्मक क्षमताको विकास गराउन सहयोग पु¥याएको छ । अभ्यासमा व्याकरणबद्धअभ्यासहरूलाई समावेश गरी लेखाइ सिपलाई विकास गराउन सफल रहेका छ । पाठकाप्रकृति अनुरूप अभ्यासहरू राखिएको पाइदैन । सिजनात्मक अभ्यासको अभाव रहेकापाइन्छ । यस पतिवेदनमा पाठको प्रकृति र विषयक्षेत्रसँग सम्बन्धित अभ्यासहरू राख्नुपनदेखिन्छ । सिर्जनात्मक सिप विकासका पक्षलाई बढी महŒव दिनुपर्ने दखिन्छ । सबै स्तरकाविद्यार्थीहरूका बाद्धिक स्तरमा ख्याल गरी अभ्यासहरू समावेश गर्नु आवश्यक दखिन्छ ।भाषिक सिपको विकासका लागि भाषाका चार ओटै सिपलाई बराबर रूपमा समावेशगर्नुपर्ने देखिन्छ । विद्यार्थीहरूलाई स्वतन्त्र, मौलिक तथा खोजी गर्ने बानीको विकास हुनक्रियाकलाप तथा सिर्जनात्मक कार्यहरूमा उत्प्रेरित गर्नुपर्ने देखिन्छ ।Item कक्षा नौको नेपाली पाठयपुस्तकमा समाविष्ट निबन्ध विधामा प्रयुत्त शब्दभण्डारको अध्ययन{Kakṣhā Naukō Nēpālī Pāṭhayapustakamā samāviṣṭa Nibandha Vidhāmā Prayuktta Sabdabhaṇḍārakō Adhyayana}(नेपाली भाषा शिक्षा सङ्काय, 2018) सुवेदी Subedi, अभ्यासा Abhyasaप्रस्तुत अध्ययन कक्षा नौको नेपाली पाठयपुस्तकमा समाविष्ट निबन्ध विधामा प्रयुक्त शब्दभण्डारको अध्ययनमा केन्द्रित रहको छ । यस अध्ययनको उद्देश्य कक्षा नौको नेपाली पाठयपुस्तक भित्र निबन्ध विधामा प्रयुक्त शब्दभण्डारको पहिचान गर्नु, उक्त पाठभित्र समावेश शब्दहरूको पदवर्ग बनोट र आवृत्ति पत्ता लगाउनु रहेको छ । यस अध्ययनको परिच्छेद एकमा अध्ययनको उद्देश्य, महत्व अनुसन्धानात्मक प्रश्न, परिसीमा, औचित्य तथा पारिभाषिक तथा प्राविधिक शब्दहरूको उल्लेख गरिएको छ । त्यसैगरी परिच्छेद दुईमा पूर्वकार्यलाई प्रस्तुत गरिएको छ । यस परिच्छेदमा आठ ओटा शोधग्रन्थलाई पूर्वकार्यको उपयोगिता र सैद्धान्तिक अवधारणात्मक ढाँचा समेत प्रस्तुत गरिएको छ । यस अध्ययनको परिच्छद तीनमा अध्ययनको ढाँचा र विधि, अध्ययनको क्षेत्र, तथ्याङकको व्याख्या तथा विश्लेषण प्रक्रिया उल्लेख गरिएको छ । यस अध्ययन पुस्तकालय विधिमा आधारित भएको हुँदा पुस्तकालयमा सङगहित पाठयपुस्तकका पत्रपत्रिका, शोधपत्र आदिबाट सामग्री सङकलन गरी विश्लेषण समावेश गरिएको छ । जसमा कक्षा नामा समाविष्ट दुईओटै निबन्धहरूमा प्रयुक्त शब्दहरूलाई छुट्टाछुट्टै भागमा विश्लेषण गरिएको छ । निबन्धमा प्रयुक्त शब्दहरूलाई तालिकाद्वारा वर्णानुक्रममा राखी तिनको पदवर्ग, स्रोत, आवृत्ति र बनोट देखाइएको छ । त्यसगरी समग्र रूपमा पनि दुईओटै निबन्धहरूको सम्पूर्ण शब्दहरूलाई तालिकाद्वारा पदवर्गको स्रोत, आवृत्ति र बनोटको आधारमा विश्लेषण गरिएको छ । तालिकालाई अझ स्पष्ट पार्नका लागि स्तम्भचित्र र वृत्तचित्रमा समेत देखाउने प्रयास गरिएको छ । परिच्छेद पाँचको पहिलो भागमा निष्कर्ष राखिएको छ । यस अध्ययनबाट निम्नानुसारका निष्कर्षहरू अगाडि आएका छन ः क) कक्षा नौको नेपाली पाठयपुस्तकको दुईओटा निबन्धमा नाम वर्गका शब्दहरूको बाहुल्य रहेको छ भने निपात र विस्मयादिबोधक शब्दहरू न्यून रहेका छन । ख) दुईओटै निबन्धमा तदभव शब्दहरूको बाहुल्य रहेको छ । आगन्तुक शब्द न्यून छन । ग) आवृत्तिका दृष्टिले आवृत्त भन्दा अनावृत्त शब्दहरू धेरै छन । घ) दुईओटा निबन्धमा व्युत्पन्न शब्द बढी रहेका छन । व्युत्पन्न शब्दमा पनि प्रत्यय लागेका शब्दहरू अत्यधिक पाइन्छ ।Item छत्थरे लिम्बू भाषा र नेपाली भाषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन{Chhatthare limboo bhaasha ra nepali bhaashaka vyakaranik kotiko tulanatmak adhyyan}(नेपालीभाषा शिक्षण सङ्काय, 2018) लिम्बू Limbu, डिकबहादुर Dikbahadurशोधशीर्षक ः छत्थरे लिम्बूभाषा र नेपाली भाषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन शोधार्थी ः डिक बहादुर लिम्बू शोध निर्देशक ः उपप्रा. दीपक न्यौपाने विभाग क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, सुकुना बहुमुखी क्याम्पस, मोरङ शैक्षिक वर्ष ः २०७२÷०७३ अध्याय ः पाँच पृष्ठ ः १४ + ७४ + ३ छत्थरे लिम्बू भाषा र नेपाली भाषाका व्याकरणिक कोटिहरुको तुलनात्मक अध्ययन शीर्षक भएको यो शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा नेपाली शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्ष नेपा. शि. ५९८ को प्रयोजनका लागि तयार पारिएको हो । यो शोधकार्यमा उल्लेखित कुराहरुलाई निम्न बुँदाहरुमा उल्लेख गरिएको छ । छन्थरे लिम्बू भाषा र नेपाली भाषाका व्याकरणिक कोटिमा पाइने समानता र असमानताहरू के के हुन भन्नु नै यस अध्ययनको मुख्य समस्या हो । छत्थरे लिम्बू भाषा नेपाली भाषाको व्याकरणिक कोटिहरुको तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यको मुख्य उद्देश्य हो । यस शोधबाट प्राप्त परिणामले इच्छुक अध्ययनकर्ताहरुलाई छत्थरे लिम्बूभाषाको व्याकरणिक कोटिहरुको बारेमा जानकारी प्राप्त हुन्छ । छत्थरे लिम्बू भाषी १४ जना वक्ताहरुको स्थलगत भेटघाट, छलफल, अन्तर्वार्ता, यस भाषामा लेखिएका पुस्तक, व्याकरणहरु, नेपाली व्याकरण र भाषा विज्ञानका पुस्तकहरुको अध्ययनका आधारमा यस शोध तयार पारिएको छ । यस शोधको परिच्छेद एकमा नेपाली भाषा र लिम्बू भाषाको ऐतिहासिक विकासक्रम र प्रयोगको अवस्था पृष्ठभूमिमा दिइएको छ । त्यस्तै यस परिच्छेदअन्तर्गत नै समस्याको कथन, अध्ययनको उद्देश्य, अध्ययनको महŒव र अध्ययनको परिसीमा आदि शीर्षकहरुका बारेमा उल्लेख गरिएकोछ । परिच्छेद दुईको पूर्वंकार्यको समीक्षा, सम्बन्धित साहित्यको पुनरवलोकन अन्तर्गत सम्बन्धित सैद्धान्तिक पक्षको चर्चा गरिएको छ र दश ओटा सम्बन्धित साहित्यको पुनरवलोकनको उपादेयताका बारेमा उल्लेख गरिएकोछ भने अवधारणात्मक ढाँचाको प्रयोग रेखाचित्रको माध्यमबाट गरिएको छ । परिच्छेद तीनको अध्ययनको विधि र प्रक्रिया अन्तर्गत अध्ययनको ढाँचा, जनसंख्या,र नमुना छनौट, अध्ययन क्षेत्र तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्क सङ्कलनका सधान र तरिका, तथ्याङ्क सङ्कलन प्रक्रिया, तथ्याङ्कको व्याख्या र विश्लेषण प्रक्रिया आदि शीर्षकहरुमा आधारित रहेर अनुसन्धान गरिएको छ । परिच्छेद चारको व्याख्या एवम् विश्लेषण अन्तर्गत नेपाली भाषा र छत्थरे लिम्बू भाषाका व्याकरणिक कोटिहरुको चर्चा गरिएको छ । त्यसअन्तर्गत लिङ्ग, बचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, निषेधन, कारक र विभक्ति आदिका बारेमा चर्चा गरिएको छ । यस शोधको अन्तिम परिच्छेद अर्थात् परिच्छेद पाँचको निष्कर्ष र सुझाव अन्तर्गत शोधको निष्कर्ष र सुझावहरु दिइएका छन् । सुझाव अन्तर्गत नीतिगत तहका लागि दिइएको सुझाव, अभ्यासतहका लागि दिइएको सुझाव र अन्तयमा कुन–कुन क्षेत्र र तहहरुमा शोध अनुसन्धान गर्न सकिन्छ भनेर अनुसन्धानका लागि सुझावहरु दिइएकाछन् । नेपाली भाषामा रहेको लिङ्ग, नाम, विशेषण, क्रियापदका साथै शब्दको अघिल्लो र पछिल्लो रूप फेरेर तथा ‘ई’, ‘नी’, ‘इनी’, ‘इका’ जस्ता प्रत्ययहरू जोडेर पुलिङ्ग र स्त्रीललिङ्गमा परिवर्तन गर्न सकिन्छ भने लिम्बूभाषामा नाम, विशेषण र क्रियापदका आधारमा मात्र परिवर्तन हुने गरेको देखिन्छ । नेपाली भाषामा बचनलाई नाम, सर्वनाम, विशेषण र क्रियापदका आधारमा एकवचन र बहुबचन गरी चर्चा गरिएको पाइन्छ भने लिम्बूभाषामा नाम, सर्वनाम, विशेषण र क्रियापद कै आधारमा एकवचन, द्विवचन र बहुवचन गरी चर्चा गरिएको पाइन्छ । नेपाली भाषामा पुरुषलाई प्रथम, द्वितीय र तृतीय गरी वर्गीकरण गरिन्छ भने लिम्बूभाषामा प्रथम, द्वितीय तथा तृतीय गरी तिन तहमा वर्गीकरण गरेको पाइन्छ । नेपाली भाषामा आदरलाई निम्न, सामान्य, उच्च र विशिष्ट गरी चर्चा गरिएको पाइन्छ भने लिम्बूभाषामा आदारका कुनै पनि तह रहेको पाइदैन । आदरलाई एउटै मात्र शब्द ‘खेने’ को प्रयोगबाट सबैलाई सम्बोधन गरिएको पाइन्छ। नेपाली भाषामा वर्तमान, भविष्यत् र भूत गरी काललाई तीन भागमा वर्गीकरण गरिएको छ । त्यस्तै लिम्बू भाषामा पनि तीन भागमा नै चर्चा गरिएको छ । नेपाली भाषामा पक्षलाई सामान्य, अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त गरी पाँच भागमा चर्चा गरिएको छ । लिम्बू भाषामा सामान्य, अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त भूतको चर्चा गरिएको छ । त्यसैगरी छत्थरे लिम्बू भाषामा अभ्यस्त पक्षको व्यवस्था भए तापनि यसको प्रयोग अत्यन्त न्यून मात्रामा भएको पाइन्छ । नेपाली भाषामा वाच्यलाई कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य गरी तीन तहमा चर्चा गरिएको छ भने लिम्बू भाषामा पनि कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य गरी तीन ओटै वाच्यहरुकोे चर्चा गरिएको छ। त्यसै गरी नेपाली भाषामा कर्मवाच्य र भाववाच्यको वाक्यमा रहेको कर्तामा द्वारा वा बाट जोडि क्रियापदको मूल धातुमा ‘इ’ प्रत्यय जोडिन्छ तर लिम्बू भाषामा भने द्वारा र बाट नजोडिकन कर्ता बनाइन्छ । कर्तामा ‘नु’ प्रत्यय जोडेर बनाइन्छ । कर्म वाच्यमा कर्ताअनुसारकै क्रियापदको प्रयोग भएको पाइन्छ । नेपाली भाषामा करण वाक्यलाई अकरण बनाउँदा अकरण वाक्यको सुरुमा बीचमा र अन्त्यमा ‘न’ लाग्छ । यस्ता यस्तो वाक्यले नकारात्मक अर्थ प्रदान गर्दछ । लिम्बू भाषामा चाहिँ करण वाक्यलाई अकरण बनाउँदा क्रियापदको सुरुमा मा र अन्त्यमा न् को प्रयोग हुन्छ । यसले पनि नकारात्मक अर्थ नै प्रदान गर्दछ । अर्थात् होइन वा छैन भन्ने अर्थ प्रदान गर्दछ । नेपाली भाषामा सातवटा कारकको प्रयोग भएको पाइन्छ । कर्ता, कर्म, करण सम्प्रदान, अपादान, सम्बन्धकारक, अधिकरण आदि कर्ताको प्रयोग भएको पाइन्छ । त्यस्तै छत्थरे लिम्बूभाषामा पनि सातवटा कारकको नै प्रयोग भएको पाइन्छ । नेपाली भाषाको वाक्यमा आएको कारकले जसरी कार्य गर्दछ त्यसरी नै लिम्बूभाषाको वाक्यमा पनि कारकको रुपमा वाक्य निर्माण भएको पाइन्छ । नेपाली भाषा र लिम्बू भाषामा आएका विभक्ति चिन्हहरु फरक फरक भए पनि ती विभक्ति चिन्हहरुले वाक्यको सोही कार्य पूरा गर्न आएका हुन्छन् । जस्तै नेपाली भाषामा प्रथमा विभक्ति ले, बाट, द्वारा जोडिन्छ भने लिम्बू भाषामा पनि ङा, लाम्बा आदि विभक्ति जोडिएर आउँछन् ।Item थारू भाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा गर्ने त्रुटिहरूको अध्ययन (Tharu Bhashi Bidhyarthiharule Nepali Wakya Gathanma Garne Trutiharu Ko Adhyayan)(Faculty of Education, 2017) आचार्य Acharya, बबिता Babitaमोरङजिल्ला बेलबारी नगरपालिका, सुन्दरहरैँचानगरपालिका र झोराहाट गा.बि.स.मा रहेका सरकारी तथानिजीविद्यालयहरुको थारूभाषी विद्यार्थीहरुले नेपालीभाषाको वाक्य गठनमा गर्ने त्रुटिहरुको अध्ययन शीर्षकमा यो शोधपत्रतयार पारिएको हो । एम.एड. दोस्रो वर्षको नेपा.शि.५९८ को प्रयोजनार्थ तयार पारिएको यो शोधपत्रमोरङ जिल्ला बेलबारी नगरपालिका, सुन्दर हरैचानगरपालिका र झोराहाट गा.बि.स.मा रहेका ६ वटा सरकारी तथानिजीविद्यालयमा सीमित रहेको छ । यस शोधको उद्देश्यकक्षा ५ माअध्ययनरत थारूभाषीविद्यार्थीहरूले नेपालीभाषाको वाक्य गठनमा के कस्ता त्रुटि गरेका छन् ? त्रुटि हुनकाकारण के हो ? त्रुटिलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यमाआधारित रहेरगरिएको छ । उक्त त्रुटिलाई समाधानगर्न सुझाव सल्लाह प्रस्तुतगर्नु रहेको छ । बेलबारी नगरपालिकामा १ वटा सरकारी, सुन्दरहरैँचानगरपालिकामा ३ वटा सरकारी र झोराहाट गा.बि.स.मा एक वटा सरकारी र एक वटा निजीविद्यालयहरूमा स्थलगत भ्रमण गरी परीक्षालिइप्राप्तनतिजालाई यो शोधपत्रमा प्रस्तुतगरिएको छ । यो शोधपत्रमूलत ः स्थलगतअध्ययनविधिमाआधारित रहेरतयार पारिएको छ । सम्बन्धितअध्ययनअवलोकनशोधकर्ता स्वयम्बाट भएको छ भने उक्तअवलोकन २०७४÷३÷२२ गते बाट सुरु भई २०७४÷७÷१२ गते सकिएको छ । यस शोधपत्रमा प्रस्तुतभएका समस्यालाई समानाधार्थ सल्लाह सुझावपनिदिइएको छ । समस्या समाधानलाई सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, पाठ्यपुस्तकनिर्माण कर्ता, पाठ्यक्रमनिर्मातालगायत सम्पूर्णलाई सचेतता गराउनुका साथै आफू पनिक्रियाशिलभई समस्या समाधानतर्फ लागि पर्न आग्रहगरिएको छ । कुनै पनिकामगर्नु पूर्व योजनाबनाइ सोहि अनुरुप अगाडि बढ्नसमेत सचेत गराइएको छ । प्रस्तुतशोधपत्रपाँच परिच्छेदमाविभाजन गरी तयार गरिएको छ । उक्त परिच्छेदमागरिएकाविभिन्नविश्लेषणका सार तल प्रस्तुतगरिएको छ । पहिलो परिच्छेदमाशोध परिचय रहेको छ । यस अन्तर्गत अध्ययनको पृष्ठभूमि, समस्याकथन, उद्देश्य, अनुसन्धानात्मकप्रश्न, अध्ययनको महŒव र अध्ययनको परिसीमा रहेका छन् । दोस्रो परिच्छेदमासैद्धान्तिक साहित्यको पुनरावालोकन र उपदेयता रहेको छ जस अन्तर्गत सैद्धान्तिक साहित्यको पुनरवलोकन, सम्बन्धित साहित्यको पुनरवलोकन, पुनरवलोकनको उपदेयता र सैद्धान्तिक अवधारणात्मक ढाँचा रहेका छन् । तेस्रो परिच्छेदमाअध्ययनको ढाँचा र विधि रहेको छ । जसमाअध्ययनको विधि, जनसंख्या,नमुना छनोट र रणनीति, अध्ययनको क्षेत्र, तथ्याङक सङ्कलनका साधन र तरिका, तथ्याङ्क सङ्कलनप्रक्रिया रहेको छ । परिच्छेदचारमानतिजाको व्याख्यातथाविश्लेषण रहेको छ । जस अन्तर्गत लिङ्गगत त्रुटि, वचनगत त्रुटि, पुरुषगत त्रुटि, आदरगत त्रुटि, त्रुटि विश्लेषणका सिद्धान्त, त्रुटिका क्षेत्र, त्रुटिको वर्गीकरण रहेका छन् । परिच्छेदपाँचमानिष्कर्ष तथा सुझाव रहेको छ । जस अन्तर्गत नीतिगततहकालागि सुझाव, अभ्यास तहकालागि सुझाव र अनुसन्धानतहकालागि सुझाव रहेका छन् ।